भर्खरै :

नयाँ युगमा पार्टी निर्माण र कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम केन्द्रको कार्यसम्बन्धी अभिमुखीकरण–५

नयाँ युगमा पार्टी निर्माण र कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम केन्द्रको कार्यसम्बन्धी अभिमुखीकरण–५

स्वाभाविकरूपमा पार्टीमा अरू सबै कार्यभन्दा पार्टीको विचारधारात्मक कार्यलाई बढी महत्व दिनुपर्छ किनभने यो अत्यन्त जरूरी छ र त्यसपछि मात्र पार्टीभित्र संशोधनवाद र विघटनलाई रोक्न सकिन्छ र क्रान्तिलाई विकाससित जोडेर अगाडि बढाउन सकिन्छ ।
जब पार्टीभित्र कडा अनुशासन स्थापित गरिन्छ तबमात्र सबैखाले सङ्गठनविरोधी क्रियाकलाप, अनुशासनहीनता र सिङ्गो पार्टीभित्रका नकारात्मक तत्वहरूलाई दमन गर्न सकिन्छ र पार्टीको चुस्तदुरुस्त विकासलाई गति दिन र सुनिश्चित गर्न सकिन्छ । पार्टीभित्र सही र शक्तिशाली अनुशासन प्रणाली स्थापित गर्नुपर्छ, स्वचालित अनुशासन र व्यवहार अनुगमन प्रणाली स्थापित गर्नुपर्छ र पूरै पार्टीभित्र अनुशासन सुपरिवेक्षण प्रणाली र अनुशासन पालना प्रणाली सक्रिय पारिनुपर्छ ।
कोरियाली मजदुर पार्टीले आफ्नो कठीन र जटिल क्रान्तिकारी सङ्घर्षको क्रममा अत्यन्त सुदृढ कार्यशैली सिर्जना र विकास गरेको छ र नयाँ समाजको निर्माणका लागि नयाँ युगमा नयाँ शैलीले काम गर्नु महत्वपूर्ण जग हुने गर्दछ ।
सिङ्गो पार्टीभित्र क्रमशः र विधिपूर्वक हरेक अधिकारीहरूले राष्ट्रपति किम इल सङ र अध्यक्ष किम जोङ इलले सिर्जना गर्नुभएको र पार्टीले विकास र समृद्ध पारेको क्रान्तिकारी र जनप्रिय शैलीले काम गर्ने पद्धति बसाल्नुपर्छ र ताकि हाम्रो पार्टीभित्र रहेको विशेष र भिन्न समाजवादी र साम्यवादी कार्यशैली भावी दिनहरूमा पनि कायम रहोस् ।
हाम्रो पार्टीको ध्यान पार्टी अधिकारीहरूमाझ क्रान्तिकारी सोच र तरिकाले काम जिम्मेवार तरिकाले कार्यभार पूरा गर्ने बानी स्थापित गर्नेमा जानुपर्छ । पार्टीको लडाकु दक्षता भनेको नै मुख्यतया पार्टी अधिकारीहरूको क्षमता र दक्षता, सङ्घर्ष र अभ्यास हुन् ।
हामीले पूरै पार्टी पङ्क्तिले परिपक्व क्रान्तिकारी र जिम्मेवार कार्यशैलीले अगाडि बढ्ने सुनिश्चितता गर्नुपर्छ, पार्टीका निर्णय र निर्देशनहरू बिनासर्त पालना गर्ने र तिनीहरूको कार्यान्वयन समयमै र आफैमा भर परेर र उपाय लगाएर गर्ने बानीलाई स्थापित गर्नुपर्छ । आत्मकेन्द्रित सोचाइ र आत्मश्लाघालाई कुनै ठाउँ नदिई, आत्म मन्थन र परिमार्जनलाई बढावा दिँदै कठीन प्रयास गर्न पछि नपरीकन र दूरदृष्टि ढङ्गले र दीर्घकालीन आधारमा र भविष्यतिर उन्मुख भएर काम गर्ने पद्धतिलाई अगाडि बढाउनुपर्छ ।
हामीले सबै प्रकारका नकारात्मक प्रवृत्तिहरू र विकृत वैचारिक दृष्टिकोण र कार्यशैलीहरूमाथि विजय पाउनका लागि पनि निरन्तर सङ्घर्ष चालु राख्नुपर्छ । व्यावहारिक सङ्घर्षको क्रममा देखापरेका गैरक्रान्तिकारी र सङ्गठनविरोधी धारणा, गैरजिम्मेवारिता, आत्मरक्षावाद, औपचारिकतावाद र खर्चालु प्रवृत्तिविरुद्ध पनि सङ्घर्ष गर्दै गलत कार्यशैलीलाई रोकथाम गर्नुपर्छ । विशेषगरी, हामीले सही कार्यशैलीको निर्माणमा ध्यान केन्द्रित गर्नुपर्छ ताकि सही दृष्टिकोण र जनताप्रतिको सकारात्मक धारणा पार्टीमा सधैँ व्याप्त होस् ।
जनताको असल सेवक बन्ने उद्देश्य बोकेको हाम्रो पार्टीका निम्ति सही राजनीतिक दृष्टिकोण र जनताप्रतिको सकारात्मक धारणालाई कुनै पनि मामिला र परिवेशमा त्याग्न सकिँदैन ।
मैले अगाडि पनि भनिसकेँ, हाम्रो पार्टीको जन्म नै कामदार वर्गका जनताको रक्षाका लागि भएको हो र यसको स्थापनादेखि नै यसले जनतालाई खुसीयालीपूर्ण जीवन उपलब्ध गराउन काम गरिरहेको छ । त्यसैले कोरियाली जनताले हाम्रो पार्टीलाई आमासरह मान्ने गर्छन् र पार्टीको अनुसरण गर्छन् । हाम्रो पार्टीले आफ्नो मौलिक चरित्र कायम राख्न र जनताको सेवा गर्ने उद्देश्यहरू पूरा गर्नका लागि किमइलसङवाद–किमजोङइलवादको झन्डालाई अझ माथि उठाइरहेको छ ।
त्यसकारण, पार्टी र राज्यका सबै अधिकारीहरूले जनताको बारेमा हाम्रो पार्टीको दृष्टिकोण र दर्शनलाई आफ्नो कार्य र जीवनको लक्ष्य बनाएर सबैभन्दा असल र सबैभन्दा प्रभावकारी ढङ्गले जनताको सेवा गर्नुपर्छ । जनतासित मिलेर काम गर्ने पार्टीको परम्परागत विधिलाई वर्तमान परिस्थितिसित मिलाएर समृद्ध पार्नुपर्छ ।
एक सचेत र इमानदार अधिकारीलाई जनताले सधैँ नै विश्वास गर्ने गर्छ र भरपर्ने गर्छ । जब कुनै अधिकारीले रुढीवादी तरिका त्यागेर सचेतना र इमानदारीका साथ आधुनिक र असल कार्यशैलीले जनताको सेवा गर्छ तबमात्र उसले जनताको विश्वास र मान्यता जित्ने हुन्छ ।
समय जतिसुकै अगाडि बढिसके तापनि र परिस्थिति जतिसुकै परिवर्तन भइसके तापनि हामीले पार्टीको अत्यनत राम्रो कार्यशैलीलाई कायम राख्न सक्छौँ र यदि हामी लागि प¥यौँ र सबै अधिकारीहरू इमानदार भएमा पार्टीको सर्वोच्चता कायम राख्न सक्छौँ ।
त्यसकारण, पार्टीको कार्यशैली विकासलाई बढावा दिनमा हामीले प्राथमिकता दिनैपर्छ र सादगी, इमानदारिता, शुद्धताको उच्च भावना कायम राख्न उत्प्रेरित गर्नुपर्छ, पार्टी कार्यका सबै प्रक्रियाहरूमा उपयुक्त व्यावहारिक उपायहरू अपनाउनुपर्छ र पार्टी अधिकारीहरूको व्यवहार जरूरी र सुदृढ बनाउनुपर्छ ।
