भर्खरै :

नयाँ युगमा चीन र क्युवाबिचको सम्बन्धलाई निरन्तररूपमा सबल पार्नेमा जोड

नयाँ युगमा चीन र क्युवाबिचको सम्बन्धलाई निरन्तररूपमा सबल पार्नेमा जोड

पेइचिङ, २५ नोभेम्बर (सीआरआई) । चिनियाँ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका महासचिव एवम् चीनका राष्ट्रपति सी चिनफिङले जनबृहत् सभा भवनमा चीनको भ्रमणमा रहनुभएका क्युवाको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिका प्रथम सचिव एवम् क्युवाका राष्ट्रपति मिगुएल डियाज कानेल बर्मुडेजसँग भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति सीले क्युवा नयाँ चीनसँग दौत्य सम्बन्ध स्थापना गर्ने पश्चिमी गोलाद्र्धको पहिलो मुलुक भएको भन्दै चीन र क्युवाबिचको सम्बन्ध समाजवादी मुलुकहरूबिच एकता र सहयोग तथा विकासोन्मुख मुलुकहरूबिच एक अर्कालाई सहयोग गर्ने नमुना बनेको बताउनुभयो ।
उहाँले चीनले क्युबासँग राजनीतिक र पारस्परिक विश्वासलाई निरन्तररूपमा सबल पार्ने, व्यवहारिक सहयोगलाई विस्तार गर्ने, केन्द्रीय हित समस्यामा एक अर्कालाई समर्थन दिने, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मामिलामा समन्वय बढाउने, नयाँ युगमा चीन र क्युवाबिचको सम्बन्धलाई निरन्तररूपमा सबल पार्ने कुरामा जोड दिनुभयो ।
क्युवाका राष्ट्रपति डियाज कानेलले चीनको राजकीय भ्रमण गर्न निमन्त्रणा दिनुभएकोमा राष्ट्राध्यक्ष सीलाई कृतज्ञता व्यक्त गर्नुभयो । उहाँ क्युबाली कूटनीतिक प्रमण्डलका साथ अल्जेरिया, ट्युनिसिया, रुस र टर्कीको राजकीय भ्रमणपछि चीन पुग्नुभएको हो ।
क्युवा र चीनबिच आपसी सहयोग र साझेदारीका एक दर्जन बढी सम्झौतामा हस्ताक्षर हुने चीनको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *