वरिष्ठ अधिवक्ताहरूको बहस नोटतर्फ एक नजर
- मंसिर २६, २०८१
भक्तपुर, ११ मङ्सिर । नेपाल मजदुर किसान पार्टीले मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मादल चिह्नमा छाप लगाएका मतदाताहरूलाई आइतबार धन्यवाद ज्ञापन गरेको छ । चाँगुनारायण नगरपालिका वडा नं. ७ मझुवाबाट सुरू भई भङ्गेरी डाँडा, चरेली, अधिकोरी टोल, हेल्थपोष्ट, पगरी टोल, कुलटार, खरिपाटी, तेलकोट हुँदै चानपा – ६को बेसी, गैरीगाउँ, बाख्री गाउँ, भट्टेडाँडा, बास्तोला टोल, चानपा वडा नं. ५ को गाउँसुली, लामिछाने टोल, ढुङ्गाना टोल, वनगाउँ, गोकुलगाउँ, बाटा टोल, गुसिटार, त्याटल गाउँ, पिखेल हुँदै पकुनेपाटीमा सभासहित ¥याली सम्पन्न भएको थियो ।
¥यालीको क्रममा विभिन्न स्थलमा भएको सभामा नेमकिपाका केन्द्रीय सचिव एवं नवनिर्वाचित सङ्घीय सांसद प्रेम सुवालले मतदातालाई धन्यवाद ज्ञापन गर्दै पार्टीको घोषणापत्रअनुसार देश र जनताको हितको लागि संसद् र सडकमा सङ्घर्ष गर्ने बताउनुभयो ।
सांसद सुवालले पालैपालो सरकारमा गएका शासक दलहरूले नगरकोट सडक १० वर्षमा पनि निर्माण सम्पन्न नगरेको, किसानलाई रासायनिक मल उपलब्ध नगराई दाल, चामल, तरकारी भारतबाट ल्याएर महँगोमा खुवाएको, विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क नगरेको, देशले नै जलविद्युत् उत्पादन गर्नुपर्नेमा सबैजसो नदी–नाला भारतलाई दिएर भारतबाट महँगो खाना पकाउन ग्यास र मट्टीतेल, डिजेल, पेट्रोल ल्याएर जनतालाई बेचेको, सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाएको, ७०–८० लाख युवालाई वैदेशिक रोजगारीको नाममा सस्तो ज्यामी बन्न पठाएको आदि विषय संसद्मा उठाउने उल्लेख गर्नुभयो ।
भारतले नेपालका शासक दलहरूमार्फत नेपालको अर्थतन्त्र ध्वस्त गरेर नेपाललाई भारतनिर्भर बनाउन खोजेकोतर्फ नेपाली जनता सचेत हुनुपर्ने सांसद सुवालले औँल्याउनुभयो ।
निःशुल्क शिक्षा र स्वास्थ्य उपचारको व्यवस्था नगर्ने र युवालाई स्वदेशमा रोजागरीको व्यवस्था नगर्ने पार्टीहरूलाई सिंहदरबार कब्जा गर्ने अधिकार नभएको उल्लेख गर्दै सांसद सुवालले युवालाई स्वदेशमा रोजगारीको व्यवस्था नभएसम्म नेपालको विकास नहुनेमा जोड दिनुभयो ।
सभामा नेमकिपाका सन्तराम दुलाल, अर्जुन काफ्ले, रेविना डंगोल र रोजिना काफ्लेले पनि बोल्नुभएको थियो ।
Leave a Reply