अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौँ, ३० भदौ । नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक भदौ २८ गते नयाँ दिल्लीमा भयो । बैठकमा परराष्ट्र सचिव भरत पौड्यालले नेपाल–भारत सीमा समस्या समाधान गर्नुपर्ने प्रस्ताव राखे । नेपालको पूर्वी सीमा इलामको पशुपतिनगरदेखि मेची नदी भारतीय अतिक्रमणमा परेको छ भने दक्षिणतर्फ सप्तरीको तिलाठी, लालापट्टी, पर्साको छपकैया, नवलपरासीको सुस्ता, कैलालीको गौरीफन्टा, कञ्चनपुर महाकाली नदीलगायतमा भारतीय अतिक्रमण भइरहेको छ ।
नेपाल र भारतबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा, सिँचाइ तथा तटबन्ध, कृषि लगानी, विकास सहकार्य, स्वास्थ्य, संस्कृति, जनस्तरीय सम्बन्धलगायत नेपाल–भारत सहयोगका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।
तर, भारतीत विदेश मन्त्रालयको विज्ञप्तिमा नेपाल–भारत सीमा समस्या समाधान गर्नेबारे बैठकमा उठेको विषय उल्लेख गरिएन । नेपाल र भारतबीचको सीमा विवाद समाधान गर्न अनिच्छुक भएको एकपछि अर्को घटनाबाट पुष्टि भइरहेको छ । नेपाल–भारत प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदनसमेत भारतीय प्रधानमन्त्रीले बुझ्न समय नदिएको हुँदा चार वर्षदेखि सार्वजनिक नभएको जनताबीच चर्चा छ ।
Leave a Reply