भक्तपुरमा ग्यास अभाव कायमै सिलिन्डर खोज्दै उपभोक्ता
- कार्तिक २०, २०८३
११ भदाै
रूपन्देहीको तिलाेत्तमा-३, मणिग्राम स्थित शान्ति नमुना माध्यमिक विद्यालयमा जनअास्था संस्कृतिक समूहकाे आयाेजनामा राखिएको राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डकाे स्मरण तथा ५३आैं मासिक साहित्य गाेष्ठी हिजाे शनिबार सम्पन्न भएकाे छ । उक्त कार्यक्रममा बाेल्दै
नेमाकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर वासीले निस्वार्थ रूपमा जनताको सेवामा लागेको नेमकिपासॅग अत्तालिएर पञ्चायती राज्यस्तरबाट षड्यन्त्र गरिए जस्तै देशको सार्वभौमसत्ता र कामदार जनताको हित रक्षार्थ दृढतापूर्वक लडेकोले नेमकिपालाई नियन्त्रण गर्न थ्रेसहोल्ड लागू गरेको बताउनु भयो ।
प्रतिक्रियावादीहरूले कामदार जनताविरूद्ध हरपल अनेक षडयन्त्र गरिरहने चर्चा गर्दै अध्यक्ष वासीले व्यक्तिगत स्वार्थलाई केन्द्रमा राख्नेहरू जतिसुकै सिद्धान्त घोकेको भए पनि विचलित हुन्छन् भन्नुभयो । २०४५ सालमा नेमकिपालाई समूल नस्त पार्न राज्यस्तरबाट रचिएको षडयन्त्र भक्तपुर काण्डको स्मरणमा जनआस्था सांस्कृतिक समूह र नेमकिपा रूपन्देहीकाे संयुक्त अायाेजनामा शनिबार तिलोत्तमा नगरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष वासीले राजनीति गुलाफको फूल होइन भन्नुभयो ।
हरेक महिनाको दोस्रो शनिबार हुॅदै आएको जनआस्था सांस्कृतिक समूहको ५३औं मासिक साहित्य गोष्ठी कार्यक्रममा बाेल्ने अधिंकाश बक्तहरूले २०४५ सालमा राज्यस्तरबाट रचिएको षड्यन्त्र भक्तपुर काण्डकाे स्मरण बारे जानकारी गराउँदै विगतका दिनहरूमा घटेकाे घटना जस्तै अब अगामी समयमा यस्तो घटनाबाट सचेत रहन अाग्राह र भक्तपुर काण्डबारे साहित्यक रचना समेत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम हरिसुदर बासीकाे अध्यक्षता, जगीलाल थापा र कमला वि.क काे प्रमुख अतिथ्यता र गणेश परियारकाे सञ्चालमा १० जना भन्दा बढी सदस्यहरूकाे सहभागितामा कार्यक्रम सम्पन्न भएकाे नेमाकिपा रूपन्देहीका अध्यक्ष हरिसुन्दर बासीले जानकारी दिनुभएकाे हाे ।
Leave a Reply