भर्खरै :

प्रमका सल्लाहकारहरु खबरदार !

पटक–पटक प्रधानमन्त्री भएका तर हरेक पटक बद्नामी कमाएका प्रम शेरबहादुर देउवाको ७–११ भदौ २०७४ को भारत भ्रमणले नेपाली कांग्रेस र संसदमा देउवालाई मतदान गर्ने सम्पूर्ण सांसदको इज्जत र प्रतिष्ठामाथि ठूलो धब्बा लागेको छ भने देशको स्वतन्त्रता र सार्वभौमिकतालाई च्याखामा हालेको छ तथा प्रतिनिधिसभा र बुद्धिजीवी समुदायमा आक्रोश उत्पन्न गरेको छ । कुन व्यक्ति कुन पदमा पुग्यो भन्ने महत्वपूर्ण विषय होइन बरु त्यस व्यक्तिले पदअनुसारको व्यवहार र आचरण गर्न जान्यो, जानेन वा योग्य छ वा छैन परिणामले देखाउँछ ।
आ–आफ्नो निजी स्वार्थ पूरा गर्न निश्चित व्यक्तिलाई खास खास पदमा पु¥याएर देशलाई भड्खालोमा पु¥याउने व्यक्तिहरु र समूहको बारेमा हामीले केलाउन खोजेका होइनौं, बरु विना प्रस· नै नेपालको प्रधानमन्त्री भएको व्यक्तिले नेपालको संविधान भविष्यमा जसरी भए पनि संशोधन गराउने वाचा गरेर सारा नेपाली जनतालाई स्तब्ध र लज्जित गराए । … देख्नेलाई लाज भनेको यही हो । भविष्यको समेत जिम्मा लिएर संविधान संशोधन गर्ने वचन त्यस व्यक्तिले मात्रै गर्न सक्नेछ – जसले अरुसँग वैना लिएर व्यापार गरेको हुन्छ, अथवा देशका अनेक ऐन–कानुन र निर्वाचनमा अनियमितता गरेर वा सैनिक शासक लादेर भए पनि त्यो वचन पूरा गर्न सक्ने सम्भावना देख्छ वा उक्त व्यक्तिको आस्था नेपाल र नेपाली जनतामा होइन विदेशमा भन्ने प्रस्ट हुन्छ ।
त्यस्ता व्यक्ति वा विचार तर्क र व्यवहारले समयमा देशद्रोही सावित हुनेछ । यसकारण ९ भदौको ‘नागरिक’ दैनिकले आफ्नो सम्पादकीयमा लेख्यो –‘अशोभनीय अभिव्यक्ति ।’ प्रधानमन्त्री देउवाले भारतीय भूमिमा सम्पूर्ण विश्वले थाहा पाउने गरी जे–जसरी आफ्नो अडान छाड्दै नेपालको संविधानको मामिलामा भारतीय एजेन्डालाई अनुमोदन गरे, त्योभन्दा लज्जाजनक विषय हुनैसक्दैन । भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले राष्ट्रको शिर उँचो बनाउन असफल सावित भएका छन् । आलोचकहरुले शेरबहादुर देउवा भन्ने व्यक्तिलाई मात्र प्रहार गरेनन् बरु ‘सत्तासीनहरुको गोत्र, कुल, थर एवम् जाति’ लाई समेत कठघरमा देखे । प्रस्ट भाषामा मार्मिक व्यंग्य गरे –‘टेकोमा अडेको राज्यसत्ता ।’ (नागरिक– ९ भदौ २०७४) १० भदौको ‘नयाँ पत्रिका’ ले वसन्तराज कुँवरको ‘मोदीको फोटोसित वार्तालाप’ मा लेख्यो –‘मोदीको फोटोसँग वार्तालाप गरेपछि मन हलुँगो भयो, किनभने हाम्रा नेताले यो कुरा फोटोलाई पनि भन्न सक्दैनन् ।’ …आ· नै सिरि· हुने गरी ७० वर्ष पुरानो राजनैतिक दलमा के एकजना पनि देशलाई टाउकोमा राखेर समकक्षीसँग वार्तालाप गर्न सक्ने एक वाक्पटु पनि छैन ?
विभिन्न देशमा देशको हितमा इज्जतै राखेका राजदूतहरु नेपालसँग नभएको होइन, नेपाली कांग्रेसभित्रै पनि छन् । समकक्षीको अगाडि थरथर काँपेर बोल्ने वा डरले भक्भकाउने व्यक्ति नै किन हामीले प्रधानमन्त्री बनाउने र भारतको निम्ति राजदूत पठाउनुपथ्र्यो !? के ‘सुनुवाई समिति सानो बनाएर’ वा ‘थ्रेसहोल्ड’ लगाएर देशको इज्जत जोगाउन सकिन्छ ? पैसाको पछि लाग्ने भ्रष्ट र विदेशी भक्तहरुको लाम होइन, देशलाई स्पष्ट वक्ता र इमानदार आलोचकहरुको खाँचो छ । ११ भदौको कान्तिपुर दैनिकको सम्पादकीयमा लेख्यो – ‘प्रधानमन्त्रीको अशोभनीय अभिव्यक्ति ¤’ नेपाली कांग्रेसकै एक सांसदले लेख्यो – निकट भविष्यमा दुई तिहाई बहुमत जुटाएर सबैलाई स्वीकार्य हुने संविधान बनाउँछौं भन्नु ‘एउटा त्रुटी भएकै हो ।’
विमस्टेकलाई अगाडि बढाउने र सार्कलाई गौण बनाउने भारतको चासो हो । यस्ता विषयमा प्रम देउवाको ध्यान गएको देखिएन । अरु देशमा पनि प्रधानमन्त्री र राष्ट्रपतिहरुका अनेकौं नैतिक प्रश्न र राजनैतिक त्रुटीहरु भएका छन् । प्रम म्याकमिलनले राजीनामा दिए, निक्सन र क्लिन्टनले पनि प्रचार माध्यमकै दबाबले राजीनामा दिए । यदि जापानमा यस्तो घटना घटेमा प्रमले हाराकिरी गर्ने थियो वा उसका सल्लाहकारहरुसँगै देश छोडेर भाग्थे वा तोजो जस्तै आफ्नो घरमा मारिन्थे । व्यक्तिलाई सत्तामा पु¥याउने सल्लाहकारलाई यस घटनाले हरेक शासक दललाई खबरदारीको पाठ सिकाउनेछ ।
श्रमिक साप्ताहिक

Leave a Reply

Your email address will not be published. Required fields are marked *