नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
– प्रज्ज्वल
पञ्चायती राज्यस्तरद्वारा नेपाल मजदुर किसान पार्टीविरूद्ध रचिएको षड्यन्त्र २०४५ भदौ ९ गतेको दिन २९ वर्ष पुग्यो । पञ्चायती सरकारले पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) लगायत ६७ जना नेता तथा कार्यकर्ताविरूद्ध झूठा ज्यान मुद्दा लगाएको थियो । पार्टीले पञ्चायती चुनावको क्रान्तिकारी उपयोग गरेको, मोहियानी हक, भर्पाई आन्दोलन, बाली काट्ने आन्दोलन, सुस्तामाथि भारतीय विस्तारवादको अतिक्रमणविरूद्ध आन्दोलन चलाएको पञ्चहरूलाई सह्य भएन । पार्टीका कार्यकर्ताहरू २०१८÷१९ सालदेखि नै पञ्चायती चुनावमा निर्वाचित भई आर्थिक अनुशासन, मितव्ययी र पारदर्शीढङ्गले जनताको सेवा गर्नुुभएको थियो । पार्टीले देश र जनताको लागि गरेका यी गतिविधिहरु पञ्चहरूलाई स्वीकार्य भएनन् ।
पञ्चायती सरकारले जनताको मौलिक र राजनीतिक अधिकार हनन गरेको थियो । पार्टीले जनताको मौलिक हक – देशभित्र घुमफिरको स्वतन्त्रता, शिक्षा–स्वास्थ्य–रोजगारीको अधिकार, भाषा–संस्कृतिको संरक्षणको अधिकारको लागि आवाज उठाएको थियो भने दर्शन र विचारअनुसार पार्टी गठन र सञ्चालन गर्ने, चुनावमा उठ्ने र मत दिने, राजनीतिक अधिकारको लागि सङ्घर्ष गरेको पनि पञ्चहरूलाई सह्य भएन । पञ्चायती चुनावमा पञ्चहरू पराजित भइरहेको हुँदा नेमकिपाका नेता र कार्यकर्ताविरूद्ध झूठा ज्यान मुद्दा लगाउने नीच र पातकी काममा पञ्चहरु लागे ।
२०४५ भदौ ५ गतेको भूकम्पको कारण अन्य जिल्लामा जस्तै भक्तपुर नगरमा पनि जनधनको क्षति भयो । पार्टी अध्यक्ष बिजुक्छें स्वयं भूकम्पबाट क्षति भएको टोलटोलमा पुग्नुभयो र पार्टीबाट निर्वाचित भक्तपुर नगरपञ्चायतका पदाधिकारीहरूलाई उद्धार र राहत कार्यमा तत्काल लाग्न निर्देशन दिनुभयो । पञ्चहरू भूकम्प पीडितको राहत र उद्धार कार्य वितरणको नाममा नेपाल मजदुर किसान पार्टीलाई समाप्त पार्ने षड्यन्त्रमा लागे । भदौ ९ गते पञ्चायती सरकारले कुनै जिम्मेवारीमा नरहेका भूपू राष्ट्रिय पञ्चायत सदस्य कर्ण ह्योजूलाई भक्तपुर नगरभित्र राहत कुपन बाँड्ने जिम्मा दियो र भूकम्पबाट क्षति नभएकाहरूलाई पनि कुपन बाँड्न लगायो । कुपन धाँधलीको विरोधमा भूकम्प पीडितहरू उत्रेपछि पञ्चहरूले आफ्नै मानिसमार्फत ह्योजूलाई निर्मम प्रहार गर्न लगाए र समयमा उपचार नगराई उनको हत्या गरे ।
ह्योजूलाई बलिको बोको बनाई पञ्चायत सरकार नेमकिपाविरूद्ध दमन र धरपकडमा लाग्यो । भदौ १० गते ह्योजूको लासमाथि टेकेर तत्कालीन पञ्चायती प्रधानमन्त्री मरिचमानसिंह श्रेष्ठ र राष्ट्रिय पञ्चायतका अध्यक्ष नवराज सुवेदी कानुनविपरीत सडकमा ‘रोहितलाई फासी दे’ नारा लगाउँदै शवयात्रामा लागे । पञ्चायती सरकारले १५२ भन्दा बढी कार्यकर्ता र सर्वसाधारणलाई पक्राउ गरी यातना दियो । भदौ २३ गते जननिर्वाचित नगर पञ्चायत भङ्ग ग¥यो । असोज १ गते शनिबार एकतर्फी सरजमीन ग¥यो । कसैलाई थाहा नदिई शनिबारको दिन गरिएको एकतर्फी सरजमिनविरूद्ध नेपाल क्रान्तिकारी महिला सङ्घका कार्यकर्ताहरूको व्यापक सहभागितामा जुलुस प्रदर्शन भयो । असोज ४ गते सिंहदरवारभित्र रहेको बागमती विशेष अदालतमा झूठा ज्यान मुद्दा दर्ता ग¥यो ।
