नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
छिमेकी भारतले एकतर्फी बनाएको १५ वटा बाँधले नेपालको सम्पूर्ण तराई जलमग्न भयो र १२३ जना भारतीय बाँधको कारण निर्दोष जनता बाढीकै कारण मरे, बगाए तथा बाढीमा डुबेर ५ वर्षका बच्चा मरे । (नयाँ पत्रिका– ३२ साउन २०७४) ।
सप्तरीमा जमिनमा गाडी सतगत गर्ने खाली जग्गा कहीं थिएन, सबै जलमग्न थिए । परिवारजनले मनलाई डर्रो गरी बाढीमै सतगत गरे अथवा जलसमाधिको उपाय लिए ।(३१ साउन २०७४–कान्तिपुर) । झापाका १५ वर्षे युवाको ‘आँखैअघि आमा र बहिनी बगे’ बचाउन नसक्दा न उनी रुन सके, न गुहार माग्न सके । (नागरिक–३२ साउन २०७४) । यस्ता दुःख यसपालि तराईका जनताले मनग्य बुझे, तर अभिव्यक्ति गर्न नसकेको विषय हो – मित्र भारतले एकतर्फी १५ वटा बाँध बनाएकै कारण आफन्त गुमाउनुप¥यो । सबै युवाहरूले हाम्रो देशको दरिद्रता, पक्षपात र दुर्दशाको कारण मित्र देश भारतीय एकाधिकार पूँजी र खुल्ला सिमाना हो भन्ने कुरा बुझेनन् । सधैं भारतीय नागरिकहरू नेपाल पस्नासाथै जन्मसिद्ध नागरिकताको निम्ति लड्ने मधेसवादी दलका नेताहरू लडेका भए यस्तो दुर्दशा भोग्नुपर्ने थिएन । वर्ग भएसम्म गरिबहरूले दुर्दशा भोग्नैपर्ने छ, संसारको अनुभव यही हो । तर नेपालमा हाहाकार हुँदा मित्र र छिमेकी देशका प्रधानमन्त्री मोदी भारतको ७१ औं स्वतन्त्रता दिवस मनाउन व्यस्त थिए । उनी आफ्नो भाषणमा भन्दै थिए – ‘भारत सीमा सुरक्षा गर्न सक्षम छौं ।’ हो, नेपालको हरेक २०–२२ वर्ग किलोमिटरमा एकजना भारतका सुराकी छन् । नेपालका सबै नदीनाला पनि उनकै मातहतमा छन् र नेपालकै विद्युत भारतसँग किन्दा ‘दैनिक एक करोड २० लाखको घाटा’ छ । (नागरिक ३२ साउन २०७४) । अहो ! कस्तो भारतसँगको हाम्रो मित्रता !
विशेषज्ञ भन्दै छन् – चुरे दोहनको एउटा महत्वपूर्ण कारण चुरेको कमजोर माटो सजिलै बगायो, वन विनास र खोला र नदीका ठूल्ठूला ढुंगा झिकी गिट्टी बनाउँदा माटो बगाई नदीको गहिराई कम भयो । त्यसले बाढी घर–घर र खेत–खेतमा बग्यो । गिटी र बालुवा भारत लाने सबै ठेकेदारहरू हुन् । वर्षौंसम्म भारतीय एकतर्फी बाँधहरू, त्यसबारे खबरदारी गर्दा पनि शासक दलका नेताहरू, कर्मचारी र भारतीय ठेकेदारहरूको कारण चुरो दोहनको कारण बाढी चर्को प्रकोपको निम्ति सहयोगी बन्यो । (नागरिक– ३२ साउन २०७४) ।
दुईवर्ष अगाडि नेपाली जनताले एक प्राकृतिक प्रकोप भूकम्पलाई व्यहो¥यो, त्यसको दोष सरकारको भवन निर्माण संहिता र १५ वर्षसम्म स्थानीय निकायको निर्वाचन नगर्दा आवश्यक भवनसम्बन्धी निर्माणमा नगरपालिकाका सम्बन्धित फाँटका कर्मचारी र नगरपालिकाका प्रमुखहरूमाथि लगाइयो । तर सबभन्दा बढी दोष स्थानीय निर्वाचन गर्नै नदिन नेपाली कांग्रेस, ‘माओवादी’ र मधेसवादी दलहरूलाई गयो । तर नाकाबन्दीको दोष भने छिमेकी र मित्र राष्ट्र भारत सरकारमाथि लाग्यो, जनता र संसारले बुझ्ने यही थियो र हो । यसपालिकाको बाढी र डुबानको दोष भारत सरकारले नेपाल भारत सीमाको २०–२५ स्थानमा बनाएको बाँध र तटबन्धलाई गयो ।
नदी दोहन र चुरे दोहनमा पनि भारतीय एकाधिकार पूँजीको दलाल नेपाली गिटी–बालुवाको गैरकानुनी दोहका ठेकेदारहरू र वन तस्करहरूलाई गयो, जसको संरक्षणमा भारत सरकार खडा छ । यसबारे भारतका नेपालको निम्ति आएका राजदूत मन्जिपसिंह पुरीले भने –‘नेपाल–भारत सम्बन्ध भगवानले बनाएको हो’ । (कान्तिपुर–३१ साउन २०७४) । तर व्यापक जनताले उत्तर दिए –‘महामहिमज्यू, नाकाबनदी, चुरे दोहन, वन तस्करी र गिटी बालुवाको चोरी भारत सरकारकै जानकारीमा भएको हो ।’ हो, महामहिमज्यू, जनताको आँखा दूरबीनसरह हुन्छ ।
Leave a Reply