न्हुदँ ११४७ को कार्यक्रममा सहभागी हुन तः मुंज्याको आग्रह
- कार्तिक १६, २०८३
दल सानो होस् या ठूलो असल राजनीति गर्ने दल र दलका नेताहरूको प्रशंसा जहाँ पनि हुन्छ । तर, देशमा असल दल र असल नेताहरूको अभाव छ । जनतामा राजनीतिप्रति वितृष्णा हुनुको कारण पनि असल राजनीति नगर्नाले हो । जहिलेसम्म देशका सबै पार्टी र पार्टीका नेताहरू त्यसमध्ये पनि शासक दल र ठूला दलका नेताहरू असल, इमानदार, निःस्वार्थी हुँदैनन् तहिलेसम्म देशको शासन व्यवस्था असल हुँदैन । अतः देश र जनताको भविष्य राम्रो बनाउन असल नेतृत्व आवश्यक छ, असल नेताहरू आवश्यक छ, असल राजनीतिक संस्कार आवश्यक छ ।
दल र देशको नेतृत्व गर्ने दलका नेताहरूको बुद्धिमा खिया लागेपछि, विचार नै गलत भएपछि जतिसुकै घाँटी सुकाएर विकासको ध्वाङ फुके पनि देश राम्ररी अघि बढ्दैन । विचारमा खिया लागेका शासक दलका शीर्ष नेताहरूले असल नेता तथा कार्यकर्ता तयार गर्न सक्दैनन् । उनीहरूको मनमा रात दिन, सपना र विपनामा पनि सत्ता र शक्तिकै तस्बिर अगाडि आइरहेको हुन्छ । सत्ता, शक्ति र पैसाको उन्मादमा राजनीति गर्ने दलका नेताहरूको जनताले विरोध गरिरहेका छन् । पद र पैसाको लागि मरिमेट्ने, ज्यानको बाजी राख्ने नेता तथा कार्यकर्ताहरूको जनता पछि लागेर असल शासन कसरी हुन्छ, असल नागरिक कसरी तयार हुन्छ ? यसकारण, देशमा असल राजनीतिक संस्कार आवश्यक छ । नेमकिपाले असल राजनीति गरिरहेको छ† असल राजनीतिक संस्कारको विकास गरिरहेको छ ।
राजनीति आफैमा खराब हुँदै होइन । राजनीति गर्नु नराम्रो पनि होइन । तर, राजनीतिलाई शासक दलहरू खराब बनाउँछन्, खराब बनाउन अभ्यस्त हुन्छन् । शासक दलहरूले सत्ता प्राप्तिको लागि असल राजनीति गरेका भए एउटा कुरा । हो, दलको दृष्टिकोण फरकफरक हुनु स्वाभाविक हो । यहाँ त सत्ता र शक्तिको होडबाजी हुन्छ । भागबन्डाको निम्ति तछाँडमछाड हुन्छ । अनि ती नै दलका नेताहरू सुन्दर नेपाल बनाउने कल्पना गर्छन्† सुख,शान्ति र समृद्धिको कुरा फलाक्छन् ।
हामीमा उच्च राजनीतिक चिन्तनको खाँचो छ । हामीलाई दूरदर्शी नेताहरूको आवश्यकता छ । हामीलाई बहुमत जनताको सेवा गर्ने दलहरूको सरकार आवश्यक छ । जनताले बहुदल हुँदै गणतन्त्र स्थापना भएको १४ वर्ष बिते पनि त्यस्तो सरकार पाएका छैनन् । अब बन्ने सरकार पनि त्यस्तो खालको हुनेछैन । शासक दलहरूले व्यक्तिगत र दलगत स्वार्थ छोड्नैपर्छ । पद, पैसा र भागबन्डाको निम्ति नकुर्लाैँ । सच्चाइको राजनीति गरेर जनताको विश्वास जितौँ । सिद्धान्त र विचारको राजनीति गरेर राजनीतिक संस्कारको विकास गरौँ ।
Leave a Reply