यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ७ कार्तिक । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ भनपा ७ वडा चोर्चा एकाइ समितिको आयोजनामा २०७२/७३ देखि २०७८/७९ सम्म एसईई, कक्षा १२, स्नातक, स्नातकोत्तर र पीएचडी तह उत्तीर्ण विद्यार्थीहरूलाई बधाई, सम्मान र पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सोमबार सम्पन्न भयो ।
कार्यक्रममा विद्यार्थीलाई सम्मान गर्दै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको लागि एक्लै भए पनि सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यार्थी आफ्नो राष्ट्र रक्षाको निम्ति सदैव अग्रसर रहनुपर्छ । विद्यार्थीले सांस्कृतिकस्तर उठाउन अध्ययनमा जोड दिई सुसंस्कृत व्यवहार अपनाउनुपर्छ ।”
साहित्य रच्ने बेला भाषालाई ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष रोहितले आफूले कुन विषयमा लेख्न खोजेको हो त्यसबारे स्पष्ट र गहिरो अध्ययन हुनुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य जगनाथ सुजखूले विद्यार्थीले पाठ्यक्रमपुस्तकका अतिरिक्त समाज र सामाजिक व्यवहार बुझ्ने गरी अध्ययन गर्नुपर्छ भन्नुभयो ।
नेमकिपा चोर्चा एकाइ समितिका उपाध्यक्ष विश्वराम दुमरुले पार्टीको सिद्धान्त, नीति र निर्देशनअनुसार कायकर्ता र विद्यार्थी अघि बढ्नुपर्ने बताउनुभयो ।
नेक्राविसङ्घ भक्तपुर नगर समितिका उज्ज्वल ह्यगोँजूले विद्यार्थी जीवनदेखि राजनीतिकरूपमा सचेत भएमा गलत बाटोमा नफस्ने बताउनुभयो ।
सृजन लवजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा रोशन दुमरु, सुजी ह्यङ्गो, सृजन सिकीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।
Leave a Reply