अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
(भियतनामको हनोइमा २५ नोभेम्बर २०२२ मा सम्पन्न साम्राज्यवादविरोधी विश्व सम्मेलनमा अमेरिकी शान्ति परिषद्का सचिवालय सदस्य अजामु बाराकाले गरेको सम्बोधन । अजामु पत्रकार तथा ‘शान्तिका निम्ति अश्वेत एकता’ सङ्गठक हुन् ।)
कामरेडहरू, दाजुभाइ तथा दिदीबहिनी,
आज हामी भियतनामको हनोइमा भेला भएका छौँ । करिब २ महिनापछि हामी सन् २०२३ मा प्रवेश गर्नेछौँ । आज समस्त मानव जाति पश्चिमा साम्राज्यवादको सङ्कटसामु उभिएको छ । सम्भवतः यो उसको विकासको अन्तिम चरण हो । यो युगान्तकारी परिस्थितिमा हामी अझ सक्रिय हुनुपर्ने यहाँ आह्वान गरियो । यस विश्लेषणले यो क्षणको ऐतिहासिक ओज झल्किन्छ ।
हामी अन्तिम चरण भन्दै छौँ । किनभने, विश्वको उपनिवेशवादी र पुँजीवादी समूहभित्रको अन्तर्विरोध अचाक्ली चर्केको छ । सन् १४९२ मा यो समूह पहिलोचोटि देखापरेको थियो । यस उपनिवेशवादी समूह आफ्नो ऐतिहासिक विकासको चरम बिन्दुमा पुगेको छ । अब यहाँबाट नयाँ आर्थिक र सामाजिक परिवेशको सिर्जना हुनुपर्छ । यसले नयाँ मूल्यमान्यता र नयाँ अर्थ–सामाजिक अवस्था सिर्जना गर्नेछ । जीवन र नवीन अस्तित्वप्रति समर्पित नयाँ सामाजिक संस्थापन र संरचनाहरू निर्माण गर्नेछ । अन्यथा, विश्वका पुँजीपतिहरूले भयावह उपायहरू अवलम्बन गर्नेछन् । विकासका विभिन्न चरणहरू पार गर्दै आएको विश्वव्यापी पुँजीले समस्त मानव जातिलाई नष्ट गर्ने शक्ति आर्जन गरिसकेको छ । उसले त्यो पनि गर्नसक्छ । इतिहासको रछ्यानमा फालिनुअघि उसले हाम्रो यो ग्रहबाट मानव जातिको नामनिसान मेटाउन सक्छ ।
यिनै विषयले सन् १४९२ यता अहिलेको यो क्षण सबैभन्दा ऐतिहासिक बन्न पुगेको छ । सन् १४९२ पछि युरोप विश्वभरि जमिन कब्जा गर्दै चहारिरह्यो । उसले अमेरिका कब्जा ग¥यो । त्यसै क्रममा युरोप वा ‘पश्चिम’ भनिने यही शक्तिले अफ्रिकीहरूलाई किनबेच गर्ने दास व्यापार सुरू ग¥यो । माक्र्सले भन्नुभएझैँ दासहरूलाई कृषिमा कज्याउनु नै पुँजीवादी उदयको जग बन्यो । साथै, उसले उपनिवेशवादका माध्यमबाट विश्वभरि पुँजीवादी व्यवस्था थोपर्न थाल्यो । सोही ऐतिहासिक प्रक्रियाका अन्तर्विरोधहरू अहिले चर्किँदै छन् र हामीले तिनको सामना गर्नुपर्नेछ ।
साम्राज्यवादको यो वास्तविकता र अन्तर्विरोधपूर्ण अवस्थामा वहन गर्नुपर्ने क्रान्तिकारी कार्यभारबारे हामी प्रस्ट हुनुपर्छ ।
विश्वका पुँजीपतिहरूले संरा अमेरिकी पुँजीको नेतृत्वमा समस्त मानव जातिविरूद्ध युद्धको बिगुल फुकिसकेका छन् । यो कुरा कसैबाट लुकेको छैन ।
