भर्खरै :

देशघाती नागरिकता ऐन संशोधन विधेयक संसद्बाट पारित गरेका राजनीतिक दल र सांसदहरू देशभक्त हुन नसक्न

देशघाती नागरिकता ऐन संशोधन विधेयक संसद्बाट पारित गरेका राजनीतिक दल र सांसदहरू देशभक्त हुन नसक्न

नेपालगञ्ज, ९ असोज । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले राष्ट्रपति खोपाको मूर्ति नभई संविधानको रक्षक र सेनाको परमाधिपति भएको उल्लेख गर्दै देश सङ्कटमा पर्दा राष्ट्रपति मौन बस्न नमिल्ने बताउनुभयो । पार्टीको दोस्रो बाँके जिल्ला सम्मेलनमा सहभागी बन्न नेपालगञ्ज पुग्नुभएका सचिव सुवालले आइतबार पत्रकारहरूसँग भेटघाट गर्दै उक्त कुरा बताउनुभएको हो ।
सचिव सुवालले देशघाती नागरिकता ऐन संशोधन विधेयक संसद्बाट पारित गरेका राजनीतिक दल र सांसदहरू देशभक्त हुन नसक्ने चर्चा गर्दै भन्नुभयो, “संसदको बहुमतबाट पारित हुँदैमा सबै सही हुन्छ भन्नु गलत हुन्छ । एमसीसी सम्झौता र नागरिकता विधेयक देशघाती नै हुन् । सिक्किममा संविधानसभाको अत्यन्त बहुमत सदस्यहरूबाट सिक्किम भारतमा विलय गर्ने निर्णय गर्दा देशको सार्वभौमसत्ता सधैँका लागि गुमेको इतिहास भुल्नु हुन्न ।”
उहाँले नागरिकता ऐन २०६३ मा नेपालमा जन्मेका विदेशी नागरिकलाई जन्मको आधारमा अङ्गीकृत नागरिकता दिने प्रावधानको विरोधमा सङ्घर्ष गरेको चर्चा गर्दै अङ्गीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने उद्देश्यले ल्याइएको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको भए केही वर्षपछि नै ट्रम्प र वाइडेनका छोरा नातिहरू निर्वाचनबाट जितेर नेपालको सत्तामा पुग्ने खतरा रहको बताउनुभयो ।
भारतलगायत सार्क देशमा वैदेशिक अङ्गीकृत नागरिकता तत्काल दिने व्यवस्था नभएको प्रावधानबारे जानकारी दिँदै उहाँले भन्नुभयो, “नेपाली महिला भारतीय पुरुषसँग विवाह गरेको सात वर्षपछि मात्र भारतीय नागरिकताको लागि प्रक्रिया थाल्न पाइन्छ, भुटानी पुरुषसँग विवाह गरेर जन्मेको बच्चाले त्यहाँको नागरिकता पाएपछि बल्ल आमाले भुटानी नागरिकता पाउन प्रकृया थाल्न पाइन्छ ।”
उहाँले नेपालको नागरिकता ऐनमा नेपालीसँग विवाह गरेका विदेशी महिलाले २० वर्षपछि मात्र नेपाली नागरिकता पाउन प्रक्रिया थाल्नुपर्ने संशोधन राखेको जानकारी गराउनुभयो ।
पार्टी सचिव सुवालले पुँजीवादी राजनीतिमा जनतालाई पैसा र सामान बाँडेर भूmठा आश्वासनमा फसाएर, पद र पैसाको दुरूपयोग गरेर तथा डर धम्की दिएर चुनावमा जित्ने र जिल्ला जिल्लाबाट जितेर गएका सांसद र मन्त्रीहरू जिल्ला छाडेर राजधानीमा घर बनाएर बस्ने कार्य भइरहेको उल्लेख गर्दै जनमत प्राप्त गरी सांसद र मन्त्री बनेका नेताहरू जिल्लाकै जनताको सेवामा लाग्नुपर्नेमा जोड दिनुभयो ।
पत्रकारहरूको जिज्ञासा मेट्दै सचिव सुवालले संरा अमेरिकी साम्राज्यवादले एमसीसी सम्झौतामार्फत नेपाललाई सित्तैमा अनुदान दिने नभई नेपालमा अमेरिकी स्वार्थको लगानी भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, “एमसीसी सम्झौतालगतै अमेरिकी राज्य युटासँग नेपालको राज्य साझेदारी कार्यक्रम (एसपीपी) सम्बन्धी सम्झौता अगाडि बढाइयो । उक्त सम्झौतामा अमेरिकी सेना हतियारसहित नेपाली व्यारेकमा प्रवेश गर्न पाइने, नेपालको उत्तरी सीमा क्षेत्रमा अमेरिकी सेनाले सैन्य अभ्यास गर्न पाइने लगायतका बुँदाहरू उल्लेख छन् ।”
उहाँले संरा अमेरिकी नेतृत्वको सैन्य सङ्गठन नाटोका ३० वटा सदस्य देशहरूमध्ये १४ वटा देशले संरा अमेरिकासँग एसपीपी सम्झौता गरेको प्रस्ट पार्दै नेपाल सरकारले एसपीपी सम्झौता अघि नबढाउने पत्र पठाएको सक्कल प्रति जनताबीच सार्वजनिक गनुपर्नेमा जोड गर्नुभयो ।
अर्को प्रसङ्गमा पार्टी सचिव सुवालले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पक्षपातरहित रूपमा सम्पन्न गर्न चुनावमा भाग नलिने व्यक्तिहरूको चुनावी सरकार गठन गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “निर्वाचनको मिति घोषणा गरेकै दिनबाट चुनावमा सहभागी नहुने तटस्थ व्यक्तिहरूको चुनावी सरकार बनाउने, सोही दिन संसद्को कार्यकाल समाप्त हुने र निर्वाचन आचारसंहिता पनि सोही दिनबाट प्रभावकारी ढङ्गबाट लागू गर्ने कार्य भएमा निर्वाचन स्वच्छ र निष्पक्ष गर्न मद्दत हुन्छ ।”
ख्वप विश्वविद्यालय सञ्चालनसम्बन्धी विधेयक संसद्मा पेश भएर पनि संसद् भङ्ग भई निर्वाचनमा गएपछि उक्त ऐन स्वतः निस्क्रिय भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “अहिलेको संसद्मा पेश भएका सबै विधेयकहरू पनि संसद्को कार्यकालपछि निस्क्रिय भएको मानियो ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *