नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
सन् १५२६ देखि १५३० सम्ममा बाबरले दिल्लीलगायत भारतका विभिन्न क्षेत्रहरू जिती भारतमा मुगल साम्राज्य स्थापना गरेका थिए । उनी पछिका हुमायुँ, अकबर, जहाँगीर, शाहजहाँ र औरङ्गजेवजस्ता मुगल सम्राटहरूले मुगल साम्राज्यको निकै बिस्तार गरी लगभग सम्पूर्ण भारतलाई आफ्नो अधिनमा पारे । मुगल सम्राट औरङ्गजेवको शासनकाल (ई.सं. १६५८–१७०७) को अन्ततिर आएर मुगल साम्राज्य कमजोर हुन थाल्यो । फलस्वरूप मुगल साम्राज्यअन्तर्गतका स–साना विभिन्न राज्यहरू स्वतन्त्र हुन थाले । यही क्रममा बङ्गालका शासक नवाब अलिवर्दी खानले आफ्नो राज्यलाई स्वतन्त्र घोषित गरी त्यहाँ आफ्नै शासन व्यवस्था सञ्चालन गरे ।

बाबर
अरबियन नश्लका मीर जाफरको जन्म हालको बङ्गलादेशको कोमिला भन्ने ठाउँमा सन् १६९१ मा एक साधारण परिवारमा भएको थियो । उनको पूरा नाम मीर जाफर अलिखान थियो । बङ्गालका तत्कालीन शासक नवाब अलिवर्दी खानको सेनामा एक साधारण सिपाहीको रूपमा मीर जाफर भर्ती भएका थिए । मीर जाफर निकै चलाक र वाकपटुता भएका व्यक्ति थिए । उनले आफ्नो खुबीको कारणले पदोन्नति प्राप्त गर्दै गए । नवाबलाई सा¥है नै प्रभावित पार्दै उनको विश्वास जिते यहाँसम्मकि नवाब अलिवर्दी खानले आफ्नो भतिजीको विवाह यी नै मीर जाफरसित गरी उनलाई ज्वाइँ तुल्याए ¤ तर, मीर जाफर त अवसरवादी कुटिल एवम् महत्वाकाङ्क्षी व्यक्ति थिए । उनी आफै बङ्गालको नवाब बन्न चाहन्थे । यसको लागि उनले नवाबको हत्या गर्ने षड्यन्त्र रच्न थाले । तर, षड्यन्त्र कार्यान्वयन हुनुभन्दा अगाडि नै नवाबले चाल पाए पनि सन् १७५६ मा काल गतिले नै नवाब अलिवर्दी खानको मृत्यु भएकोले मीर जाफरविरुद्ध कुनै कारबाही हुन सकेन । स्वर्गीय नवाबको आफ्नो छोरा नभएकोले छोरी पट्टिका नाति सिराजु द्दौला सन् १७५६ मा बङ्गालका नवाब बने । त्यतिबेला उनी २३÷२४ वर्षका सामान्य युवक मात्रै थिए । मीर जाफर उनको सेनापति भए ।

हुमायुँ
पूर्वीय देशहरूसित व्यापार गर्न गठित अङ्ग्रेज व्यापारीहरूको इष्ट इन्डिया कम्पनीले मुगल बादशाह जहाँगीरबाट भारतको गुजरातको सुरत भन्ने सहरमा व्यापार गर्ने स्वीकृति लिई सन् १६१५ मा व्यापारिक कोठीहरू खोली व्यापार सुरु गरे । पछि बिस्तारै अङ्ग्रेजहरूले मद्रास, बम्बई, कलकता, पटना आदि क्षेत्रहरूमा आफ्नो व्यापार विस्तार गरे । भारतमा आफ्नो आर्थिक स्वार्थ पूरा गर्न मात्र होइन, सुदृढ र सुरक्षित पार्न अङ्ग्रेजहरू यहाँको आन्तरिक राजनीतिमा आफ्नो प्रभुत्व स्थापित गर्न चाहन्थे । यसको लागि भारतमा अङ्ग्रेजहरूको आफ्नो सेना राख्नु आवश्यक थियो । यसका लागि अङ्ग्रेजहरूको इष्ट ईन्डिया कम्पनीका अङ्ग्रेज अफिसर रबर्ट क्लात् बङ्गालका नवाब सिराजु द्दौलालाई हटाई त्यहाँको शासन व्यवस्थामा आफ्नो पकड स्थापित गर्न चाहन्थे । तर, यो काम त्यति सजिलो थिएन । तैपनि, उनी आफ्नो उद्देश्य पूरा गर्न प्रयत्नशील नै रहे ।

अकबर
अर्काेतर्फ सिराजु द्दौला नवाब बन्नेबित्तिकै उनले आन्तरिक विरोधको सामना गर्नुप¥यो । उनी शासन व्यवस्थाको अनुभव नभएको सरल व्यक्ति थिए । उनका केही आफन्तहरू उनका विरोधी भए । उनको हिन्दूविरोधी नीतिले गर्दा दरबारमा रहेका हिन्दू अफिकारीहरूसित उनको सम्बन्ध राम्रो भएन । कोषाध्यक्ष रायदुर्लभ, बङ्गालका धनी व्यक्ति जगत सेठ, कलकताका शिख व्यापारी ओमिचन्दहरू रबर्ट क्लात्को प्रभावमा परिसकेका थिए । यस्तो स्थितिमा सेनापति मीर जाफर पनि रबर्ट क्लात्सित मिल्न आए ।

जहाँगीर
अब यो समूह नवाबलाई हटाउन षड्यन्त्र रच्न व्यस्त रहे । जसअनुसार अङ्ग्रेज फौजले नवाबको सेनामाथि आक्रमण गर्ने र युद्ध भएपछि सेनापति मीर जाफर आफ्नो फौजसहित अङ्ग्रेज सेनासित मिल्ने र सो गरेबापत अङ्ग्रेजहरूले उनलाई बङ्गालको नवाब बनाइदिने र उनले अङ्ग्रेजहरूलाई १ करोड सत्तरी लाख रूपैयाँ दिनुपर्ने तय गरिएको थियो । यसरी आफ्नो विरुद्धमा सेनापति मीर जाफर षड्यन्त्रमा लागेको थाहा पाएर नवाबले उसँग बुझ्न खोज्दा सेनापतिले कुरान छोई नवाबको सहयोगी भइरहने कसम खाई उनलाई विश्वस्त पारे । रबर्ट क्लात् आफ्नो करीब तीन हजार सेनासहित युद्धको लागि प्लासीतर्फ अघि बढे । नवाब सिराजु द्दौला पनि आफ्ना करीब ५० हजार सेनाका साथ युद्धका लागि तयार थिए । दुई हजार सेनाको नेतृत्व नवाब आफैले गर्दै थिए भने बाँकी ४८ हजार सेनाको नेतृत्व सेनापति मीर जाफर, राय दुर्लभ र अफिकारीहरूको नेतृत्वका राखिएको थियो । सन् २३ जुन १७५८ मा प्लासीको चौरमा बङ्गालको सेना र अङ्ग्रेज सेनाबिच घमासान युद्ध भयो । बङ्गाली सेना आफ्नो देशको रक्षा र विदेशी हस्तक्षेपको विरुद्धमा लड्दै थिए भने अङ्ग्रेज सेना अर्काको देशमा आफ्नो स्वामित्व स्थापित गर्न लड्दै थिए । युद्धको दौरानमा अङ्ग्रेजहरूको पराजय करिब निश्चितजस्तै भइसकेको थियो । तर, बङ्गालका सेनापति मीर जाफर आफ्नो कलुषित इच्छा पूरा गर्न आफ्नो देश, शासक र जनतालाई धोखा दिई आफ्नो मातहतका सेनासहित अङ्ग्रेज फौजसित मिल्न गए । राय दुर्लभले पनि त्यस्तै गरे । नवाबको फौज बिचल्लीमा परे, भागाभाग भए । युद्धमा पराजित भएपछि नवाब सिराजु द्दौला मुर्सीदाबाद र त्यसपछि पटनामा भागे । त्यहाँ उनको हत्या मीर जाफरका छोरा मीरनले गरे । आफ्नो जीत भएकोमा रबर्ट क्लात् ज्यादै खुसी थिए । युद्धमा नवाबको करिब ५०० सेना र अङ्ग्रेजका करिब ६५ जना सेना मारिएका थिए ।