पञ्चायत सरकारले दर्ता गरेको भक्तपुर काण्डको झूठा ज्यान मुद्दाले नेपालको राजनीतिमा तरङ्ग पैदा ग¥यो । नेपालका वरिष्ठ कानुनविद्हरू कृष्णप्रसाद भण्डारी, वासुदेव ढुङ्गाना, मुकुन्द रेग्मी, ऋषिकेश शाह, सिन्धुनाथ प्याकुरेल, दमननाथ ढुङ्गाना, विश्वकान्त मैनालीलगायतले झूठा मुद्दाविरूद्ध अदालतमा बहस पैरवी गर्नुभयो । निर्दलीय पञ्चायती व्यवस्थाविरूद्ध राजनीतिक गतिविधि बढ्यो । पञ्चहरूले २००७ साल फागुन ७ गते प्राप्त बहुदलीय प्रजातन्त्रलाई २०१७ पुस १ गते समाप्त गरेका थिए तापनि पञ्चहरू वर्सेनि फागुन ७ गतेको दिनलाई प्रजातन्त्र दिवस मनाउँथे । २०४६ साल फागुन ७ गते पञ्चहरू प्रजातन्त्र दिवस मनाएकै दिन नेपाली जनताले वाममोर्चा र नेकाको आह्वानमा बहुदलीय प्रजातन्त्रको जनआन्दोलन सुरू गरे । फागुन ८ गते पार्टीको विद्यार्थी सङ्गठन नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले भक्तपुरमा जुलुस निकाल्यो । पञ्चायती सरकारले भक्तपुरको टौमढीमा जुलुसमाथि दोस्रो विश्वयुद्धमा प्रतिबन्ध दमदम गोली प्रहार ग¥यो र चार सपूतको हत्या ग¥यो । पञ्चायती दमन र हत्या देशभरि फैलियो । अन्ततः जनआन्दोलनको बलमा २०४६ चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापना भयो । पञ्चायत व्यवस्था आफूले खनेको खाल्डोमा खस्यो । नेमकिपाका नेता तथा कार्यकर्ताविरूद्धको मुद्दा फिर्ता भयो र २०४७ वैशाख ५ गते सबै राजबन्दीहरु रिहा हुनुभयो ।
बहुदलीय प्रजातन्त्रको पुनःस्थापनासँगै नेमकिपाविरुद्ध झूठा मुद्दा लगाउने पञ्चहरु नेका र एमालेको मुकुण्डो लगाएर बहुदलवादी भए र देश एवं जनतामाथि लुटपाट गर्न लागे, माओवादी खुला भएपछि कतिपय पञ्चहरु त्यतातिर लागे । ह्योजूलाई बलिको बोका बनाएका ती पञ्चहरु नेका, एमाले र माओवादीको आवरणमा नेमकिपाविरुद्ध लागिपर्दै छन् । अर्थमन्त्रालयका सहसचिव हाल सचिव भई अन्य मन्त्रालय सरुवा भएका कृष्ण देवकोटा भन्नेले नेमकिपाका कार्यकर्तालाई ह्योजू काण्डको आखाले हेरे । यसले बहुदलको २८ वर्षसम्म कर्मचारी संयन्त्रमा पञ्चायती निरङ्कुशताको अवशेष बाँकी रहेको देखायो ।
प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको २८ वर्षमा नेमकिपाका नेता र कार्यकर्ताहरु देश र जनताको सेवामा निरन्तर लागिरहनुभएको छ । यो अवधिमा नेका, एमाले र माओवादी पालैपालो सरकारको नेतृत्वमा छन् । तर देशको सार्वभौमिकतामाथि भारतीय विस्तारवादको थिचोमिचो, सीमा अतिक्रमण, दशगजामै भारतीय बाँध र तटबन्ध निर्माण, नेपाली भूमि डुबान र सीमास्तम्भ नै नेपालतर्फ सार्ने काम भइरहेको छ । नेपालले संविधान घोषणा गर्दा भारतीय शासक वर्गले नेपालविरुद्ध नाकाबन्दी लगायो । ६ वटा प्रदेशमा स्थानीय चुनाव सम्पन्न भइसकेपछि सरकारले भारतकै दबाबमा प्रदेश नं. २ को स्थानीय चुनावको लागि सङ्ख्या बढाउने काम ग¥यो । भोजभतेर खुवाएर, पैसा बाँडेर, सामान बाँडेर चुनाव धाँधली गरी जितेका पार्टीहरुको सरकारमा भ्रष्टाचार, महँगी, पक्षपात बढ्दै छ । नेपाल मजदुर किसान पार्टीले भारतीय नाकाबन्दी, नेपाली भूमि डुबानमा पर्ने गरी भारतले बनाएको बाँध र तटबन्धको सडक र सदनमा विरोध गर्दैछ । चीनको भूमि दोक्लाममा भारतीय सेनाको हस्तक्षेपको नेमकिपाले विरोध गर्दैछन् । यसकारण भारतीय शासक वर्गको निर्देशनमा नेका, एमाले, माओवादीले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा राष्ट्रिय दलको मान्यता प्राप्त भएका दललाई मात्र स्थानीय चुनावमा दलको निर्वाचन चिह्न दिने कानुन बनाए भने प्रदेश सभा निर्वाचनमा एक दशमलव पाँच प्रतिशत र प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन प्रतिशत र प्रत्यक्ष एक स्थान जित्नुपर्ने विधेयक संसदमा पेश गरे । दर्शन र विचारको आधारमा गठन र सञ्चालन हुने राजनीतिक दललाई मतको आधारमा प्रतिबन्ध लगाउनु निर्दलीय र प्रतिगामी नै भएको हुँदा नेमकिपाले विरोध गर्दैछ । यसरी गणतन्त्रमा पनि नेमकिपालाई प्रतिबन्ध लगाउने विधेयक पारित गर्ने षड्यन्त्र भइरहेको छ । तर नेमकिपाका अध्यक्ष बिजुक्छेंले भन्नुभयो – ‘मतसीमा अर्थात थ्रेसहोल्डले नेमकिपाको देश र जनताको सेवा गर्ने गतिविधिलाई रोक्न सक्दैन ।’ सत्य यही हो ।
Leave a Reply