आणविक निरीक्षणमा इरानको अडान
- असार ९, २०८३
काठमाडौँ, ६ मङ्सिर । ४ मङ्सिरका दिन देशभर एउटै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि निर्वाचन सम्पन्न भई अहिले मतगणना भइरहेको छ । देशैभर मतगणना स्थललाई गृहमन्त्रालयले सुरक्षाको लागि जाली तार बार राखेको भनिएको छ । प्रजातान्त्रिक देशहरूमा संसारभरै आवधिक निर्वाचन हुन्छ† मतगणना हुन्छ तर सायदै मात्र मतगणना स्थलमा जाली तारबार होला । यो नेपाली प्रजातन्त्रको विशेषता जस्तै भएको छ । जाली तारबार जहिलेसम्म हुन्छ तहिलेसम्म नेपाल कम्युनिस्ट पार्टी (एमाओवादी) लाई ग्लानी हुनुपर्ने हो । मतगणना स्थलमा जाली तारबार माओवादीको उपहार हो ।
निर्दलीय पञ्चायत व्यवस्थामा पनि आफ्नै किसिमको निर्वाचन हुन्थ्यो । नगरपञ्चायत र राष्ट्रिय पञ्चायतको तहगत निर्वाचनहरू हुन्थे, मतगणना हुन्थे । विश्वासको सङ्कट यति सारो थिएन । मत गणनामा बस्ने उम्मेदवारका प्रतिनिधिहरूले नै पनि मतपत्र खोल्न, चाङ मिलाउने कर्मचारीलाई सघाउँथे । छिटपुट सामान्य विवादबाहेक मतपत्र नै च्यात्नेजस्ता अप्रजातान्त्रिक र आपराधिक काम त्यसबेला हुन्थेन ।
यसो भनेर पञ्चायती व्यवस्थाको गुणगान गर्न खोजिएको होइन । त्यसबेला पार्टी प्रतिबन्धित अवस्थामा रहेकाले राजनीतिक स्वतन्त्रताको लागि पार्टीहरू आन्दोलनमा थिए नै तर भएका निर्वाचनहरूमा अरूको मत चोर्ने, मतपत्र च्यात्नेजस्ता क्रियाकलाप हुन्थेन । त्यसैले त्यसबेला मत गणनामा कहीँ पनि जाली तारबार राख्नुपरेको थिएन । जाली तारबारको इतिहास २०७४ सालको स्थानीय निर्वाचनमा माओवादी नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री रेणु दाहाललाई भरतपुर महानगरपालिकामा प्रमुख पदमा जसरी भए पनि जिताउन अपनाएका अनेक हतकण्डाहरूमध्येको एउटा निकृष्ट हतकण्डा थियो– विपक्षको मत च्यात्नु । त्यसपछि मत पत्रलाई सुरक्षा प्रदान गर्न गृहमन्त्रालयले अपनाएको उपाय हो– जाली तारबार !
त्यसो त धाँधली गर्नेहरूका निम्ति अरू पनि अनेक खराब उपाय पनि होलान् । खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान त्यसै चलेको त होइन होला । सत्र वर्ष सीडीओ भएका एक पूर्वसीडीओले एउटा संस्मरण पुस्तकै लेखेका छन् । त्यसमा उनले मत गणनासँग सम्बन्धित एउटा अर्काे निकृष्ट नमुना उजागर गरेका छन् । उनका अनुसार निर्वाचन सकिन्छ । मतपेटिकाहरू सङ्कलन हुन्छ । दलका प्रतिनिधि कार्यकर्ताहरू मतपेटिका छोड्दैनन् । एउटा कोठामा मतपेटिकाहरू राखेर बाहिर ढोकामा तालामा होइन सिलबन्दी नै गरिन्छ । कार्यकर्ताहरू मतपेटिका राखेको कोठा बाहिर रातभर त्यही सुतेर निगरानी गर्छन् । त्यही रात माथिबाट फलानालाई जसरी भए पनि जिताउनू भन्ने उर्दी आउँछ । त्यसपछि सुरु हुन्छ– धाँधलीको निकृष्ट नमुना ।
त्यो फलानालाई नतिजाई नहुने भएपछि मतपेटिका फेर्नुको विकल्प हुँदैन । रातभरमा त्यो फलाना जित्ने गरी सबै विधि पु¥याई मतपत्र युक्त मतपेटिका तयार गरिन्छ र बाहिर सिलबन्दीयुक्त ताला केही नगरी कोठाभित्रको मतपेटिका सारिन्छ । जनताले मतदान गरेको मतपेटिका कोठाबाट झिकिन्छ र सबै विधि पु¥याई तयार पारिएको कृत्रिम मतपेटिका कोठामा राखिन्छ । बाहिर कार्यकर्ताहरूले चालै पाउँदैनन् । त्यसको लागि मतपेटिका राखेको कोठाको माथिल्लाको भुइँ खोस्री दलिन झिकेर कोठामा पसिन्छ र मतपेटिका सारिन्छ । भोलि मतगणना हुँदा त्यो फलाना ‘अत्यधिक मत’ ले विजयी भएको घोषणा गरिन्छ । प्रजातन्त्रको योभन्दा निकृष्ट उदाहरण अरू के होला । अहिले पनि यस्तो घटना भएको पो छ कि के थाहा ?
सामाजिक सञ्चालनमा गोप्य मतदान गर्ने ठाउँमै हलुका हुल मान्छे गएर ‘गोप्य मतदान’ गरिरहेको देखिएकै छ । एकै जनाले ३०–४० जनाको मतदान गरेको भन्ने समाचार आएकै छ । मन्त्री प्रधानमन्त्रीले नै निर्वाचन आचारसंहिता हाकाहाकी उल्लङ्घन गरिरहेकै छन् । विगतको तुलनामा मतदानको कम मात्र हुनुका अनेक कारण मध्ये धाँधली पनि
एक कारण हो ।
मतदानको लागि उपत्यका छोड्नेको सङ्ख्या गत स्थानीय निर्वाचनमा भन्दा धेरै मात्र गाउँ गएको देखिन्छ । गाउँ नफर्केका एक मतको प्रतिक्रिया थियो– ‘हामी नगए पनि हाम्रो मत कोही न कोही कसैले न कसैले खसाली हाल्छ किन जानू गाउँमा† जो जिते पनि हामीलाई के को चासो ?’ धाँधलीले मतदाताको मनमा उब्जेको वितृष्णाको एउटा उदारण मात्र हो यो ।
मतदानमा देखिएको वितृष्णा भोलि यो संसदीय व्यवस्थाको वितृष्णामा नबदलिएला भन्न सकिन्न । त्यसबेला यो व्यवस्थालाई नै साध्य मान्ने संसदवादीहरूको लागि सजिलो हुने छैन । धाँधली गरेर जसरी भए पनि जित्नेहरूले नै संसदीय व्यवस्थाको आयु छोट्याइरहेका छन् भन्दा फरक पर्दैन ।
Leave a Reply