वर्षैपिच्छे तिनीहरूले अमेरिकी र पश्चिमा विश्व वर्चस्वको संरक्षणको निम्ति दस्तावेजहरूमा खुला प्रतिबद्धता जनाउँदै आएका छन् ! आफ्नो राष्ट्रिय सुरक्षा रणनीति र राष्ट्रिय प्रतिरक्षा रणनीतिका दस्तावेजहरू पढ्दा पश्चिमा पुँजी विश्वव्यापी ‘बहुपक्षीय वर्चस्व’ प्रतिको आफ्नो निष्ठाबाट कत्ति पनि बिचलित छैन भन्ने थाहा हुन्छ । सन् १९९० को दशकमा विश्वमा आफ्नो कुनै प्रतिस्पर्धी नदेखेपछि संरा अमेरिकाले यो रणनीति बनाएको थियो । ‘महान् रुस’ को बडाराष्ट्र अहङ्कारवादले ग्रस्त नेतृत्वका कारण सोभियत सङ्घमा प्रतिक्रान्ति भएपछि सो स्थिति आएको थियो । लेनिनले यस्तो हुनसक्छ भनी सधैँ चेतावनी दिनुभएको थियो ।
यो वर्ष अक्टोबरमा बाइडेन सरकारले पनि उही रटान दोहो¥यायो । सन् २०२३ को निम्ति तयार पारिएका दस्तावेजहरू राष्ट्रिय सुरक्षा रणनीति र राष्ट्रिय प्रतिरक्षा रणनीतिमा पनि उही प्रतिबद्धता दोहोरियो । त्यसैले मानव जातिको पहिलो शत्रुका सम्बन्धमा हामी साम्राज्यवादका विरोधीहरूबीच अलमल हुनुहुँदैन ।
‘विश्व साम्राज्यवाद’ जस्ता अमूर्त शब्दहरू हटाउनुपर्छ । अमेरिकाको नेतृत्वमा पश्चिमा साम्राज्यवादसँग मिल्दोजुल्दो अर्को केही पनि छैन । विश्वभर उसका ८ सत्न्दा बढी सैन्य अखडाहरू छन्, हजारौँ ‘प्रतिरक्षा क्षेत्र’ हरू छन् । विश्वका ९ धनी देशहरूको सैन्य बजेट जोड्दा बल्ल उसको सैन्य बजेटजति हुन आउँछ । अमेरिका र पश्चिमा साम्राज्यवादले विश्वको सबैभन्दा ठूलो अन्तर्विरोधको प्रतिनिधित्व गर्छन् । यही अन्तर्विरोध अहिले यो ग्रहमा मानव जीवनकै निम्ति खतरा बनेको छ ।
शत्रुले आफ्ना योजना, कार्यक्रम र उद्देश्यहरू घोषणा गरिसकेको छ । ऊ विश्वव्यापी पुँजीवादी वर्चस्व कायम राख्न उद्यत छ । ऊ परजीवी उपनिवेशवादी र पुँजीवादी प्रणाली ज्यूँका त्यूँ राख्न चाहन्छ । त्यसैले साम्राज्यवाद विरोधीहरूको ऐतिहासिक कार्यभार र जिम्मेवारी स्पष्ट हुनुपर्छ । शत्रु आफ्नो उद्देश्यमा प्रस्ट छ, त्यसैले हामी पनि प्रस्ट हुनुपर्छ । हामी साम्राज्यवादविरोधी युद्धमा छौँ । त्यसैले यो युद्ध जित्नु नै हाम्रो कार्यभार हो ।
म संरा अमेरिकी शान्ति परिषद् (यूएसपीसी) मा सचिवालय सदस्य छु । यस सङ्गठनले उदारवादी र शान्तिकामी सङ्गठनहरूसँग रणनीतिक हातेमालो गर्दै आएको छ । संरा अमेरिका र पश्चिमा साम्राज्यवादको युद्ध संयन्त्रबारे हामीसँग वैचारिक विमति राख्ने आन्दोलनहरूमा पनि हामीले हातेमालो गर्दै आएका छौँ । ती सङ्गठनहरूलाई अमूर्त, आदर्शवादी सोचबाट बाहिर ल्याउन पनि तिनीहरूसँगै काम गर्नुपर्ने हाम्रो विश्वास छ । त्यस प्रकारका सङ्गठनहरू सजिलै साम्राज्यवादी प्रचारबाजीको जालमा परिहाल्छन् । युक्रेन युद्धमा त्यस्तै भयो ।
शान्तिकामी र युद्धविरोधी आन्दोलनहरूसँगै सङ्घर्ष गर्नुको रणनीतिक महत्व छ । अझ प्रभावकारी साम्राज्यवादविरोधी सङ्घर्षको विकास र सुदृढीकरणका लागि कामदार वर्गीय सङ्घर्षमा जोड दिनुपर्नेमा हामी विश्वस्त छौँ । तर उपनिवेशवादविरोधी सङ्घर्षलाई रणनीतिक प्राथमिकतामा राख्नैपर्छ । यसको निम्ति हामीले वैचारिक युद्धमा सफल हुने तयारी गर्नैपर्छ ।
बहुपक्षीय युद्ध (हाइब्रीड वार) बहुपक्षीय युद्ध वास्तविक हो । अवैध आर्थिक प्रतिबन्ध, राजनीतिक विध्वंस र सैन्य शासनदेखि छद्मयुद्ध र प्रत्यक्ष सैन्य मुठभेडसम्म बहुपक्षीय युद्धकै रूप हुन् । जनसमर्थन होस् वा नहोस्, यसमा कुनै सरोकार हुन्न । सैद्धान्तिक हतियारले नै काम गर्छ ।
जर्ज केन्नान अमेरिकी विदेश मन्त्रालयमा थिए । दोस्रो विश्वयुद्धको अन्त्यतिर उनले युद्धपछि संरा अमेरिका र सोभियत सङ्घ दुई महाशक्तिको रूपमा उदाउने निष्कर्ष निकाले । ती देशले दुई फरक र विपरीत समाज व्यवस्थाको प्रतिनिधित्व गर्थे । उनीहरूको सम्बन्ध प्रतिस्पर्धात्मक हुने केन्नानले अड्कल काटे । त्यो प्रतिस्पर्धालाई व्यवस्थापन गर्न अमेरिकी नीति निर्माताहरूले एउटा रणनीति बनाए । सोभियत सङ्घमाथि अमेरिकाले विजय पाउनको निम्ति केन्नानले ‘रोकटोक’ को नीति अघि बढाए ।
सर्वसाधारणले बुझेजस्तो यो रोकटोक खालि सैन्य रोकटोक थिएन । यो विचारधारात्मक रोकटोक थियो । अर्को शब्दमा केन्नानले वैचारिक सङ्घर्षको महत्व बुझे । वैचारिक सङ्घर्ष नै उनको रणनीतिको सबैभन्दा महत्वपूर्ण पक्ष थियो । यो छलफलमा हामीले ध्यान दिनुपर्ने कुरा के हो भने वैचारिक सङ्घर्ष विदेशमा मात्र लड्ने होइन, यसको घरेलु महत्व पनि हुन्छ । सोभियत सङ्घसँगको मुठभेड विश्व वर्चस्वको लडाइँ थियो । देशभित्रै गरिने वैचारिक सङ्घर्षको पनि नितान्त आवश्यक थियो । सन् १९५० को दशकमा संरा अमेरिकामा गरिएको म्याक्कार्थीकालीन दमन यही सोचको परिणाम थियो ।
त्यसयता साम्राज्यवादले विकास गरेका सबैखाले प्रभावकारी सैद्धान्तिक कवचबारे यहाँ धेरै कुरा छलफल गर्न सकिन्न । तीमध्ये खालि दुइटा उदाहरणमा ध्यान दिऔँ । उनीहरूले ‘मानवीय हस्तक्षेप’ र ‘सुरक्षा गर्ने दायित्व’ लगायत विचारको प्रचार गरे । उनीहरूले उदारवादी देशभक्तिमा खेल्न खोजे । गोरो मसिहावाद र निरङ्कुशताप्रतिको घृणालाई प्रयोग गरे । युरोपबाहिरका देशहरूको हकमा यी भावनाले खुब काम गरे । वास्तवमा संरा अमेरिकामा पुँजीवादी तानाशाही छ र त्यसको मुटुमा निरङ्कुशता हाबी छ । तर, यो यथार्थ सबैले नबुझे जस्तो देखिन्छ ।
पश्चिममा हराउँदो साम्राज्यवादविरोधी भावना
शीतयुद्धको अन्त्यसँगै सन् १९९० को दशकमा पुँजीवादी प्रचारबाजीले ठूलो विजय हात पा¥यो । साम्राज्यवादबारे जनता जति सचेत थिए, त्यसलाई तिनीहरू लुकाउन सफल भए । उनीहरूले (अमेरिकामा हुने) लोकप्रिय बहस र वामपन्थी छलफलबाट साम्राज्यवादलाई झन्डैझन्डै हटाइदिए ¤ साम्राज्यवादलाई निर्दोष र कल्याणकारी रङले पोतियो । यसको निम्ति मानवीय हस्तक्षेप, सुरक्षा गर्ने दायित्वलगायतका शब्दावलीको प्रयोग गरिएको थियो ।
