भर्खरै :

अमेरिकी समाजमा जर्ज फ्लोयडको त्रासदी फेरि दोहोरिनसक्ने चेतावनी

हाल संयुक्त राष्ट्र सङ्घको मानव अधिकार परिषद्को ५१ औँ सम्मेलनमा चिनियाँ प्रतिनिधिले अमेरिकी सरकारबाट अल्पसङ्ख्यकहरूप्रति भेदभावपूर्ण कानुन प्रवद्र्धन गरेर समस्यामा सिर्जना गरेको बताउनुभएको छ । चीनले अमेरिकालाई आफ्नो गम्भीर जातिवाद तथा जातीय भेदभाव समस्याको समाधान गर्न माग गरेको छ । नत्र जर्ज फ्लोयड जस्तो त्रासदी फेरि उत्पन्न हुने सम्भावना छ ।
तथ्याङ्कअनुसार अमेरिकी प्रहरीले जर्ज फ्लोयडलाई घाँटी थिचेर मारेको एक वर्षपछि कम्तिमा २२९ जना अफ्रिकी मूलका नागरिक मारिएका र यी कानुन प्रवद्र्धनको उपाय निकै क्रुर देखिन्छ । यसबाट हेर्दा संरा अमेरिका तथाकथित प्रजातान्त्रिक स्वर्ग होइन साथै यसको सट्टामा एउटा खतरनाक बिरामी समाज हो भन्ने पुष्टि हुन्छ ।
यस वर्षको अगष्टमा संयुक्त राष्ट्र सङ्घको जातिवाद हटाउने समितिले संरा अमेरिकाबाट ‘जातिवाद हटाउने अन्तराष्ट्रिय सन्धि’ को कार्यान्वयन गरेको अवस्थाबारे सर्वेक्षण गर्दा संरा अमेरिकाको गम्भीर जातिवाद समस्याप्रति आलोचना भएको थियो ।
संरा अमेरिकाले उक्त अन्तर्राष्ट्रिय समाजको आलोचनाको सामना गर्नुपर्छ र स्वदेशको जातिवादी तथा अल्पसङ्ख्यकहरूप्रति भेदभावपूर्ण कानुन प्रवद्र्धन रोक्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *