भर्खरै :

चीन–भारत सीमा प्रश्नबारे चाउ एन–लाइको चिठ्ठी –१

(जनवादी गणतन्त्र चीनको तत्कालीन प्रधानमन्त्री चाउ एन लाइले चीन–भारत सीमा प्रश्नबारे एसियाली र अफ्रिकी नेताहरुलाई एउटा चिठ्ठी लेख्नुभएको थियो । यस चिठ्ठीमा उहाँले चीन–भारतको परम्परागत सीमा, बेलायती उपनिवेशवादीहरुले आफू खुशी एकपक्षीय रुपमा कोरेको कथित म्याकमाहोन रेखा, सीमा प्रश्न वार्ताद्वारा सल्टाउन गरेको पटक पटकको प्रयास, साम्राज्यवादीहरुको धापमा भारतीय पक्षले गरेको अतिक्रमण, आक्रमण र चिनियाँ पक्षले आफ्नो सार्वभौम सत्ताको रक्षार्थ गरेको प्रत्याक्रमण आदिबारे ऐतिहासिक तथ्यको आधारमा सविस्तार वर्णन गर्नुभएको छ । युवा साहित्य गोष्ठी भक्तपुरले २०६५ सालमा प्रकाशित गरेको पुस्तको महत्वपूर्ण अंश साभार गरिएको छ – सम्पादक)
पेकिङ्ग नोभेम्बर १५, १९६२
महामहिम, चीन र भारतबीचको दर्भाग्यपूर्ण सीमा भिडन्त हप्तौंसम्म भई नै रहेछ । यो भिडन्त साम्य हुनुको सट्टा झन्झन् चर्कने सम्भावनाहरू देखिएका छन् । धेरै एशियाली र अफ्रिकी देशहरूमा गहिरो चासो जगाउने यो स्थितिप्रति चिनियाँ सरकार पनि गम्भीर रुपले चिन्ति छ । चीन–भारत सीमा प्रश्नका शान्तिपूर्ण समाधानलाई अगाडि बढाउनको लागि मेरो यो पत्रले महामहिमहरूको प्रयासलाई सहयोग पुग्ने आशा राख्छु ।
१. आफ्नो सीमाहरूसँग सम्बन्धित प्रश्नहरूको शान्तिपूर्ण समाधानको लागि चीन निरन्तर प्रयासरत छ । भारतसँग मात्र होइन आफ्ना अन्य केही दक्षिण–पश्चिमका छिमेकीहरूसँग पनि चीनको सीमा प्रश्न छ । ती सीमा प्रश्नहरूका जराहरू केलाउँदा हाम्रा देशहरू स्वाधीन हुनुभन्दा पहिले साम्रज्यवादी र उपनिवेशिवादीहरूले तिनलाई  व्यापक रुपले रोपेका हामी पाउँछौं । हाम्रो स्वाधीनतापछि हामी नयाँ स्वाधीन राज्यहरूबीच विवाद सृजना गर्न यिनै सीमा प्रश्नहरूलाई साम्राज्यावादी र उपनिवेशवादीहरूले प्रयोग गर्ने कोसिस गरेका छन् । यस्ता सीमाका प्रश्नहरूलाई लिएर हामी गम्भीर हुनुपर्छ भन्ने चिनियाँ सरकारको धारणा छ, यी समस्याहरू एसियाली र अफ्रिकी देशहरूबीचको हो र एसियाली, अफ्रिकी देशहरू र साम्राज्यवादी देशहरूबीचको जस्तो होइन, हामीहरूबीच फुटको बीउ छर्ने साम्राज्यवादी प्रयासप्रति हामी सतर्क हुनुपर्दछ भन्नेबारे हामीले स्पष्ट रुपले बुझ्नुपर्दछ । सीमा समस्याहरू इतिहासको सिलसिला (LEGACY) भएको हुनाले न नयाँ चीन न त अन्य नव–स्वाधीन देशहरूमाथि नै दोष थोप्न मिल्छ । सीमा प्रश्नहरू सुल्झाउँदा ऐतिहासिक पृष्ठभूमि र वास्तविक परिस्थिति दुवैलाई ध्यान दिनुपर्ने, एकले अर्कालाई दोष लगाउनुभन्दा सम्बन्धित पक्षले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तहरू तथा बान्डुङ्ग (Bandung) सम्मेलनमा लिइएको १० सिद्धान्तहरूमा आधारित रहेर मैत्रीपूर्ण, आपसी समझदारी र आपसी मेलमिलापको भावनामा समाधान खोज्नुपर्दछ भन्ने चिनियाँ सरकार सम्झन्छ । यही भावनामा आधारित रहेर चीन र बर्माले मैत्रीपूर्ण रुपमा चीन र भारतको भन्दा पनि बढी जटिल आफ्नो सीमा प्रश्न सुल्झाइसकेका छन् । यस्तै गरी चीन–नेपाल सीमा प्रश्न समाधान भएको लामो समय भएको छैन । चीन–भारत सीमा प्रश्नबारे पनि चिनियाँ सरकारले भारतसँग यस्तै मैत्रीपूर्ण र शान्तिपूर्ण समाधानहरू खोज्ने भावना राखेको छ । चीनले विगत ३ वर्षमा आफ्नो तर्फबाट हरेक सम्भव प्रयास गरे तापनि यो प्रश्न सुल्झिएन तथा आज एक रक्ताम्य सीमा भिडन्तमा विकास भएको छ । यसो किन भयो यो एक गम्भीर सोचको प्रश्न छ । तसर्थ चीन–भारत सीमा प्रश्नको पृष्ठभूमिको मूल्याङ्कन गर्नु म आवश्यक ठान्छु ।
२. ऐतिहासिक रुपमा चिनियाँ र भारतीय जनता सधैं शान्ति र मेलमिलापका साथ बसेका छन् । चीन र भारतबीचको सीमा औपचारिक रुपमा कहिल्यै निर्धारित नगरिए तापनि बेलायती उपनिवेशवादीहरू पूर्वमा आउनुभन्दा पहिले यस्तो विवाद कहिल्यै उठेको थिएन । लामो समयसम्म दुवै पक्षको प्रशासनिक पहुँच रहेका क्षेत्रहरूको आधारमा एउटा परम्परागत सीमा रेखाले आकार लिइआएको थियो र दुवै देशका जनता शान्तिपूर्वक सँगसँगै बसिआएका थिए । यो रेखालाई भारतीय र चिनियाँ जनता दुवैले मानिआएका थिए । यो पहिलेदेखि मानिआएको परम्परगत सीमा रेखा (Traditional Customary Line) को पूर्वी भाग (Eastern Sector) हिमालयको दक्षिणी फेदी सँगसँगै, मध्य भाग (Middle Sector) हिमालय सँगसँगै र पश्चिमी भाग (Western Sector) काराकोरम श्रृङ्खला सँगसँगै जान्छ । (हेरौं नक्सा नं. १)

पूर्वी भागमा भारतीय सरकारले विवाद उठाएको इलाका (Area) परम्परागत सीमा रेखाको उत्तरी भाग सधैं चीनको थियो । यो इलाका मोनयुल (Monyul), लोयुल (Loyul) र तल्लो क्षेत्रफल ९०,००० वर्ग किलोमिटर छ र यो ३ वटा बेल्जियम र ९ वटा लेबनान बराबर छ । यस इलाकामा लामो समयदेखि बसिआएका बासिन्दाहरू तिब्बती हुन् वा झण्डै तिनीहरू जस्तै जनता हुन् । यस्तै एउटा विषय हो मोन्बा (Monba) जाति, तिनीहरू तिब्वती भाषा बोल्छन् र लामा धर्ममा विश्वास गर्छन् । त्यहाँको धेरैजसो भौगोलिक नामहरू पनि तिब्वती भाषामा छन् । उदाहरणको लागि यहाँ नदीलाई ‘चु’ (Chu) भनिन्छ तसर्थ न्यान्याङ्ग (Nyanjang) नदीलाई न्यान्ज्याङ चु (Nyanjang Chu) भनिन्छ† पहाडि भञ्ज्याङ्गलाई ‘ला’ (La) भनिन्छ तसर्थ से भञ्ज्याङ्ग (Se Pass) लाई ‘सेला’ (Sela) भनिन्छ† जिल्लालाई युल (Yul) भनिने हुनाले मोन (Mon) जिल्लालाई ‘मोनयुल’ (Monyul) भनिन्छ । यहाँको प्रशासनिक विभाजन तिब्बतको अन्य भाग जस्तै छ, सबभन्दा तल्लो प्रशासनिक एकाइलाई जोङ्ग (Dzong) भनिन्थ्यो, सेन्गे जोङ्ग (Senge Dzong) र डिराङ्ग जोङ्ग (Dirang Dzong) यसका उदाहरण हुन् । बेलायती उपनिवेशवादीहरू र भारतीयहरू सो इलाकामा आउँदासम्म चीनको तिब्वत प्रदेशका स्थानीय अधिकारीहरूले यहाँ आफ्नो प्रशासनिक अङ्गहरू कायम राखेका थिए, अधिकारीहरूको नियुक्ति, कर सङ्कलन र न्यायिक अधिकार प्रयोग गर्दै थिए । यो प्रशासनिक अधिकार क्षेत्रबारे कहिल्यै प्रश्न उठाइएन । भारतीय सरकारले विवाद उठाएको मध्य भाग परम्परागत सीमा रेखाको पूर्वतर्फका ठाउँहरू  सधैं चीनकै थियो । ती ठाउँहरूले २००० वर्ग कि.मि. क्षेत्र ओगटेका छन् । यहाँका बासिन्दाहरू झण्डै सबै तिब्बती हुन् । ती ठाउँहरूमा तिब्वतको स्थानीय सरकारले पूरै प्रशासनिक अधिकार प्रयोग गरी आएको छ तथा यहाँ अहिले पाइएका अभिलेखहरूमा पनि आजसम्मको प्रशासनिक अधिकार क्षेत्र कायम रहेको कागजपत्र सामेल छन् । भारतीय सरकारले विवाद उठाएको पश्चिमी भाग, परम्परागत सीमा रेखाको उत्तर र पूर्वी इलाका सधैं चीनकै रहिआएको छ । यो इलाकामा चीनको सिनच्यिाङ्ग (Xinjiang) को अक्साई चीन (Aksai Chin) र तिब्बतको अरि (Ari) जिल्लाको एक भाग पर्दछ । यसको क्षेत्रफल ३३,००० वर्ग कि.मि. छ तथा एक बेल्जियम वा तीन लेबनान बराबर छ । यहाँ जनसङ्ख्या वितरण पातलो भए तापनि यो क्षेत्र सधैं सिन्च्याङ र अरिलाई जोड्ने बाटो रहिआएको छ । किर्गिज (Kirghiz) र उइगुर (Uighur) गोठालाहरू पहिलेदेखि यहाँ आफ्नो गाईवस्तु चराउँदैछन् । उइगुर भाषामा अक्साई चीनको अर्थ हुन्छ ‘चीनको सेतो ढुङ्गा भएको मरुभूमि ।’ आजसम्म पनि यो इलाका चीनको अधीनमा छ । परम्परागत सीमा रेखालाई लामो समयदेखि चीन र भारतले मात्र मान्दै आएका होइनन् बरु पहिलेको बेलायती नक्साहरूमा पनि यो प्रतिविम्वत छ । सन् १८६५ भन्दा पहिले बेलायती नक्साहरूमा चीन–भारत सीमा रेखाको पश्चिमी भागको वर्णन परम्परागत सीमारेखासँग मिल्छ (हेरौं सन्दर्भ नक्सा नं. १) तथा सन् १९३६ भन्दा अगाडि पूर्वी भागमा भएको सीमा रेखाको वर्णन पनि परम्परागत सीमारेखासँग मिल्छ (हेरौं सन्दर्भ नक्सा नं. 2A र 2B) ।


३. चीन–भारत सीमा विवाद बेलायती साम्राज्यवादी आक्रमणको सिलसिला (Legacy) हो । भारतलाई पूर्णरुपले आफ्नो अधीनमा राखिसकेपछि बेलायती साम्राज्यवादले भारतीय जनताको शक्तिहीन स्थितिको फाइदा उठाएर आफ्नो आक्रमणलाई चालू राख्यो र भारतलाई आफ्नो आधार बनाएर चीनको दक्षिण–पश्चिम र उत्तर–पश्चिम सिमाना (Frontiers) तर्फ आफ्नो आक्रमण र सीमा विस्तारलाई अगाडि बढायो । १९ औं शताब्दीको उत्तराद्र्धदेखि २० औं शताब्दीको सुरुसम्ममा बेलायती साम्राज्यवाद चीनको तिब्बत र सिनच्यिाङ्ग (Xinjiang) माथि आक्रमण गर्ने षड्यन्त्रात्मक गतिविधिमा सक्रियतापूर्वक लाग्न थाल्यो । चीनको केन्द्रीय भाग र समुद्री किनारी भागहरूमा भएको आक्रमणमा जबरजस्ती चीनको पछाडिको ढोका खोल्ने सुनियोजित तालमेल थियो । सन् १९११ मा भएको क्रान्तिले चीनमा स्वेच्छाचारी सम्राटको शासनलाई फ्याँक्यो । तिब्वतलाई चीनबाट अलग्ग गर्ने यो उपयुक्त मौका ठानेर बेलायती साम्राज्यवादले तिब्बतमा चीनको सार्वभैमिकतालाई उपेक्षा गरेर त्यहाँ चीनको तथाकथित आधिपत्य (Suzerainity) लाई मात्र मान्यता दियो । यिनै ऐतिहासिक पृष्ठभूमिमा सन् १९१४ मा सिमला सम्मेलन (Simla Conference) भएको थियो । तर पनि सो सम्मेलनमा बेलायती प्रतिनिधिले हाकाहाकी चीनलाई आफ्नो ठूलो भू–भाग (territory) त्याग्न माग गर्न सकेन । सम्मेलन बाहिर तथा चिनियाँ केन्द्रीय सरकारको प्रतिनिधिको पिठ्यूँ पछाडि बेलायती प्रतिनिधिले तिब्बतको स्थानीय अधिकारीहरूसँग गोप्य पत्राचार गरेर कुख्यात ‘म्याकमाहोन रेखा’ (McMohan Line) खिची ९०,००० वर्ग कि.मि. चीनको ठूलो भू–भाग बेलायती–भारतमा गाभ्ने प्रयास ग¥यो । तत्कालीन चिनियाँ सरकारले यो अवैध म्याकमाहोन रेखालाई मान्यता दिन अस्वीकार ग¥यो । त्यसपछिका सबै चिनियाँ सरकारहरूले पनि त्यसलाई अस्वीकार गर्दै गए । तसर्थ बेलायती सरकारले पनि सन् १९३६ भन्दा पहिले सार्वजनिक रुपमा यो रेखालाई उसले नक्सामा खिच्ने साहस गर्न सकेको थिएन ।
अवैध म्याकमाहोन रेखा बेलायती साम्राज्यवादले चिनियाँ जनतामाथि पूर्णरुपले थोपेको थियो । यो रेखा सुनियोजित भए तापनि यो अवैध रेखाको दक्षिणतर्फको इलाका तथा चीन–भारतको परम्परागत सीमारेखाको उत्तरतर्फको इलाकालाई लामो समयसम्म बेलायती साम्राज्यवादले उल्लङ्घन गर्ने साहस गर्न सकेन । दोस्रो विश्वयुद्धको अन्तिम चरणमा तत्कालीन चिनियाँ सरकारले आफ्नो  दक्षिण पश्चिम सीमालाई ध्यान पु¥याउन नसक्दा बेलायती साम्राज्यवादले त्यो इलाकाको सानो भाग कब्जा ग¥यो ।
क्रमशः…

Leave a Reply

Your email address will not be published. Required fields are marked *