विशेषगरी, जनतालाई बेवास्ता गर्ने र हेप्ने, जनताको अधिकार र हितहरू कुण्ठित हुने कुनै पनि अभ्यासलाई हामीले सहन गर्नुहुँदैन । अधिकारको दुरूपयोग, कर्मचारीतन्त्रवाद, अनियमितता र भ्रष्टाचार तथा करको दायराबाहिर सम्पत्ति थुपार्ने तथा पार्टीको कार्यशैली बिगार्ने गलत प्रवृत्तिलाई कडाइका साथ जरैदेखि निर्मूल पार्नुपर्छ । साथसाथै सबै तहका पार्टीका अङ्गमा काम गर्ने अधिकारीहरूले पार्टी जीवनसम्बन्धी नियमहरूलाई विनियम बनाई यथार्थमा लागू गर्नुपर्छ । कार्यशैली निर्माणको नयाँ आवश्यकताहरूलाई ध्यानमा राखेर एक प्रणाली स्थापना गर्नुपर्छ र कडाइका साथ तिनको पालना गर्नुपर्छ ।
यदि हाम्रो पार्टीले राजनीतिक, साङ्गठनिक र विचारधारात्मक निर्माण, पार्टी अनुशासन र कार्यशैली निर्माण गर्दै अघि बढ्नसक्यौँ भने हामीले पार्टी निर्माणको तत्कालीन कार्यभार मात्र पूरा गरिरहेका हुँदैनौँ बरु आफ्नै पहलकदमीले र प्रणालीगतरूपमा दीर्घकालीन समस्याहरू पनि समाधान गरिरहेका हुनेछौँ । यसकारण जनताको भाग्य र भविष्यको लागि पार्टी नेतृत्वको क्षमता बलियो बनाउनु लडाकू दक्षता वृद्धि गर्नु र एउटा क्रान्तिकारी पार्टीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।
कोरियाली मजदुर पार्टीको केन्द्रीय कार्यकर्ता तालिम विद्यालयको आधारभूत कर्तव्य भनेको सबै प्रशिक्षार्थीहरूलाई आदर्श क्रान्तिकारी र पार्टीको उच्च शक्तिको तत्व बन्न तालिन दिनु हो । तालिम प्राप्त गरिसकेका कार्यकर्ताहरू क्रान्तिकारी विचारधारा, पार्टी केन्द्रीय समितिबाट मात्र निर्देशित र दृढ ढङ्गले पार्टीको निर्णय र निर्देशन लागु गर्ने बनाउनुपर्छ ।
यस विद्यालयको स्मारकको शिलालेखमा उल्लेख भएअनुसार राष्ट्रपति किम इल सङले तत्कालीन किम इल सङ उच्च पार्टी विद्यालयका प्रशिक्षार्थीहरूलाई अध्यापन गर्नुहुँदै उनीहरू पार्टी र राज्यको सक्षम अधिकारी बन्नुपर्ने र उनीहरूले सधैँ जनताको माझमा रहेर काम गर्नुपर्ने, देशको स्वाधीनता र सार्वभौमसत्ता रक्षा एवं जनताको स्वतन्त्र र खुसी प्राप्तिको सङ्घर्षमा सधैं जनताभन्दा अगाडि रहनुपर्ने बताउनुभएको थियो ।
केन्द्रीय कार्यकर्ता तालिम विद्यालयले आफ्ना सबै कार्य नयाँ प्रकारका पार्टी अधिकारीहरू र जनताका सेवकहरू तयार गर्नमा उन्मुख गराउनुपर्छ, जो राजनीतिक र विचारधारात्मक रूपमा स्वस्थ र कार्यशैलीमा पूर्णतया परिवर्तन ल्याएका तथा आफ्नो आधारभूत कार्यसित सहज अनुभूति गर्ने व्यक्तित्व भएको होस् ।
समग्रमा हाम्रो पार्टीले अपेक्षा गरेका पार्टी अधिकारीहरू वास्तविक क्षमतायुक्त, उच्च तहको राजनीतिक र व्यावहारिक योग्यताहरूले युक्त, शुद्ध अन्तस्करणले पार्टी केन्द्रीय समितिलाई समर्थन गर्ने तथा सोच र व्यवहार कुनै पनि परिस्थितिमा पार्टी केन्द्रीय समितिको विचार र उद्देश्यसित मेल भएका र पार्टीको विचारधारा र सिद्धान्तहरूलाई पार्टी कार्यको नीति र विधिअरूमा लागु गर्न सक्षम र जनताको माझमा काम गर्दै नेतृत्वकला सिकेका भन्ने हो । साथै पार्टी अधिकारीहरूले पार्टीको दृष्टिकोणसित मिल्ने गरी जनजीवनको खुसीको खोजी गर्ने र जनता केन्द्रित दर्शन र जनताको निम्ति समर्पित हुनुपर्छ भन्ने हो ।
