भर्खरै :

बेलायतले अर्जेन्टिनासँग फकल्यान्ड टापु फिर्ता दिनेबारे वार्ता गर्नुपर्छ

बेलायतले अर्जेन्टिनासँग फकल्यान्ड टापु फिर्ता दिनेबारे वार्ता गर्नुपर्छ

बेलायती विदेशमन्त्री जेम्स क्लेभरलीले भने, “बेलायत तथा मौरिससले चागोस् अर्चीपेलागो द्वीपपुञ्जको सार्वभौमसत्ता फिर्ता दिनेबारेमा वार्ता गर्ने निर्णय गरेका छन् । आउने वर्षमा यसै सम्बन्धमा सम्झौता सम्पन्न गर्ने आशा पनि गरेका छन् ।” बेलायतको यस्तो अभिव्यक्तिलाई चागोस् अर्चीपेलागो द्वीप पुँजीसम्बन्धी मतभेदको समाधान गर्ने महत्वपूर्ण पाइला हो भन्ने ठहर गरिएको छ । चागोस् अर्चीपेलागो द्वीपको सार्वभौमसत्तासम्बन्धी वार्तामा भाग लिने मनसाय बेलायतले लिएपछि अवैधानिकरूपमा कब्जामा राखिएको अर्जेन्टिनाको फकल्यान्ड द्वीपपुञ्ज पनि फिर्ता दिनुपर्छ ।
पहिले बेलायतको उपनिवेशमा परेका क्षेत्रमध्ये सबभन्दा धेरै युरोपेली मुलुक थिए । बेलायतले इतिहासको विभिन्न अवधिमा विश्वका लगभग ९० प्रतिशत मुलुकको अतिक्रमण गरेको थियो । चागोस् अर्चीपेलागो द्वीप होस् वा फकल्यान्ड ती सबै उपनिवेशी युगमा बेलायतले गरेका अपराध हुन् ।
स्वदेशी होस् वा अन्तर्राष्ट्रिय दबाबको कारणले बेलायत आफूले तिर्नुपर्ने ऋण फिर्ता गर्नुपर्छ । बेलायतले मौरिसससँग वार्ता गर्ने घोषणा गरेपछि अर्जेन्टिनाले फकल्यान्ड फिर्तासम्बन्धी वार्ता अघि बढाउन फेरि एक पटक बेलायतसमक्ष आग्रह गरेको छ ।
हालसम्म विश्वभरि उपनिवेशी शासनमा गैरस्वशासित भूभागको सङ्ख्या १७ छ र तीमध्येका १० बेलायतको नियन्त्रणमा छन् । बेलायतले एकातिर मौरिसससँगको वार्तालाई पूरा गर्नुपर्छ भने अर्कातिर चाँडै नै फकल्यान्डलाई अर्जेन्टिनाको हातमा फिर्ता दिनुपर्छ । २१ औँ शताब्दीको आज उपनिपेशवाद तथा प्रभुत्ववाद रहने ठाउँ नै छैन । धेरै वर्षसम्म फिर्ता नगरेको ती द्वीपहरूलाई बेलायतले एक एक गरेर फिर्ता दिनुपर्छ ।–सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *