यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, १ पुस । मङ्सिर ४ गतेको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीको मादल चिह्नमा मतदान गर्ने मतदाताहरूलाई शुक्रबार झौखेलको थापा टोलमा धन्यवाद कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका सचिव एवं प्रतिनिधिसभा सदस्य प्रेम सुवालले नेमकिपाका सांसदहरूले संसद्मा रासायनिक मलको व्यवस्था, खाद्यान्नमा आत्मनिर्भर, ऊर्जामा आत्मनिर्भर, स्वदेशमा रोजगारी र शिक्षा तथा स्वास्थ्य सेवा निःशुल्क आदि विषयमा जोड दिई आवाज उठाउने बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेजहरूले देशभरिका जनताका छोराछोरीहरूलाई कम शुल्कमा इन्जिनियरिङ, विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा विषय अध्ययन र अध्यापन गराउँदै आएको सचिव सुवालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “ख्वप विश्वविद्यालय विधेयक पारित भए चिकित्सा शिक्षासमेत कम शुल्कमा अध्ययन अध्यापन गराउने हाम्रो तयारी हो । तर, चौध वर्ष भयो सरकारमा गएका पार्टीहरूले ख्वप विश्वविद्यालय पािरत गराएनन् । शिक्षाविरोधी पार्टीहरूलाई जनताले उदाङ्ग्याउनु जरूरी छ ।”
“बा¥ह सय वर्ष पुरानो मूर्ति चोर, भृकुटी मण्डपको जग्गा बहालको भ्रष्टाचारमा मुछिएका र अख्तियारद्वारा ३० करोड रूपियाँ बिगो दाबी गरेका, सिक्टा सिंचाइ आयोजनामा भ्रष्टाचार, चिकित्सा शिक्षामा लाखौँ रूपियाँ बढी शुल्क लगाएका र विद्यार्थीले कालोमोसो दलेका, आचारसंहिता उल्लङ्घन गरी निर्वाचनमा पैसा, सामान बाँडेका, भोजभतेर खुवाएका, बाइकमा तेलसँगै बाइक पनि वितरण गरेका, खुला सिमानाका जिल्लामा भारतीय नम्बर प्लेटका गाडीमा चुनाव प्रचार गरेका पार्टीका सांसद र सरकारहरूले देश र जनताको हितमा काम गर्ने छैनन्”, सांसद सुवालले भन्नुभयो ।
कार्यक्रममा स्थानीय राजेश थापाले पनि नेमकिपालाई मतदान गर्नुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
Leave a Reply