भर्खरै :

महिला कब्बडीमा भक्तपुर छनोट

महिला कब्बडीमा भक्तपुर छनोट

काठमाडौँ, २४ भदौ । यही आउँदो असोज २५ गतेदेखि कास्कीमा हुने नवौँ बृहत् राष्ट्रिय खेलकुदअन्तर्गत बाग्मती प्रदेशको कबड्डी छनोट प्रतियोगिता शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सम्पन्न भयो ।
बाग्मती प्रदेशका १२ जिल्लाबाट महिला र पुरुष टोली सहभागी उक्त प्रतियोगितामा महिलातर्फको फाइनल खेलमा भक्तपुरले काभ्रेलाई ४६–१४ ले हराई प्रथम स्थान हासिल ग¥यो ।
त्यसैगरी, पुरुषतर्फ फाइनलमा काठमाडौँले ललितपुरलाई पराजित गरी प्रथम भयो भने रामेछाप र चितवन संयुक्तरूपमा तृतीय भएको जानकारी छनोट समितिका सदस्य पशुपति प्रजापतिले दिनुभयो ।

Leave a Reply

Your email address will not be published.