भर्खरै :

अमेरिकामा बन्दुक हिंसा झन् बढ्दै

अमेरिकामा बन्दुक हिंसा झन् बढ्दै

स्थानीय समयअनुसार नोभेम्बर २२ का दिन अमेरिकाको भर्जिनिया राज्यको चेसापेकमा रहेको वालमार्ट सुपरमार्केटमा गोली हानाहान भयो, जसमा धेरै हताहत भए । तीन दिनअघि कोलोराडोको एक नाइट क्लवमा गोली चल्दा पाँच जनाको मृत्यु भएको थियो भने २५ जना घाइते भएका थिए । तीन वर्षबिचमा अमेरिकामा सामूहिक गोलीकाण्डको सङ्ख्या ६०० भन्दा माथि पुगेको छ ।
अमेरिकामा मध्यावधि चुनाव भर्खरै सकिएको छ, बन्दुक हिंसाको मुद्दाले व्यापक ध्यान आकर्षित गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले बन्दुक हिंसालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । तर, बन्दुकको आवाजले मानिसहरूलाई बन्दुक हिंसा फेरि तीव्र भएको बतायो । अमेरिकी जीवनमा बन्दुक हिंसाको खतरा, सार्वजनिक मनोविज्ञानमा क्षति र समाजको विनाश गहिरो हुँदै गइरहेको छ ।
अमेरिकाको जनसङ्ख्या विश्वको जनसङ्ख्याको ४.२ प्रतिशत छ, तर संसारमा नागरिकहरूमा रहेका बन्दुकहरूमध्ये अमेरिकीसँग ४६ प्रतिशत छ । अमेरिकामा बन्दुक हिंसाबाट मृत्यु दर अन्य विकसित देशहरूको भन्दा धेरै छ । अमेरिकाको ‘गन भाइलेन्स आर्कात्स’ वेबसाइटको पछिल्लो तथ्याङ्कले नोभेम्बर २१ सम्म यस वर्ष अमेरिकामा बन्दुक हिंसाका कारण ३९,००० भन्दा बढी मानिसले ज्यान गुमाएका छन् । एकै समयमा अमेरिकी मनोविज्ञान पनि बन्दुक हिंसाबाट धेरै प्रभावित भएको छ । बन्दुक हिंसाले अमेरिकी समाजको समग्र वातावरणमा ठूलो प्रभाव पार्छ ।
सार्वजनिक दबाबमा अमेरिकी राष्ट्रपति बाइडेनले यस वर्ष जूनमा ‘द्विपक्षीय सम्झौता संस्करण’ बन्दुक नियन्त्रण विधेयकमा हस्ताक्षर गर्नुभयो । जुलाईमा ह्वाइट हाउसले एक विज्ञप्ति जारी गर्दै ‘अमेरिकालाई झन् सुरक्षा गर्ने’ योजना सुरू गर्ने बताएको थियो । यद्यपि, जब अमेरिकी नीति निर्माताहरूले विचार गरिरहेका छन्, उनीहरूले बन्दुक हिंसाको गहिरो कारणहरूलाई छुने हिम्मत गर्दैनन्, जसले अमेरिकी समाजमा शत्रुताको फैलावट र सार्वजनिक व्यवस्था थप बिग्रनलाई सहजै रोक्न सक्दैन ।
गहिरिएर हेर्दा अमेरिकामा बन्दुक हिंसाको मूल कारण तथाकथित ‘बन्दुक संस्कृति’ मा छ । धेरै अमेरिकीहरू विश्वास गर्छन् कि यो देशले पहिलो स्थानमा स्वतन्त्रता प्राप्त गर्न सक्षम हुनुको एउटा महत्वपूर्ण कारण मानिसहरूसँग बन्दुक हुनु थियो । सन् १७९१ मा पारित अमेरिकी संविधानको दोस्रो संशोधनले हतियार बोक्ने जनताको अधिकारको रक्षा गर्दछ । त्यसयता अमेरिकी समाजमा बन्दुक संस्कृतिले जरा गाडेको छ । यस संस्कृतिको सार हिंसाको प्रशंसा र महिमा हो ।
जीवनको अधिकार सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो । बन्दुक हिंसालाई प्रभावकारी रूपमा नियन्त्रण गर्न सकिन्छ कि सकिन्न भन्ने कुरा अमेरिकामा मानव अधिकार मापन गर्न अन्तर्राष्ट्रिय समुदायको लागि महत्वपूर्ण मापदण्ड हो । अमेरिकी राजनीतिज्ञहरूका लागि बन्दुक हिंसाको समाधान गर्न असम्भव छैन, तर मुख्य कुरा उनीहरूले वास्तवमै यसलाई समाधान गर्न चाहन्छन् कि चाहँदैनन् भन्ने हो ।
सीआरआई

Leave a Reply

Your email address will not be published. Required fields are marked *