शाहजहाँ
प्लासीको युद्धपछि अङ्ग्रेजहरूको आशिर्वादबाट सन् १७५६ मा मीर जाफर बङ्गालका नवाब भए । उनले अङ्ग्रेजहरूको इष्ट ईन्डिया कम्पनीलाई एक करोड रूपैँयाभन्दा बढी रकम दिए । अरू अङ्ग्रेज अफिकारीहरू कैयौँ उपहारहरू र रबर्ट क्लात्लाई मात्र तीन लाख चौतिस हजार पाउण्ड दिए । यसो गर्दा मीर जाफरले आफ्नो दरबारको सम्पत्ति भाडावर्तन समेत बेच्नुपरेको थियो । यतिले मात्र नपुगेर अङ्ग्रेजहरूको मागअनुसार इष्ट ईन्डिया कम्पनीलाई २४ परगनाको जागिरसमेत बुझाए मीर जाफरले । अब बङ्गाल विहार र उडिसामा अङ्ग्रेजहरूको प्रभाव र व्यापार विस्तार भयो । कैयौँ उद्योगहरू खोलिए । कलकतामा त अङ्ग्रेजहरूले टक्सार नै स्थापना गरी आफ्नो मुद्रा समेत प्रचलनमा ल्याए । बङ्गालको आर्थिक समृद्धि र उर्बर भूमिदेखि लोभिएका अङ्ग्रेजहरू आफ्नो स्वार्थ पूरा गरी छाडे । नवाब मीर जाफर त अङ्ग्रेजहरूका कठपुतलीजस्तै भए । दिल्लीका मुगल सम्राट अलिजोहर र डचहरूले बङ्गालमा आक्रमण गर्दा नवाब मीर जाफर अङ्ग्रेजहरूकै सहयोगमा भर पर्नुप¥यो ।

मीर कासिम
यति मात्र होइन मराठाहरूसितको युद्धमा पनि मीर जाफर संलग्न हुनुपर्दा उनको आर्थिक अवस्था निकै दयनीय भयो । स्थिति यहाँसम्म बिग्रियो कि नवाबसित आफ्नो सेनालाई तलब ख्वाउनसमेत पैसा भएन । यस्तो अवस्था हुँदा समेत अङ्ग्रेजहरू नवाबबाट थप धन प्राप्त गर्न चाहन्थे । बङ्गाल, विहार र उडिसाको शासन र आर्थिक स्रोतहरू अङ्ग्रेजहरूको प्रभावमा परे । अब मीर जाफर पनि अङ्ग्रेजहरूदेखि दिक्क र अङ्ग्रेजहरू पनि नवाबदेखि दिक्क भए । अङ्ग्रेजहरू मीर जाफरलाई हराई उनका ज्वाईँ मीर कासिमलाई बङ्गालको नवाब बनाउन चाहन्थे । मीर कासिम मीर जाफरकै सेनापति पनि थिए । मीर कासिमले पनि अङ्ग्रेजहरूलाई अनेक प्रलोभनमा पारी बङ्गालको नवाब बन्न चाहन्थे । यस्तो अवस्था सन् १७६० मा मीर जाफर र नवाब पदबाट राजिनामा दिन बाध्य भए । अब अङ्ग्रेजहरूकै सहयोगमा मीर कासिम बङ्गालका सेनापतिबाट नवाब हुन पुगे । तर, बाहिरबाट हेर्दा मीर कासिम अङ्ग्रेज समर्थकजस्तो देखिए पनि वास्तवमा उनी अङ्ग्रेजविरोधी थिए । उनी बङ्गाललाई अङ्ग्रेजहरूको प्रभुत्वबाट मुक्त पार्न चाहन्थे । त्यसैले उनले आफ्नो सैनिक शक्ति मजबुत पार्दै लगे । अङ्ग्रेजहरूको व्यापारमा पनि बिस्तारै कर लगाउन थाले । मीर कासिमको यस्तो गतिविधिबाट अङ्ग्रेजहरू उनीदेखि असन्तुष्त मात्र होइन उनलाई नवाब पदबाट हटाउने गतिविधितर्फ लागे । फलस्वरूप सन् १७६३ मा यी दुवै पक्षबिच विभिन्न स्थानमा युद्धहरू पनि भए । युद्धमा नवाब मीर कासिम पराजित भएपछि अवध (आजको उत्तर प्रदेश) तिर भागे । अङ्ग्रेजहरूले फेरि मीर जाफरलाई नै दोस्रोपटक बङ्गालका नवाब बनाए । उनीबाट अङ्ग्रेजहरूले विना कुनै पनि खालको कर, भन्सार महसुल स्वतन्त्रतापूर्वक व्यापार गर्ने अधिकार प्राप्त गरे । व्यापारको दौरानमा कम्पनीको कुनै पनि हानि नोक्सानी भएमा क्षतिपूर्ति गर्न नवाब मीर जाफर राजी भए । यी सबकारणले गर्दा बङ्गालको राज्य अवस्था धरासायी भयो ।

औरङ्गजेव
सन् १७६३ मा दोस्रोपटक बङ्गालका नवाब भएका मीर जाफरको मृत्यु सन् १७६५ मा भयो । उनको मृत्युभन्दा अगाडि उनी अफीमको लटमा परी दुव्र्यसनी भइसकेका थिए । यतिमात्र होइन उनी कुष्ठरोगी पनि भए । यसरी जीवनको अन्तिम समयतिर आएर उनले अनेकौँ मानसिक तथा शारीरिक कष्टहरू भोग्नुपरेको थियो । विदेशीहरूको अगाडि लम्पसार परेर उनीहरूकै भरमा दुईपटक बङ्गालका नवाब बनेका मीर जाफर भारतमा मात्र होइन । विश्वकै इतिहासमा विश्वासघाती, देशद्रोही र गद्दार व्यक्तिको रूपमा कुख्यात रह्यो । अहिले पनि मुर्सीदाबादमा रहेको उनको महलको भग्नावशेषमा भारतीय गद्दारको महल भनी आफ्नै जुत्ताले हिर्काउने, थुक्ने, घृणा आदि गर्दछन् । सिक्किमका काजी लेण्डुप दोर्जेलाई पनि मीर जाफरकै अनुयायीको रूपमा लिइन्छ । हाम्रो देश नेपालमा पनि सत्ता प्राप्त गर्न चाहने नेता, पार्टी, व्यक्ति कसैले पनि विदेशी शक्तिसामु लम्पसार परी आफ्नो देशको स्वाधिनता, सम्प्रभुता, क्षेत्रीय अखण्डता र सम्मानमा आँच आउने कार्य गरेमा र नेपाली जनताको स्वाभिमानको हेक्का नराखी जनताको विश्वास, समर्थन, मायाको विश्वासघात गरेमा वा गर्नेतिर लागे अन्ततः तिनीहरूले पनि मीर जाफर र लेण्डुपकै नियति अवश्य पनि भोग्नुपर्ने छन् । जनताले कदापि माफी दिने छैन ।

अलिवर्दी खान
सन्दर्भ ग्रन्थसूची
१. उपाध्यक्ष, श्री दामप्रसाद । वि.सं. २०५७ । ब्रिटिस कालीन भारतको इतिहास । काठमाडौँ, नेपाल : रत्न पुस्तक भण्डार ।
२. गौतम, राजेश । वि.सं. २०६७ । भारतको आधुनिक इतिहास । काठमाडौँ : भुँडी पुराण ।
३. शर्मा, एलपी.. । सन् १९८३ । आधुनिक भारत । आगरा–३ : लक्ष्मीनारायण अग्रवाल ।
४. Roberts, P.E. । १९६७ AD । History of British India। Great Britian : Oxford University Press

सिरानु छौला
Leave a Reply