केन्द्रीय कार्यकर्ता तालिम विद्यालयले पार्टी केन्द्रीय समितिको आवश्यकताबारे सजग रूपमा जानकारी राखेर कार्यकताृहरूलाई तालिम दिनुपर्छ र पार्टीको भावनाअनुसार शिक्षा र तालिमलाई परिमार्जन गर्नुपर्छ ताकि तालिम लिनुभन्दा अगाडि कार्य र जीवनमा कमी कमजोरी भएका कुनै पनि व्यक्ति नयाँ तरिकाको राजनीतिक, विचारधारात्मक, व्यावहारिक, मानसिक र नैतिक पक्षहरूबाट प्रशिक्षित होस् र विद्यालयको शैक्षिक प्रक्रियाअनुसार आउने दिनमा अगाडि बढोस् ।
कोमपा केन्द्रीय कार्यकर्ता तालिम विद्यालयको अर्को कर्तव्य पार्टीका विचारधारा र सिद्धान्तहरूको गहन अध्ययन, व्याख्या र समृद्ध पार्ने कार्य गर्नु हो । यो विद्यालय हाम्रो पार्टीको विचारधारात्मक र सैद्धान्तिक निर्माणको आधारभूत आधार र चिन्तन समूह (थिङ्क टयाङ्क ) हो ।
केन्द्रीय कार्यकर्ता तालिम विद्यालयले हाम्रो पार्टीको क्रान्तिकारी विचारधारा र सिद्धान्तहरूको गहन अध्ययन गर्नुपर्छ, यसको वैधताको व्याख्या गर्नुपर्छ र तिनको वैज्ञानिक सत्यता तथा नयाँ अग्रगामी निर्देशहरू, नीतिहरू र लडाकू नीतिहरूको आवश्यकता प्रमाणित गरेर देखाउनुपर्छ ताकि हाम्रो पार्टीको विचारधारा र सिद्धान्तहरूको भण्डार समृद्ध हुँदै जावस् ।
हाम्रो लक्ष्यअनुसार मिल्ने गरी शैक्षिक विषयहरू र पार्टी कार्यकर्ता तालिम प्रतिष्ठानहरूका विशेषताहरू परिमार्जन गर्नु सबैभन्दा महत्वपूर्ण छ । शैक्षिक विषयवस्तु पार्टीको नीतिहरूसित मेल खाएको, पार्टीको इतिहासबारे प्रभावकारी शिक्षा दिने, प्रशिक्षार्थीहरूको उच्च राजनीतिक चेतना र राजनीतिक सचेतना विकास गर्ने, पार्टी अधिकारीमा हुनुपर्ने योग्यता विकास गर्ने र पार्टी कार्य राम्ररी सम्पादन गर्न बनाउनेखाले हुनुपर्छ । त्यसका लागि शैक्षिक विषयवस्तु विद्यालय शिक्षण प्रणालीसित मेल खाने छनोट गर्नुपर्छ र शिक्षण गतिविधिहरूमा विशेषज्ञताको तह वृद्धि गर्नुपर्छ ।
हामीले सही तरिकाले विद्यालय प्रणालीलाई परिभाषा गर्न र लक्ष्यअनुसार प्रशिक्षार्थीहरूको छनोट गर्न महत्वपूर्ण छ । विद्यालयको अर्को कर्तव्य समयमै पूरा हुने गरी शैक्षिक कार्यक्रमहरू लागु गर्नु पनि हो ताकि पार्टीको भावनाअनुसार सैद्धान्तिक र व्यावहारिक शिक्षा सफलतापूर्वक सञ्चालन गर्न सकियोस् । शैक्षिक प्रशासन र व्यवस्थापनको परिमार्जनका लागि पनि अभिमुखीकरण चलाउन आवश्यक छ ।
अनुवाद : प्रकाश
– समाप्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *