नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
भक्तपुर, ९ मङ्सिर । मङ्सिर ४ गतेको चुनावमा नेपाल मजदुर किसान पार्टीको मादल चुनाव चिह्नमा मत दिने जनतालाई शुक्रबार धन्यवाद ज्ञापन सम्पन्न भयो ।
चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोका, सौडोल, खड्का टोल, गिरी टोल, साखकर्मी टोल, बाला टोल, खर्क पुल, हलाल टोलमा जनतालाई धन्यवाद ज्ञापन कार्यक्रम गरिएको थियो ।
नेमकिपाको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित प्रेम सेवालले फैढोका, सौडोल, खर्क पुल, हलाल टोलमा उपस्थित जनतालाई धन्यवाद दिँदै संसद्मा किसानहरूलाई आवश्यक रासायनिक मल समयमै सस्तोमा उपलब्ध गराउन आवाज राख्ने उल्लेख गर्नुभयो ।
संसद् नीति तथा कार्यक्रम, विधेयक र सन्धि सम्झौताबारे छलफल हुने प्राज्ञिक थलो भएको उल्लेख गर्दै निर्वाचित सुवालले माध्यमिक विद्यालय शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, खाद्यान्नमा आत्मनिर्भर, ऊर्जामा आत्मनिर्भर र स्वदेशमा रोजगारीको लागि संसद्मा सङ्घर्ष गर्ने उल्लेख गर्नुभयो ।
चाँगुनारायण नपा वडा नं. ८ सुडालको नेपाल टोल, सरस्वतीस्थान, माकलमाठ, ङाबु, रातोपाटीमा उपस्थित जनतालाई धन्यवाद दिँदै निर्वाचित सुवालले नेपालको भूमि भारतले अतिक्रमण गरेको फिर्ता गराउन, नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन, भारतको सुरक्षा छातामा नेपाललाई राख्ने सन् १९५० को सन्धि खारेज गराउन, नेपाली युवालाई भाडाको सिपाही बनाउने गोर्खा भर्ती खारेज गराउन, सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउनेहरूलाई कारबाही गराउन, ठूलठूला भ्रष्टाचारी, चेलीबेटी बेचबिखन गर्ने, महिला बलात्कारपछि हत्या गर्ने, मानव अधिकारको गम्भीर उल्लङ्घन गर्नेहरूलाई मृत्युदण्ड दिने कानुन निर्माणको लागि संसद्मा आवाज राख्ने उल्लेख गर्नुभयो ।
ताथलीका युवाहरूले धिमे बाजा प्रदर्शन गरी धन्यवाद ज्ञापनलाई थप आकर्षण बनाउनुभएको थियो ।
धन्यवाद ज्ञापन कार्यक्रममा भक्तपुर क्षेत्र नं. १(१) का प्रदेशसभाका उम्मेदवारलगायतका समानुपातिक उम्मेदवारहरूको पनि सहभागिता थियो ।
Leave a Reply