भर्खरै :

आज २४ औँ विविध भाषा साहित्य सम्मेलन

आज २४ औँ विविध भाषा साहित्य सम्मेलन

मध्यपुर, ७ कार्तिक । हरेक वर्ष मध्यपुरका विभिन्न टोलमा हुँदै आएको विविध भाषा साहित्य सम्मेलनको २४ औँ संस्करण यस वर्ष कार्तिक ८ गते मङ्गलबारका दिन मध्यपुर थिमि नपा ५ ताहाननीमा हुँदै छ । सम्मेलनमा विभिन्न चर्चित साहित्यकार, राजनीतिज्ञ, कानुनविद्, चिकित्सक, सीमाविद्लगायत अतिथि वक्ताको रूपमा रहने तथा नयाँ र परिचित साहित्य सर्जकहरूले रचना वाचन गर्ने बताइएको छ । साथै बिच बिचमा विभिन्न भाषामा प्रगतिशील गीत, सङ्गीत र नृत्य प्रस्तुत गरिने छन् ।
चौबिस वर्ष अगाडिदेखि न्हु दँको दिन (नेपाल संवत्को नयाँ वर्षको दिन) निरन्तर हुँदै आइरहेको विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रम यस वर्ष कार्तिक ८ गते मङ्गलबारको दिन हुने भएको जानकारी विविध भाषा साहित्य समाज मध्यपुरले दिएको छ । यसअघि कार्तिक ९ गते बुधबारका दिन गर्ने भनेर सबैलाई पत्राचार गरिसकेको थियो ।
विविध भाषा साहित्यिक समाजको केन्द्रीय कार्यालयले कार्तिक २ गते बुधबार एक सूचना प्रकाशित गर्दै कार्यक्रमको मिति सारेको जानकारी दिएको थियो ।
प्रकाशित सूचनामा भनिएको छ – यस वर्षको तिहार (स्वन्ति नखा) मनाउने सन्दर्भमा भक्तपुर तलेजुका पुजारी नाइकेहरु तथा गन्यमान्य व्यक्तिहरुको छलफलबाट भएको सुझावअनुसार कार्तिक ७ गते लक्ष्मी पूजा, ८ गते म्हा पूजा र ९ गते किजापूजा (भाइटीका) मनाउने निर्णय भएको हुनाले यस वर्षको चौबिसौँ विविध भाषा साहित्य सम्मेलन तथा सांस्कृतिक कार्यक्रमको मिति एक दिन अगाडि सरेको हो ।
त्यस्तै मङ्गलबार बिहानै विविध भाषा साहित्यिक समाजको आयोजनामा नेपाल संवत् ११४३ न्हु दँ भिन्तुना ¥याली (नयाँ वर्षको शुभकामना ¥याली) बोडेको चारदोबाटो खपलाबाट सुरु हुने भएको छ । परम्परागत बाजागाजासहितको न्हु दँ ¥याली बोडेबाट नगदेश, बहाखाबजार, चपाचो हुँदै बालकुमारी मन्दिर परिक्रमा गरी साहित्य सम्मेलन आयोजनास्थल ताहाननीमा समापन हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *