भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, १२ मङ्सिर । नेपाल मजदुर किसान पार्टीको चुनाव चिह्न मादलमा मतदान गर्ने सम्पूर्ण मतदाताहरूमा धन्यवाद ज्ञापन गर्न सोमबार चाँगुनपाका विभिन्न वडा र झौखेलमा ¥याली भयो ।
चाँगु बसपार्कबाट सुरु भएको ¥याली इन्द्रेको खोल्सा, बुढाथोकी गाउँ, दाहाल गाउँ, कोल्पाकोट, यापी भैरव, नारायणटार, फूलबारी, बेँसी, महांकाल चोक, न्योपाने गाउँ, गेलाल गाउँ, दुवाकोटस्थित सरस्वती मन्दिर, सरस्वती खेल बसपार्क हुँदै दुवाकोटको बुद्ध चोकमा पुगी सभामा परिणत भयो ।
उक्त सभामा नेमकिपाका सचिव एवम् निर्वाचित सांसद प्रेम सुवालले नेमकिपाले प्राकृतिक तथा सांस्कृतिक सम्पदा संरक्षणमा जोड दिइरहेको उल्लेख गर्दै विश्व सम्पदा सूचीमा सूचिकृत चाँगुनारायण मन्दिर वरिपरि जथाभावी चलाइरहेको डोजर र बालुवा उत्खनन रोक्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जनताको राजनीतिक तथा सांस्कृतिक स्तर उठाउन नेमकिपा लागिरहेको चर्चा गर्दै उहाँले भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालन गरेर रु. १५ लाखमा डाक्टर पढाउने भनपाको उद्देश्य रहेको बताउनुभयो ।
शासक दलहरूको अकर्मण्यताको कारण नेपालको ३२ वटा मैदा उद्योग भारतबाट गहुँ आयात नभएको निहुँमा बन्द भएको जानकारी दिँदै उहाँले भन्नुभयो, “कुनै बेला नेपालको खाद्यान्न विदेश निर्यात हुन्थ्यो, अहिले खाद्यान्न विदेशबाट आयात हुन्छ । नेपाल खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ ।”
नेपाललाई भारतको सुरक्षा छाताभित्र राख्ने सन् १९५० को असमान सन्धि खारेज गराउन नेमकिपा लागिपरेको चर्चा गर्दै उहाँले स्न १९५२ देखि नेपालको कालापानीमा रहेको भारतीय सेना हटाउन नेपाली जनताले सङ्घर्षलाई निरन्तरता दिनुपर्छ भन्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेपाललाई ‘भाडाको सिपाही’ बनाउने गोर्खा भर्ती केन्द्र बन्द गर्नु जरुरी छ । नेपाली युवालाई अनुशासित र स्वस्थ बनाउन तथा देशको रक्षाको निम्ति सैनिक तालिम आवश्यक छ ।”
“शासक दलहरूले कोसी, गण्डक, महाकालीलगायतका नदीनाला भारतलाई सुम्पेर देशघात गरेको हुँदा त्यसविरुद्ध नेमकिपाको सङ्घर्ष जारी रहनेछ,” उहाँले भन्नुभयो ।
खुला सीमाको कारण नेपालमा असङ्ख्य भारतीयले नेपाली नागरिकता लिन सक्ने सम्भावना भएको हुँदा नागरिकता समस्या समाधान गर्न नेपाल–भारत खुला सीमा बन्द गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
¥यालीको विभिन्न स्थानमा उत्तमनारायण भडेल, कृष्णराम सुलु र सोनाम योञ्जनले पनि बोल्नुभएको थियो ।
Leave a Reply