यति नै बेला दक्षिणी गोलाद्र्धका देशहरूमा थोपरिएको नवउदारवादी अर्थनीतिले जनताको ढाड सेक्दै थियो । दक्षिण र उत्तरका उपनिवेशवादी देशहरूबिच परजीवी संरचनाभित्रको अन्तर्विरोध चर्किँदै थियो । एक्काइसौँ शताब्दीको पहिलो दशकमा खासगरी ल्याटिन अमेरिकामा यो अन्तर्विरोध जनप्रतिरोधको रूपमा प्रकट भयो ।
तर साम्राज्यवादको वैचारिक प्रचारबाजीकै कारण अमेरिकी वामपन्थीहरू दक्षिणपन्थतिर धकेलिँदै गए । युक्रेन युद्ध र अमेरिकाको रुस र चीनसितको प्रतिस्पर्धाबारे अमेरिकी ‘वामपन्थीहरू’ बिच नौटङ्की देख्न पाइन्छ । सामाजिक जनवादी पार्टीको पत्रिका ‘सोसलिस्ट फोरम’ मा एउटा लेख छापियो । शीर्षक थियो – ‘शिविर तोड्दा : युक्रेन युद्धपछि अमेरिकी वामपन्थ र विदेश नीति’ । लेखमा जर्जटाउन विश्वविद्यालयका प्राध्यापक ग्रेग आफिनोगेनोभ लेख्छन् – रुस र चीनको सामना गर्न ‘वापमन्थीहरू’ ले अमेरिकी साम्राज्यवादको विरोध गर्न छोड्नुपर्छ । उनी लेख्छन्, ‘आर्थिक प्रतिबन्ध लगाइदिएको खण्डमा (रुस) पछि हट्नेछ र त्यति गरेमात्र पुटिनको उठिबास लाग्नेछ । नेटोको सुरक्षामा अब युक्रेनी नेताहरूको विश्वास हराइसकेको छ ।’
धेरैले हात झिकिरहेको बेला हामीले हाम्रो शक्तिलाई अझ सशक्त सङ्घर्षका निम्ति तयार पार्नुपर्छ । ‘शान्तिका निम्ति अश्वेत एकता’ ले स्पष्ट भनेको छ, ‘शान्ति द्वन्द्वको अनुपस्थिति होइन । बरु जनताको सङ्घर्ष र आत्मरक्षाबाट प्राप्त हुने उपलब्धि हो । उपनिवेशवाद, साम्राज्यवाद, पितृसत्ता र गोरो छालाको वर्चस्वको विश्वव्यापी दमनलाई पराजित गरेपछि शान्ति प्राप्त हुनेछ । विश्वव्यापी द्वन्द्व, आणविक सशस्त्रीकरण र प्रसार, अन्यायी युद्ध र विध्वंसको जालोबाट मुक्त भएपछि जनताले त्यो शान्ति हासिल गर्नेछन् ।’ हामी जनताको बुद्धिमा खेल्ने विचारको निम्ति लड्दैनौँ । हामी दमनका संरचनाहरूसँग लड्छौँ ।
साम्राज्यवादविरोधी क्रान्तिकारीहरू बुद्धिवादी छन् । हामी शान्तिप्रिय छौँ । हामी पुँजीवाद र विश्व पुँजीवादी तानाशाहीको जनविरोधी र जीवनविरोधी पासोबाट मुक्त मानव परिवार सम्भव छ भनी विश्वास गर्छौँ । तर, पुँजीको तानाशाहीले जनताविरुद्ध युद्धको घोषणा गरिसकेको छ । बुद्धिवादी जनताको नाताले हामीले यसको प्रतिकार गर्नैपर्छ । त्यतिमात्र होइन, हामीले यो राक्षसको मुटुमै प्रहार गर्ने गरी हाम्रो शक्तिलाई रणनीतिकरूपमा अघि बढाउनैपर्छ ।
यो युद्ध हामीले रोजेका होइनौँ, तर हामी यो युद्ध हार्न पनि सक्दैनौँ ।
इतिहासको माग : साम्राज्यवादी युद्धहरूलाई साम्राज्यवादविरोधी युद्धमा फेरौँ
‘अब सबै हिचकिचाहट फालौँ । सङ्घर्षका नौला मोर्चाहरू खोलौँ । साम्राज्यवादविरुद्ध आन्दोलन, जनप्रदर्शन र कारबाहीहरू थालौँ । साम्राज्यवादको गहिरिँदो सङ्कटविरुद्ध मतपेटिकादेखि काँडे तारहरूसम्म सङ्घर्ष गरौँ ।’ (अश्वेत एकता, संरा अमेरिका)
विजयतिर अघि बढौँ,
जनता, पृथ्वी र शान्तिको निम्ति !
सम्पूर्ण सत्ता जनताको हातमा ल्याउनको निम्ति !!
Leave a Reply