भर्खरै :

प्रा. बरालको नसुल्झेको राजनैतिक दलको उपचार

-निर्जला
प्राध्यापक लोकराज बरालले ६ भदौ २०७४ को ‘कान्तिपुर’ दैनिकमा ‘किन खिइँदैछन् राजनैतिक दल ?’ शीर्षकको एक छलफलको ढोका खोल्नुभएको छ । उहाँका केही ठम्याईहरू निम्न छन् –
१) विश्व राजनैतिक दलको निर्माण तत्कालिक अवस्थाले गर्छ वा राजनैतिक विकासक्रमले । अतः राजनैतिक दल विकास र संघर्ष दुवैले उब्जाएका यन्त्र हुन्,
२) नेपाली कांग्रेस र कम्युनिष्ट पार्टी विचलन र अस्थिर अवस्थामा छन्,
३) राप्रपा पनि अस्थिर, आकर्षण हराएका, कमल थापा, पशुपति शमशेर र सूर्यबहादुर थापाको अभावमा खिइँदै र अस्तित्वमा शड्ढट आएको छ,
४) नेपाली कांग्रेसले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रमा आफ्नो अडान राख्न सकेन,
५) पद र शक्तिका लागि तँछाड–मछाड बढेकाले अब राजनैतिक दल सिद्धान्तमा होइन, आर्थिक कारोबारमा चल्न थालेका छन्,
६) आकर्षक नेतृत्व र लोकप्रिय नारा वा कार्यक्रम पनि अस्थायी हो,
७) विकृत संसदीय रुप, चिरा परेका दलबाट प्रधानमन्त्रीको चयन हुन्छ, खिइएकै र सिद्धान्तहीन दलको कारण प्रम निरीह छन्,
८) राष्ट्रपति र प्रधानमन्त्रीको चुनाव एउटै संसदबाट भएको हुँदा राष्ट्रपतिले प्रधानमन्त्रीमाथि प्रभाव पार्ने सम्भावना छ । एक, डा. बरालका ठम्याईअनुसार बेलायतमा १६ औं र १७ औं शताब्दीमा उद्योग र व्यापारले त्यहाँका सामन्ती अर्थव्यवस्थालाई उद्योगी र व्यापारी वर्गले हाँक दियो । सामन्तवादी व्यवस्थामा सेनाको प्रयोग उठ्दो पूँजीपति वर्गको विरोधमा प्रयोग भयो । त्यसैको प्रतिउत्तरमा क्रामवेलको नेतृत्वमा पूँजीपति वर्गको नयाँ सेनाले हाँक दियो र १० वर्षे गृहयुद्धमा बेलायतको ११ तप्रतिशत जनता मारिए र अन्तमा चाल्र्स प्रथमले पूँजीवादी क्रान्तिबाट मृत्युदण्ड भोगे । त्यसपछिका राजावादी सामन्त वर्गको राजनैतिक रुढीवादी (कन्जरभेटिभ) पार्टी आजसम्म अस्तित्वमा छ र अनुदारवादी (लिबरल) पूँजीवादी राजनीतिक दल पनि बेलायतमा कायम छ ।
हो, जातीय समाजमा अरुको आक्रमणबाट जोगिन सशस्त्र दलहरूको संगठन नै राज्य यन्त्रको रुपमा विकास भयो । सामन्त र पूँजीपति वर्गको संघर्षले मजदुर वर्गको पनि विकास भयो । तर प्रा. बरालले भन्नुभएजस्तै नेका, कम्युनिष्ट (एमाले र माओवादी) र राप्रपाको खिइँदो स्थिति र अस्थिरता नेपालमा आन्तरिक समस्या नभई बाहिरी हो । माथि उल्लिखित तीनवटै राजनैतिक धारा भारतीय एकाधिकार पूँजी र भारतीय विस्तारवादबाट प्रभावित छन् । राणाकालदेखि नै नेका नेता सुवर्ण शमशेर वा ‘र’ को निगरानी र भरथेगमा रह्यो र अहिले पश्चिमा साम्राज्यवादको आडभरोसामा पनि अस्तित्वमा छ । कम्युनिष्ट वा ‘माओवादी’ भारतीय रेखदेख र संरक्षणमा जन्मेको र हुर्केको हुँदा यसको अस्तित्व पनि विदशीसँगै गाँसिएको छ र उदाहरण हो महाकाली सन्धी र माथिल्लो कर्णाली परियोजना र लगानी बोर्डको उत्पत्ति !
नेपालको कन्जरभेटिभ पार्टी (राप्रपा) का पशुपतिशम्शेर राणा नेता सामन्त परिवारकै सदस्य र आफ्नो ८० प्रतिशत सम्पत्ति विदेशमै भएको हुँदा उनीबाट स्वतन्त्र राजनीति सम्भव छैन र सूर्यबहादुर थापा देशको सबैतिर सामाजिक आधार भएको सामन्त वर्गका प्रतिनिधि हुँदा दक्षिणी मित्रका विश्वासिला पनि थिए । कमल थापा त्यही वर्गको कार्यकर्ताको रुपमा आन्तरिक संघर्षमा जेलिएका छन् । राजनीति अन्ततः आर्थिक कारणकै हुन्छ र डा. बरालले भर्खर बुझ्नुभयो – राजनैतिक दलको सिद्धान्त आखिर आर्थिक कारणमै टुंगिन्छ ।
दुई, नेका–एमाले–माओवादी आफ्नै आवश्यकताले बाँचेका शक्ति होइनन् बरु अन्तर्राष्ट्रिय आवश्यकताकै कारण गैर–सरकारी संस्थाहरू तिनीहरूका ऊर्जा हुन् र तिनीहरूबाटै सरकारमा पुग्छन् र सरकारमा गएपछि अनेक असमान सन्धी र कारोबारले फेरि ऊर्जाप्राप्त गरेर जनतालाई लोलोपोतो गर्दै बाँच्ने रहर बोकेका छन् ।
तेस्रो, राप्रपाको अस्थिर चरित्र उसको पुरानपन्थी शक्ति र दृष्टिकोणकै कारण हो । ऊ अगाडि बढ्नै सक्दैन किनभने उसले इतिहासको पांग्रालाई अगाडि बढाउने उद्देश्य बोकेकै होइन । बेलायतको युरोपको सम्बन्ध, ब्रेक्जिट र ट्रम्पको उराउन्थ्यौलो पाराले आफ्नै चिहान खन्दैछ । ती देशमा कामदार वर्ग व्यापक रुपले नउठेसम्म तिनीहरू ती देशहरूको राजनैतिक रंगमञ्चबाट फालिनेछैनन् ।
चार, नेकाले गणतन्त्र, धर्मनिरपेक्षता र समावेशी लोकतन्त्रलाई सजिलैसित स्वीकार्नुको अर्थ आफू कसैको निम्तिमात्र हो भनी पर्दा खोलेर देखाएको स्थिति मात्रै हो ।
पाँच, सामन्त वर्गको र पूँजीपति वर्गको सिद्धान्त (दर्शन) पनि अर्थतन्त्रकै आधारित हो । सामन्त वर्गको शासनसत्ता दैवी सिद्धान्तमा आधारित छ र सैद्धान्तिक रुपले देशको सम्पत्ति राज्य र राजाको हो । तर पूँजीपति वर्गले प्राकृतिक स्रोत र साधनमा सारा जनताको हक दाबी गरे तथा शासन सत्तामा दाबी ग¥यो ।
छ, व्यापक जनताको हितमा समर्पित नेतृत्व र कार्यविना अरुले दिएको प्रकाशमा चम्केको नेतृत्व र यथार्थ धरातलमा नटिकेको ‘लोकप्रिय’ नारा पनि पानीको फोकाजस्तै क्षणभंगुर हुन्छ । बी.पी. कोइराला र प्रजातान्त्रिक समाजवाद आज नेपालमा पुस्तकमा मात्रै बाँकी छ ।
सात, संसदीय बन्दोबस्तकै जन्मभूमि बेलायतमा संसदीय व्यवस्था आज सड्ढटमा छ । अनुदारवादी र उदारवादीहरू आपसमा नजिकिंदै छ र स्कटल्याण्ड तथा आयरल्याण्ड फरक बाटोमा देखिंदैछन् । अरुको शोषण र नाफामा बाँचेको वर्ग र व्यवस्थाले युरोप र अमेरिकामा सड्ढट व्यहोर्दैछ र यो सड्ढटबाट मुक्ति पाउने होइन बरु बढ्दै र गहिरिंदै जानेछ, एक विन्दुमा आएर लचक भएको रबरको वस्तुजस्तै पूँजीवादी व्यवस्थाले आफ्नो असमर्थता स्वीकार्नैपर्छ ! चिरा भएका दल र ‘सरकार’, ठेकेदारी, भागबण्डा र भ्रष्टाचारकै कारण निर्माण, उद्योग र व्यापारमा मात्रै होइन न्याय सेवा, स्वास्थ्य सेवा र मेडिकल काउन्सिल, इन्जिनियरिङ शिक्षा आदिमा समेत कल्पना नगरिएजस्तै भ्रष्टाचारमा चुर्लुम्म डुबेको छ । यसको विरोधमा आतड्ढवाद अर्थात् व्यक्तिहत्याको सम्भावना अन्य देशमा जस्तै नेपालमा पनि सम्भावना छ । निराशा र कानुनी उपायको असफल परिणामले नयाँ पुस्तामा आक्रोश देखिने अन्य देशमा देखिएका लक्षणसँग मिल्दोजुल्दो देखिन्छ ।
आठ, एउटै संसदबाट निर्वाचित प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा असझदारी, विचार र दलको भिन्नता र व्यक्तित्वको अहंकारले पनि भइरहेको बन्दोबस्तमा हेरफेरको माग समयले गर्नु स्वाभाविक छ । राजनीतिमा लागेर अर्थ उपार्जन गर्न चाहने कति युवा सुलभ व्यक्तिहरू स्थानीय र प्रादेशिक पदहरूमा पुगेर साँस फेर्नेछन् र गम्भीर व्यक्तित्वहरू केन्द्रीय स्तर अर्थात् संसद र सरकारका अनेक पदहरूमा पुग्नेछन् । केही वर्षसम्म यसले काम गर्नेछ ।
प्रा. बरालजी अब हिजोको राजनीतिशास्त्र र अनुभव अब लागू हुनेछैन । भारतमा पनि दक्षिणपन्थी र फासीवादी प्रवृत्ति र युद्धपिपासु राजनीति प्रबल हुँदैछ । यस शक्तिले नेपाल र नेपाली जनता चिन्दैन बरु पशुबललाई मात्र चिन्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *