राष्ट्रिय सुरक्षालाई सुदृढ बनाउन प्रजग कोरियाद्वारा क्लस्टर क्षेप्यास्त्र परीक्षण
- बैशाख ७, २०८३
याङ्गुन, १७ भदौ (रासस/एएफपी) । म्यानमारको एक अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई सन् २०२० को निर्वाचनमा धाँधली गरेको अभियोगमा शुक्रबार तीन वर्षको जेल सजाय सुनाएको छ ।
यस निर्वाचनमा सुकीको पार्टीले अत्याधिक बहुमतको साथै विजय प्राप्त गरेको थियो । सुकीलाई तीन वर्ष कडा परिश्रम गर्नुपर्ने सजाय सुनाइएकोे स्रोतले जनाएको छ । ७७ वर्षीया नोबेल पुरस्कार विजेता सुकीको स्वास्थ्य हालसम्म राम्रै रहेको बताइएको छ ।
भ्रष्टाचार र अन्य आरोपमा बन्द अदालतले दोषी ठहर गरेपछि गत वर्षदेखि हिरासतमा रहनुभएका सुकीलाई पहिले नै १७ वर्षको जेल सजाय सुनाएको थियो । सेनाद्वारा निर्मित राजधानी नेपिडाउमा पत्रकारहरूलाई रोक लगाइएको छ । सुकीका वकिलहरूलाई प्रेससँग वार्ता गर्न पनि रोकिएको छ ।
सेनाले नोभेम्बर २०२० को चुनावमा व्यापक मतदाता जालसाजी भएको आरोप लगाएको थियो । यस चुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले ठूलो जित हासिल गरेको थियो । यद्यपि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले मतदान धेरै हदसम्म स्वतन्त्र र निष्पक्ष भएको बताएका थिए ।
यद्यपि, सेनाले त्यस चुनावको नतिजा रद्द गरेको थियो । सो चुनावमा ११ लाखभन्दा बढी जालसाजीका घटनाहरू पत्ता लगाएको पनि सेनाको एकपक्षीय दाबी रहेको थियो । गत वर्ष सेनाले सत्ता कब्जा गरेपछि म्यानमार सङ्कटमा फसेको छ । देशको ठूलो हिस्सामा लडाइँ र अर्थतन्त्र खुम्चिएको छ ।
Leave a Reply