भर्खरै :

गठबन्धन र ‘निधारमा लँगौटी’ !

गठबन्धन राजनीतिक गाईजात्रा हो । गठबन्धन राजनीतिक बेइमानी हो । गठबन्धन राजनीतिक अनैतिकताको पर्याय हो । गठबन्धन प्रजातन्त्रविपरित छ । निर्वाचन जित्नकै निम्ति ‘वामपन्थी’ र ‘पुँजीवादी’ बीचको गठबन्धन असैद्घान्तिकमात्र होइन अप्राकृतिक छ । चरम अवसरवादबाट गठबन्धन निसृत हुन्छ ।
गठबन्धन देशमा राजनीतिक अस्थिरताको कारण बन्ने निश्चितप्रायः भइसकेको छ । देश तथा प्रदेशमा भोलि पद तथा सत्ताको निम्ति ‘कुकर झगडा’ मात्र होइन ‘एकले अर्कोको घाँटी रेट्ने’ परिस्थिति तयार हुने निर्विवाद छ । तसर्थ, देशलाई राजनीतिक भड्खालोमा नियोजितरूपमा जाक्नु देश र जनताविरुद्घको अपराध हो । गठबन्धनको विपक्षमा उभिनु प्रजातन्त्र, देश र जनताको पक्षमा छ ।
निर्वाचन घोषणापत्रको हत्या गरी, निर्वाचन चिह्न हाटबजारमा राखी र दलको झन्डा फोहर फाल्ने टोकरीमा मिल्काएर लगाइने विजयको पगरी ‘निधारमा लँगौटी’ बाहेक केही हुने छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *