साम्राज्यवादीहरू भियतनामबाट पुच्छर लुकाएर भागे
- जेष्ठ ४, २०८३
‘चीनविरुद्धको भन्सार कर आर्थिक, राजनीतिक र कानुनीरूपमा असफल भएको छ । अमेरिकाको क्यापिटल हिलले हालै एक लेख प्रकाशित गरी अमेरिकाले चीनसँगको व्यापार युद्ध हारेको स्वीकार गरेको छ । वास्तवमा, यो सुरुदेखि एक विनाशकारी परिणाम थियो ।
सन् २०१८ को मार्चमा तत्कालीन अमेरिकी ट्रम्प प्रशासनले तथाकथित सेक्सन ३०१ अनुसन्धानको आधारमा चीनसँग व्यापार युद्धलाई उक्साएको थियो । अमेरिकामा निर्यात हुने लगभग ३ खर्ब ६० अर्ब अमेरिकी डलरको चिनियाँ सामानहरूमा क्रमशः उच्च शुल्क लगाएको थियो । बाइडेन प्रशासनले सन् २०२१ को जनवरीमा पदभार ग्रहण गरेपछि यसले चीनलक्षित अघिल्लो प्रशासनको भन्सार कर नीतिलाई जारी राख्यो । तर, तथ्याङ्कले चार वर्षभन्दा बढी समयदेखि चलेको भन्सार कर युद्धले ‘आफैलाई खुट्टामा गोली हान्न’लागेको देखाउँछ ।
आर्थिक डेटा सबैभन्दा सहज अभिव्यक्ति हो । मुडीजको अनुसन्धानले देखाएको छ कि चीनसँगको अमेरिकी व्यापार युद्धमा करको ९० प्रतिशतभन्दा बढी खर्च अमेरिकाले वहन गरेको छ । त्यतिमात्र होइन, अमेरिकी वाणिज्य विभागका अनुसार सन् २०२१ मा चीनसँगको व्यापारमा अमेरिकी व्यापार घाटा १४.५ प्रतिशतले बढेर ३ खर्ब ५५ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ, जुन सन् २०१८ पछिको नयाँ उचाइ हो । अर्को सान्दर्भिक अध्ययनले देखाउँछ कि चीनसँगको व्यापार युद्धले अमेरिकी कम्पनीहरूलाई बजार मूल्यमा १७ खर्बको हानि, लगभग २० लाख ५० हजार जागिरहरू र प्रतिपरिवार लगभग १ हजार ३ सय औसत वार्षिक वृद्धि गुमाएको छ । सिङ्गापुरका लागि पूर्वअमेरिकी राजदूत डेभिड एडेलम्यानले औँल्याउनुभयो कि ‘व्यापार युद्धले चिनियाँ अर्थतन्त्रमा नकारात्मक असरमात्र पारेको छैन, तर यसले अमेरिकी अर्थतन्त्रलाई चोट पु¥याएको छ ।’ यो सँगै अमेरिकाको राजनीतिक गणना पनि खेर गएको छ । कानुनी पक्षको लागि अमेरिकी पक्षलाई पनि प्रश्न गरिएको छ ।
चीनविरुद्ध अमेरिकी भन्सार कर युद्धको असफलताको पाठ धेरै गहिरो छ भन्ने कुरामा कुनै शङ्का छैन । आर्थिक सामान्य ज्ञान र बजार कानुनविपरीत जाने लापरबाहीपूर्ण काम गर्दैन । चीन–अमेरिका सहयोगको प्रकृति आपसी हितमा छ, प्रशासनिक शक्तिले आर्थिक कानुनलाई बलपूर्वक परिवर्तन गर्ने प्रयास गर्नु बेकार छ । अमेरिकी पक्षले चीनको विकासलाई सही ढङ्गले हेर्नुपर्छ । चीन र अमेरिकाबीचको सहकार्यले दुवैलाई फाइदा छ भने टकरावले दुवैलाई हानि पु¥याउनेछ — यो बारम्बार प्रमाणित भएको सत्य हो ।
Leave a Reply