नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
-निर्जला
भारतले दोक्लामको विवाद खडा गरेपछि भारतीय दक्षिणपन्थीहरूले भारतको सम्भावित जनआन्दोलन, किसान र मजदुर आन्दोलनबाट देशको ध्यान सन् १९६२ मा जस्तै सीमामा पठाउने नरेन्द्र मोदीको सरकारको उद्देश्य देखिन्छ । यसमा पश्चिमी साम्राज्यवादी देशहरू संलग्न छन् । यसबारे ऐतिहासिक पृष्ठभूमि हेर्दा प्रस्ट हुन्छ । साम्राज्यवादीहरु चीनको आर्थिक विकास, ‘एक क्षेत्र, एक सडक’, ‘रेशम मार्ग’ र सारा देशहरु आपसमा मिलेर समृद्धिमा योगदान पु¥याउने ‘चिनियाँ सपना’ सँग आत्तिए । साथै एसियाका दुई ठूला देश चीन र भारतको आर्थिक विकासले साम्राज्यवादीहरुले टेकेको जमिन भाँसिने सम्भावना देखे । यसकारण भारतलाई चीनसँग भिडन्त गराउन चाहन्छ । भारत एक प्राचीन देश भएको हुँदा अनेक राज्यहरूसँग राज्य सञ्चालन र युद्धका अनुभवहरू छन् । वेद, पुराण र शास्त्रहरू त्यस्तै अनुभव र नीतिहरूबाट समृद्ध छ । बेलायती साम्राज्यवादीहरू भारतमा व्यापारी, धार्मिक, पर्यटक, शिक्षार्थी आदि भएर पसे । तिनीहरुले स्नानपश्चात गंगा किनारामा परालमा बसी ब्राम्हण गुरुहरूबाट वेद, पुराण र अनेक शास्त्रसँगै चाणक्य पनि पढे । शत्रु र मित्र नचिन्दा दक्षिणा लिएर ब्राम्हण गुरुहरूले आचार्य विष्णुगुप्तका अर्थशास्त्र, कुटीलता र कुटनीति पढाए, बेलायती साम्राज्यवादले भारतीय कुटीलतालाई नै प्रयोग गरी एक पछि अर्को भारतीय राज्यहरूलाई कब्जा गर्दै गए । चाणक्यको कुटील राजनीतिले हार स्वीकार्दै गरेका सिकन्दर त गए, तर बदलाको भावनालाई मूल तत्व सम्झेका विष्णुगुप्तले केही वंशलाई समाप्त गरे, बाबुलाई मार्न दिई छोरालाई गद्दी दिए तर त्यसको नकारात्मक परम्पराले भारतलाई कष्ट दियो र आदर्श रामायण लेख्न बाध्य पा¥यो ।
बेलायती साम्राज्यवादीहरू भारतका अनेक राजा र राज्यहरूको सेवामा पुगे, एकले अर्कोलाई सिध्याउन सहयोग गरे, आखिरमा २ सय वर्षसम्म भारत आफूभन्दा जनसंख्या र क्षेत्रफलमा सानो बेलायती साम्राज्यबाट शाषित भयो । पछि भारतीय देशभक्तहरूले देशलाई स्वतन्त्र भारतको रुपमा उभ्याए । बेलायती उपनिवेशबाट भारत स्वतन्त्र भयो तर बेलायती उपनिवेशवादीहरूले तयार गरेको दिल्लीको प्रशासन यन्त्रको मानसिकता ब्रिटिश साम्राज्यवादी नै रह्यो । भारतीय बुद्धिजीवीहरूको एउटा अंश बेलायती संस्कृतिमै ढालिएको छ भने परराष्ट्र नीतिका बुद्धिजीवीहरू ब्रिटिश संस्कारबाटै शिक्षित छन्, यसकारण तिनीहरूको भारतको अर्थ भारतबाहेक आजको पाकिस्तान, बंगलादेश, नेपाल, भुटान, सिक्किम, तिब्बत, बर्मा, श्रीलङ्का, मालद्वीपमात्र होइन रुस र बेलायतले तटस्थ राखेको अफगानिस्तान समेत भारतको अंटको रुपमा लिएको जगजाहेर छ । दक्षिण ध्रुवबाट उत्तर, अफ्रिकाबाट पूर्व, इन्डोनेसिया र अष्ट्रेलियाबाट पश्चिमका सम्पूर्ण हिन्द महासागर भारतकै हो भन्ने दाबी मोदी सरकारले गर्ने तरखरमा छ ।
कहावत छ, ‘सर्प मर्छ तर उसको पुच्छर चलिरहन्छ’, ‘माछा मर्छ तर उसले आफ्नो आँखा खोलिरहन्छ ।’ बेलायती साम्राज्यवाद एक कुनामा थन्किए पनि आफ्नै आन्तरिक कलहले छटपटिए पनि एसियाको आफ्नो उपनिवेशहरू पुनःस्थापना गर्ने दुःस्वप्न देख्दैछ । हो, भारतमा मिर्जाफरहरूको कुनै कमी छैन । उपनिवेशका बुद्धिजीवीहरूको एक भाग ‘मदर कन्ट्री’ भनिने आ–आफ्नो देश कब्जा गर्ने उपनिवेशवादी देशमै अध्ययन गरेका हुन्छन् । भारतका कति नेताहरू बेलायतबाटै शिक्षित छन् । पुरानो नेपाली उखानअनुसार ‘तेल के हेर्नु तेलको धारा हेर्नु, छोरा के हेर्नु छोराको साथ हेर्नु’ भन्ने गरिन्छ । भारतीय बुद्धिजीवीहरूको संगत, अध्ययन र दृष्टिकोण ‘मदर कन्ट्री’ कै जस्तो भएकोमा के आश्चर्य ! तर कंगोका पहिलो प्रधानमन्त्री पेट्रिस लुमुम्बाले उपनिवेशवादीहरूबाट बन्दी बनाइएपछि आफ्नो श्रीमतीलाई लेखेको पत्रमा लेखेका थिए– नयाँ पुस्ताले उपनिवेशहरूको इतिहास आफैले लेख्नेछन्, त्यो इतिहास बेलायत, फ्रान्स, लण्डन, पेरिस, ब्रसेल्स वा वाशिंटटनमा लेखेको जस्तो हुनेछैन । भारतका ज्योति बसुजस्ता भारतीयहरूले बेलायतमा पढे पनि उपनिवेशवादी विचार बोकेन बरु साम्यदावी विचार लिएर फर्के । तर सरकारमा रहेका कति बेलायतबाट फर्केकाहरू ज्योति बसुजस्ता परिवर्तनवादी नभई बेलायती उपनिवेशवादी विचारबाट शिक्षित देखिए । ८ भदौ २०७४ को नयाँ पत्रिकामा नयाँ दिल्लीका ब्रम्ह चेलानीले ‘चीनको मनोवैज्ञानिक युद्ध’ शीर्षकको लेखमा चीनलाई आक्रमकको संज्ञा दिए । सिक्किमलाई भारतमा मिलाएको र भुटानसँगको परराष्ट्र रक्षा र घरेलु नीति समेत बेलायती उपनिवेशवादीहरूले गरेजस्तै गरेकोमा घमण्ड गरे । मानिस भारतीय होलान् तर उनको विचार बेलायती उपनिवेशवादीको देखियो ।
भारतीय शासक वर्गमा बेलायती सांस्कृतिक छाप जस्तै भारतीय कति उद्योगहरूको नाम Indian वा ‘भारतीय’ छ भने पूँजी भने पश्चिमी एकाधिकार पूँजी हुन् । त्यसको प्रभाव भारतीय राजनीतिमा पर्नु स्वाभाविक छ । जहाँसम्म दोक्लाममा भारतले ‘गोर्खा’ सेनाको चर्चा अहिले हुँदैछ, त्यो नयाँ विषय होइन । सन् १९७० देखि १९८० भित्रै दिल्लीले सिक्किम र भुटानमा भारतीय सेना पठाइसकेको थियो र त्यहाँका विद्यालय र महाविद्यालयहरूमा समेत सादा पोशाकका भारतीय सैनिक अफिसरहरू शिक्षक वा प्राध्यापक थिए । नेपाली मूलका एक लाख भुटानीहरूलाई भुटानबाट धपाउन लगाउनु र भारतीय प्रहरीले ट्रकका ट्रक नेपाली मूलका भुटानीहरुलाई नेपालको सीमामा पु¥याउनु यो संयोग थिएन । कति भुटानीहरूलाई अमेरिकाले भिसा दिनु र अमेरिका पठाउनु पनि दोक्लाममा उपद्रव गर्ने उद्देश्यले चालिएका अमेरिकी र भारतीय चाल हुन् । दलाई लामाको भारत पलायन पनि अचानक भएको घटना होइन बरु पश्चिमी साम्राज्यवादीहरू र भारतीय विस्तारवादीहरूको पूर्वनियोजित षड्यन्त्र थियो । दलाई लामा एक धार्मिक गुरुमात्रै थिएनन्, उनी ‘धर्मराजा’ वा ‘दास मालिकहरूका शासक’ हुन् ।
अमेरिकी महिला पत्रकार अन्ना लावस स्ट्रङका अनुसार दलाई लामा पश्चिमी साम्राज्यवादी र भारतीय प्रतिक्रियावादीहरूले षड्यत्रका शिकार हुन् भन्ने प्रस्ट छ । चौथोपटक नेपालको प्रधानमन्त्री भएका शेरबहादुर देउवा भारत भ्रमणमा छन् । अचानक मोदी र उनको एक्ला–एक्लै भेटवार्ता भयो । त्यसबारे एक टिप्पणी सुनियो – ‘दोक्लाममा गोर्खालीहरू पठाएको हुनाले नेपाल कसरी तटस्थ बस्न सक्ला!’ नेपालमाथि पनि ब्रिटिश भारतले आक्रमण गरेको थियो । लामो लडाइँपछि अरु देशहरूमा जस्तै आन्तरिक मतभेदबाट केही अंग्रेजी समर्थक काजीहरूको विश्वासघातको कारण नेपाल पराजित भयो । नेपालले एक–तिहाई भूभाग गुमायो र नेपालले तिब्बत हमला गर्नमा बेलायतलाई सहयोग गर्न बाध्य भयो । नेपाल, भुटान र सिक्किम ब्रिटिश भारतकै संरक्षित राज्यको रुपमा व्यवहार गरियो । गोर्खा भर्ती नेपाली जनताको निम्ति सबभन्दा ठूलो कलड्ढको रुपमा देखियो । गोर्खाली सेनालाई ब्रिटिशहरूले भारत, चिली वा अन्य स्वतन्त्रता र मुक्ति आन्दोलनमा संलग्न देशका जनतालाई दमन गर्न लगाइयो ।
नेपाली जनताको निम्ति पुस्तौं पुस्तासम्मको यो दुर्भाग्य हो । ‘गोर्खा भर्ती’ लाई साम्राज्यवादी, उपनिवेशवादी र विस्तारवादीहरूले अपहरणमा बन्दी बनाइएका व्यक्तिका परिवारबाट रकम मगाउने अपराधजस्तै हो । नेपाली जनता त्यस घृषित कार्यको विरोधमा छ ।
Leave a Reply