नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
-करभिका
दैलेखमा एक गोटा मान्छे एमालेमा पसेछन् । एमालेगणलाई ठूलै माछा बल्छीमा परेको भान भइरहेको हुँदो हो । ती मान्छे आफ्नो जालोमा पसेको देखेर एमाले नेतागणले राकमको भट्टीमा कर्णालीका माछा फ्राइ गरेर टुच्च हालिसकेका हुँदा हुन् । कति बेला कुन ठूलो जालोमा पसुँ भनी दिन कुरेर बसेका तिनी मान्छेले पनि धेरै दिन पछि कसैसँग उधारो नलिएरै सित्तैमा आफ्नो घाँटी भिजाएका हुँदा हुन् ।
तिनी गोटा मानिस नेमकिपासम्बद्ध थिए । तर ‘के निहँु पाउँ, कनिका बोकाउँ’ पाराको काम भइरहेको अलि अघि देखि नै हो । पार्टी भन्छ, रक्सी नखाऊ, स्वास्थ्य बिग्रन्छ । तिनी रक्सीमै आहाल बस्थे अनि भन्थे, मलाई पार्टीले कार्यबाही गरोस् । पार्टी भन्थ्यो, छोराछोरीलाई आफूखुशी गर्न दिने होइन, तिनी बाटोमा भेटे जतिसँग ऋण गर्दै मनमौजी गर्थे । मानिसले सधैं योगदान गर्न सक्दैन, सक्दा गरे अब समस्यामा परेका रहेछन् भन्दै उदार मनका पार्टी समर्थकहरू उनलाई पाल्थे, ऋण दिन्थे । १० रुपैंयादेखि १ लाख सम्मको ऋण गर्दै हिंड्थे । अब एमालेले गएर फचे भएको सोच्दो हो, जनताले छोडे पो । पाइपाइको हिसाब निखन्नुको विकल्प छैन ।
नेता भनेको विचार हो, व्यक्ति होइन । विचारलाई सम्मान गर्ने हो, व्यक्ति त आउँछन्, जान्छन् । जनता र कार्यकर्ताले नेतालाई सम्मान गर्नुको कारण व्यक्तिको रुपमा भन्दा पनि विचारका कारण हो । केशरजङ्ग रायमाझी नामका एक जना कम्युनिष्ट पार्टीका महासचिव थिए । २०१७ सालमा राजा महेन्द्रले सिन्दुर लगाएर दरबार भित्र्याए । माझीको विचार कम्युनिष्ट रहेनन् । हिजो आफ्नो छाक काटेर पालेका जनताले तिनीलाई छिछि र दुरदुर गरे । किन ? किनभने तिनको विचारमा किरा पस्यो । विचारमा किरा लागेको मान्छे हिजो चाहे जो सुकै होस्, उसलाई काँधमा बोक्नु पर्नु कुनै जरुरत जनताले देखेनन् । संसारमा त्यस्ता धेरै विचारमा किरा लागेका नेताहरू छन् जो कुनै बेला जनताका आँखाका नानी सरह थिए, मर्ने बेलामा कुकुरको मृत्यु मर्नुप¥यो ।
मुखमुखमै चाहे जति र चाहेकै स्वादमा खान्की हालिदिने काम एउटा कम्युनिष्ट सिद्धान्त बोकेको कुनै पनि पार्टीले गर्नु हुन्न । योग्यता अनुसारको काम र कामअनुसारको ज्यालाको पक्षमा भाषण गर्ने अनि आफ्ना सन्तानलाई योग्यता नै नपुगेका काम दिएन भनी पार्टीसँग फन्किएर हिंड्नु त अनैतिकता हो ।
लेन्दुप दोर्जेलाई त सिक्किमका जनताले चुनावमा जिताएकै थिए नि । तर आखिरमा दोर्जे गान्तोकको साँघुरो गल्लीभित्रको एउटा सानो र चिसो कोठामा किन दुःखी आत्माको मृत्यु मर्न बाध्य भए । किनभने तिनले जनताको विश्वासमाथि घात गरे ।
किन टाढा जानु, दैलेखकै कुरा गरौं, पञ्चायतकालमा जनताले आफ्नो माना काटेर पालेका कार्यकर्ताले जब जनताको विश्वास र पार्टीको विचारमा घात गरे, कति बहिस्कृत र तिरस्कृत जीवन बाँच्नु परेको थियो, सर्वबोध कुरा हो । तिनका नाम लेखेर पाठकको मुड किन बिगारुँ । तर बाहिर जतिसुकै नक्कली चहक प्रदर्शन गरे पनि तिनीहरुभित्रको हिनताबोध र पीडाबोध क्षण–क्षण सतहमा आइरहेका हुन्छन् ।
पार्टीले मलाई के ग¥यो वा के दियो भन्ने प्रश्न एमाले, काँगे्रस, आजभोलिको माओवादी केन्द्र, राप्रपा, राजपाका नेता–कार्यकर्ताबाट सुन्दा जति स्वभाविक लाग्छ, नेमकिपाका नेता–कार्यकर्ताबाट सुन्दा आश्चर्य लाग्छ । राजनीतिलाई व्यक्तिगत प्राप्ति र आर्थिक लगानी गर्न नपर्ने व्यापारको रुपमा लिने पार्टीले पार्टीबाट यो दे वा त्यो दे भनी मागिरहनु कुनै आश्चर्यको कुरा होइन । तर जुन पार्टीले देश र जनताको निस्वार्थ रुपमा सेवा गर्नु नै राजनीति गर्नुको लक्ष्य हो भनी सिकाउँछ भने त्यसबाट व्यक्तिगत प्राप्तिको आशा गर्नु त अस्वाभाविक चाला भयो । पार्टीमा कसले के पाएको छ र कसलाई के दिएको छ र, कसैलाई केही दिन र कसैले केही लिन ? तर कोही कार्यकर्ता चारित्रिक, आर्थिक र संगतका हिसाबमा गलत बाटोमा लागेको छ भने उसलाई पार्टीले सच्याउँछ । यो बाटो सही बाटो हो र यो होइन भनी सल्लाह दिन्छ भने एउटा सत्ता स्वार्थबाट बाहिर रहेको पार्टीले कार्यकर्तालाई दिन सक्ने सबभन्दा ठूलो कुरा त्यही हो । दैलेखमा एमालेको सिन्दुर लगाउने ती एक गोटा मानिसको सन्दर्भमा यो दायित्व पार्टीले पूरा गरेको हुनुपर्दछ ।
ती एक गोटा मानिसका छोराहरु सक्षम बनुन्, इमान्दार बनुन् भनी पार्टीले बाटो देखाउने कर्तव्य पूरा गर्ने हो । मुखमुखमै चाहे जति र चाहेकै स्वादमा खान्की हालिदिने काम एउटा कम्युनिष्ट सिद्धान्त बोकेको कुनै पनि पार्टीले गर्नु हुन्न । योग्यता अनुसारको काम र कामअनुसारको ज्यालाको पक्षमा भाषण गर्ने अनि आफ्ना सन्तानलाई योग्यता नै नपुगेका काम दिएन भनी पार्टीसँग फन्किएर हिंड्नु त अनैतिकता हो । अब एमालेमा ती मानिस गए, अब त त्यसो नगरी त्यहाँ चल्दै चल्दैन । तर नेमकिपाबाट त्यो आशा गर्नु त मान्छे नेमकिपाभित्रै भए पनि विचार एमाले र माओवादी केन्द्रको बोकेर हिंड्नु हो ।
पार्टी विचारको सामूहिक र सांगठनिक अभिव्यक्ति हो । पार्टीमा कोही दिने र कोही लिने भन्ने दर्जा हुने गर्दैन । त्यसकारण पार्टीमा ‘मैले यति वर्ष काम गरें खोइ मैले के पाएँ ?’ भनी आफ्नो उमेरको मूल्य तोक्ने काम उपभोक्तावादी सोचको बिस्तारित रुप हो । उपभोक्तावादी सोच पूँजीवादी चिन्तनको हाँगा हो ।
तिनी मानिसले आफूले मनलागी गर्न पार्टीलाई सोध्नु नपर्ने अनि सबै बिग्रेपश्चात पार्टीले सहयोग गर्नुपर्ने जिद्दी पालेर बस्नु के सही हो ? दैलेखमा डोजर लगेर आफू ठेक्कादार बन्ने, राति बाबु–छोरा एकै टेबुलमा बसेर कुखुरा काटेर रक्सी पेल्ने, आफूसँग डोजरको लाइसेन्स नभए पनि अरुका सम्पत्ति डोजर मनपरी चलाउने, डोजर पल्टाउने, अनि पैसा तिर्न हम्मे परे पछि पार्टीले केही गरिदिएन भनी घुर्की लगाउने ? गर्नुसम्म आफूले गल्ती गर्ने अनि सच्याउन नसकिने गरी बिग्रेपश्चात पार्टीलाई दोषारोपण गर्नु त अनैतिकताको उदाहरण भयो ।
समय समयमा घर र कोठा सफा नगरे जम्मा भएको धुलो र फोहोरले घर बस्नेलाई रोगी बनाउँछ । एकै कुहिएको आलुले सबै आलु कुहाउँछ । जसरी घर र कोठामा सफाई कार्य गरिरहनु पर्दछ, पार्टीभित्र पनि सफाई कार्य भइरहनु पर्दछ । सफाई कार्य नभए आखिरमा सबैलाई रोगी बनाउँछ, कुहाउँछ । सुखद् कुरो त, दैलेखमा आज पार्टीभित्र जम्मा भइरहेको ‘नखाउँ दिनभरको शिकार, खाउँ कान्छा बाबुको अनुहार’ आफै उडेर एमालेमा गएको छ । एमालेको डम्पिङ साइटमा त्यस्ता फोहोर मैला आइरहन्छन् । एमालेले त जस्तै जिनिस आए पनि मज्जाले पचाउँछ ।
रोग पालेर बस्नु मूर्खता हो । आज एक गोटा रोग आफै झरेर एमालेमा पसेको छ । एमाले नामको वैतर्णीमा त्यही रोग पनि अमूल्य मानिएको हुनुपर्दछ । लुत्तो फाल्ने कामलाई कसैले पार्टीका इमान्दार कार्यकर्ताको निधन हुँदा हुने क्षतिसँग तुलना गर्नु सर्वथा गलत हो । अनुशासनहीन कुतत्व यसरी नै ठेगान लाग्दै जाने हो–कोही आफै निहँु खोज्दै जान्छन्, कसैका लागि कैचासम्म प्रयोग गर्नुपर्ने हुनसक्छ । तर पार्टीबाट योगदानको मूल्य माग्ने अनि नदिए जथानाम गर्ने क्यान्सरलाई पार्टी ठूलो बनाउने नाममा पालेर पस्नु मूर्खता हो । बुढी औंलामा क्यान्सर भएको छ र अनि यो औंला त काम लाग्छ भनी नफाल्ने ? एमाले, माओवादी केन्द्र र काँग्रेस जस्ता भाँडभैलो र भद्रगोलको जमात बन्नुभन्दा त पार्टी ठूलो नभएकै बेश ।
Leave a Reply