भर्खरै :

अमेरिकाको कुविचार उदाङ्गियो

अमेरिकाको कुविचार उदाङ्गियो

सेप्टेम्बर ५ का दिन एयर कन्डिसनरको तापक्रम घटाउने र जाडोमा भित्री तताउने तापक्रमलाई १९ डिग्रीमा घटाउने कुरा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँले बताउनुभएको छ । वर्तमान युरोपेली मुलुकहरू ‘ग्यासको अभाव’ को चिन्तामा छन् । तर, अझै ठूलो कठिनाइ अगाडि छ । रूसले हालै सार्वजनिक गर्यो कि धेरै प्रतिबन्धमा समस्या देखापरेकाले गत वर्षमा युरोपलाई प्राकृतिक ग्यास पठाइएको ‘उत्तर स्ट्रिम–१’ ग्यास पाइपलाइन पूर्णरूपमा बन्द हुनेछ । यसबाट गत वर्ष युरोपलाई निर्यात रुसी प्राकृतिक ग्यासको ४० प्रतिशत थियो । खाद्यान्न, लुगाकपडा, आवास, यातायात र औद्योगिक उत्पादन यी सबै क्षेत्रमा युरोपेलीहरूले तीतोपन भोगिरहेका छन् ।
अप्ठ्यारोमा परेका युरोपेलीहरूले के पत्ता लगाएका छन् भने एट्लान्टिकको अर्को छेउमा पर्ने संरा अमेरिकाले केही पनि सहयोग गरेको छैन । हालै अमेरिकी ऊर्जा मन्त्री ग्रानहोमले धेरै अमेरिकी प्रमुख रिफाइनर कम्पनीहरूलाई दिएको चिठीमा भनिएको छ, इन्धन निर्यात नबढाउने र निकट भविष्यमा ग्यास सञ्चितिको वृद्धिमा ध्यान केन्द्रित गर्नुपर्छ । युरोपले आगामी छोटो समयमा अमेरिकामा भरोसा गर्ने सम्भावना छैन । युरोपभरि फैलिएको यस ऊर्जा सङ्कट मुख्यतया युरोपले अमेरिकाको पछि लागेको नतिजा हो । अमेरिकाले ‘दुईमुखे र तीनमुखे’ को चाल कहिल्यै पनि रोकेको छैन ।
युरोपका लागि यस पटक आएको ऊर्जा सङ्कटबारे चिन्तन गर्नुपर्ने कुराहरू धेरै छन् । यसमध्ये एकातिर अमेरिकाको पछि पटक–पटक लागिरहेको युरोपले बारम्बार धोका पाइरहेको छ । युरोपेली राजनीतिज्ञहरूले होसियारीपूर्वक सोचविचार गर्नुपर्छ । भविष्यमा युरोपले कुन बाटो लिने भन्ने कुरा आफ्नै हितको लागि जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *