अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ३० भदौ । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरपालिकाभित्र सञ्चालित सहकारीकर्मीहरूको भेला बिहीबार सम्पन्न भयो ।
भेलामा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विदेशी लगानी भएका बैङ्कलाई नेपालमा सञ्चालन गर्न दिन नहुने बताउँदै नेपालमा सञ्चालित विदेशी बैङ्कहरूका कारण देशलाई आर्थिकरूपमा परनिर्भर बनाउँदै लानेतर्फ सबै सचेत हुन जरुरी रहेको बताउनुभयो ।
समुदायमा आधारित सहकारी सङ्घ संस्थाहरूले समुदायको हकहितमा काम गर्दै आफ्ना सदस्यहरूको संरक्षण गर्नुपर्नेमा जोड दिँदै उहाँले कोभिडको समयमा भक्तपुर नपाले जनताको स्वास्थ्य बचाउन गरेको गतिविधिले व्यापक जनताको हित भएको छ भन्नुभयो ।
देशको समसामयिक राजनीतिको विषयमा आफ्नो धारणा राख्दै प्रमुख प्रजापतिले नागरिकता विधेयक राष्ट्रघाती र देश हितविपरीत भएको चर्चा गर्दै नागरिकता विधेयक बहुमतले पास हुनु देशघात गर्नु हो भन्नुभयो ।
नेमकिपाले रोपेको शिक्षाको बीउले आज भक्तपुर शैक्षिक उत्कृष्ट गन्तव्यस्थलको रूपमा विकास हुँदै आएको बताउँदै भक्तपुरको शैक्षिक क्रान्तिमा नेमकिपाको भूमिकाबारे चर्चा गर्नुभयो । उहाँले सहकारी संस्थाहरूले संस्थाको बचत रकम अनुत्पादक क्षेत्रमा लगानी गर्न नहुने तर्क राख्दै सबै सङ्घ संस्थाहरूले नगरपालिकालाई तिर्नुपर्ने कर समयमै तिर्न प्रेरित गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् भक्तपुर नपा सहकारी समितिका अध्यक्ष हरिप्रसाद बासुकलाले भक्तपुर नपाले आफ्नो कार्यक्षेत्रभित्र रहेका १५६ वटा सहकारीहरूको नियमित अनुगमन गर्दै आइरहेको चर्चा गर्दै सहकारी संस्थाहरूले मासिक प्रतिवेदन नियमित रूपमा नगरपालिकालाई बुझाउन र समुदायको आवश्यकताअनुसारको गतिविधि सञ्चालन गर्न आग्रह गर्नुभयो । भक्तपुर नपाले विभिन्न ठाउँमा छरिएर रहेका सहकारी संस्थाहरूलाई एकत्रित पार्ने कार्य गर्दै आइरहेको बताउँदै उहाँले सहकारी अनुगमनमार्फत नियमितरूपमा सहकारीहरूलाई सहकारीको सिद्धान्त र मूल्यामान्यताअनुसार चल्न मार्गनिर्देश गर्दै आइरहेको स्पष्ट पार्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सञ्चालकहरूले सहकारीका सदस्यहरूको हितमा काम गरी विश्वास जित्नुपर्ने बताउँदै नपाभित्र सञ्चालित सहकारी संस्थाहरूबीच आपसी सहकार्य र समन्वयको आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रममा भनपा सहकारी अनुगमन समितिका सदस्य तथा वडा नं. ७ का वडा सदस्य हरिरत्न गोर्खाली र वडा नं. ४ का वडा सदस्य पुरुषोत्तम तमखूले पनि बोल्नुभएको थियो ।
Leave a Reply