भर्खरै :

स्वास्थ्य स्वयम्सेविकाहरूलाई पुनर्ताजगी तथा अभिमुखीकरण

भक्तपुर, १७ भदौ । भनपा वडा नं. २ को आयोजनामा भएको महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पुनर्ताजगी एवम् अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भयो । कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले स्वास्थ्य स्वयंसेविकाहरूलाई प्राथमिक उपचारका सामानहरू हस्तान्तरण गर्नुभएको थियो ।
उपप्रमुख जोशीले स्वस्थ हुनु त्यत्तिकै महत्वपूर्ण रहेको धारणा राख्दै भनपाले नगरवासीलाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन घरदैलो नर्सिङ सेवा सुरु गरेको बताउनुभयो ।
उहाँले स्वयंसेविकाहरूले घरदैलो स्वास्थ्य सेवा प्रदान गर्दै आएकोमा थप तालिम र सामग्रीहरूले थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
महिला तथा स्वास्थ्य समितिका संयोजक मञ्जु लाखाको सभापतित्वमा भएको उक्त कार्यक्रममा हेल्थ असिस्टेन्ट कमलकेशरी शिल्पकार, नर्स रजनी जरेजु र वडा सदस्य श्यामसुन्दर मातांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *