रोबोटले तोड्यो म्याराथनमा मानव कीर्तिमान
- बैशाख ६, २०८३
(जोन बोल्टन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार थिए । त्यसअघि उनले राष्ट्रपति रोनाल्ड रेगन, जर्ज बुश र छोरा बुशको प्रशासनमा विभिन्न उच्च पदमा रहेर काम गरेका थिए । उनी राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत पनि रहिसकेका छन् । सन् १९४८ मा अमेरिकाको बाल्टिमोरमा जन्मेका बोल्टन रिपब्लिकन पार्टीका समर्थक, राजनीतिक विश्लेषक तथा पेशाले वकिल हुन् । उनले केही समय सेनामा पनि बिताएका थिए । विचारका दृष्टिले राजनीतिमा उनी नवरुढीवादी मानिन्छन् ।
यहाँ जोन बोल्टनको पुस्तक ‘द रुम ह्वेर इट ह्यापेन्ड’ बारे सङ्क्षेपमा चर्चा गरिँदै छ । २०१८ अप्रिल ९ देखि २०१९ सेप्टेम्बर १० सम्म उनी ट्रम्प प्रशासनमा थिए । पुस्तक सुरक्षा सल्लाहकार भएर काम गर्दाको उनको सोही १ वर्षे अनुभवमा आधारित छ ।)
ट्रम्प प्रशासनको बिजोग
साउदी अरबका पत्रकार जमाल खशोगीको हत्या इस्तानबुलमा भयो । त्यसमा साउदी अरबका युवराज मुहम्मद बिन सलमानको हात रहेको रिपोर्टहरू आए । तर, ट्रम्प प्रशासनको दृष्टिकोण देखेर संसार चकित भयो ।
२०१८ अक्टोबर ८ मा क्रुश्नरले अमेरिकी प्रतिक्रिया के हुने भनेर बोल्टनलाई सोधे । अमेरिकी सरकारले अमेरिकाका लागि साउदी अरबका राजदूतलाई भएको के हो भनी बुझ्न रियाद पठायो । बोल्टनले पठाएका राजदूत युवराज सल्मान बिन सलमानका कान्छा भाई थिए, त्यसैले पठाएको भनी स्पष्टीकरण दिन्छन् । तर, साउदी अरब कुन हदसम्म अमेरिकी चंगुलमा थियो भनी यो घटनाले देखाउँछ ।
ट्रम्पले साउदी अरबलाई हतियार बेच्न नछोड्ने प्रतिक्रिया जनाए । मिडियामा उनको चर्को आलोचना भयो । आलोचनाले उनलाई झन् साउदीनजिक पु¥यायो । ट्रम्पले अक्टोबर १५ मा विदेशमन्त्री पोम्पेओलाई साउदी पठाउने भए । यस्तैमा साउदीले खशोगी हत्याबारे आफ्नै व्याख्या सार्वजनिक ग¥यो र केही उच्च अधिकारीहरूलाई बर्खास्त ग¥यो । ट्रम्पले सोही व्याख्याको समर्थन गरे र साउदी अरबसँगको सम्बन्धबाट यताउता गरेनन् । उनले हतियारको बिक्री जारी राखे ।
अमेरिकाले साउदी अरबको समर्थनमा वक्तव्य जारी ग¥यो । ट्रम्पले आफ्नो विचार नलुकाई अधिकारीहरूलाई भने, “राजकुमारले हत्या गरेको होस् वा नहोस्, हामी साउदी अरबको पक्षमा छौँ ।” यसरी आफूले अमेरिकाको राष्ट्रिय स्वार्थको रक्षा गरेको ट्रम्पको दाबी थियो । किनभने, केही महिनाअघि पुटिनले बोल्टनलाई भनेका थिए, “अमेरिकाले नबेच्ने भए साउदी अरबलाई हामी हतियार बेच्छौँ ।” ट्रम्पलाई भूराजनीतिसँग सरोकार थिएन, अमेरिकी हतियार उद्योगहरूमा रोजगारी दिनु उनको परम कर्तव्य थियो भनी बोल्टन लेख्छन् ।
एक दिन ट्रम्पले बोल्टनसँग रक्षामन्त्री म्याटिस कस्तो लाग्छ भनी प्रश्न गरे । बोल्टनको उत्तर कूटनीतिक थियो, “आफूले नचाहेको काम नगर्न खप्पिस छन् ।” ट्रम्पले आफ्ना उच्च अधिकारीहरूसँग एकअर्काको बारेमा यस्ता प्रश्नहरू सोधिरहन्थे । कर्मचारी व्यवस्थापन गर्ने उनको आफ्नै शैली थियो । आफ्नो बारेमा पनि अरूलाई यस्तै प्रश्नहरू सोधिन्छ होला भन्ठानेर बोल्टनले म्याटिसबारे नराम्रो बोलेनन् । केली र डनफोर्डले नौसेनामा छँदा म्याटिसकै मातहत काम गरेका थिए । तर ट्रम्पले म्याटिसको खोट झिक्दै केलीलाई भने, “इरानसँगको सन्धि तोडेको म्याटिसलाई मन परेको थिएन, होइन ?” म्याटिस पदच्यूत हुने निश्चित भयो ।
अर्को यस्तै घटना घट्यो । ट्रम्पकी पत्नी अफ्रिका भ्रमण जाँदै थिइन् । यस्तैमा आफ्ना कर्मचारीहरूको भाउँतोमा लागेर उनले उच्च अधिकारी रिकार्डेललाई बर्खास्त गर्ने सुइँको बोल्टनले पाए । यसको केही समयपछि ट्रम्पकी पत्नीले रिकार्डेललाई ह्वाइट हाउसबाट निकाल्ने सन्देश सहितको ट्वीट गरिन् । ट्रम्पले आफ्नी पत्नीका सहयोगीहरू र रिकार्डेललाई बोलाएर घटनाबारे बुझ्न खोजे । रिकार्डेलले कहिल्यै प्रथम महिलालाई भेटेका थिएनन् । त्यसैले ट्रम्पले ट्वीटलाई गल्ती भनेर पत्नीका सहयोगीहरूलाई झपारे । केही दिनपछि रिकार्डेलले राजीनामा दिइन् र पुरानै काममा फर्किन् । उनी निजी कम्पनीमा काम गर्थिन् ।
राष्ट्रसङ्घमा अमेरिकी दूत केलीलाई अर्को निर्वाचनमा उपराष्ट्रपति उठाउने ट्रम्पको सोच थियो । केलीको खुट्टा भुइँमा थिएन । उनी कहिले चीनमाथि थप्ने करबारे कुरा गर्थिन्, कहिले दलाई लामासँग फोटो खिचाउन भारत जाने कुरा गर्थिन् । हेलीले दलाई लामासँग भेटे चीनले के भन्ला भनी सोचेर ट्रम्पले उनलाई भारत जान अनुमति दिएन । तर, विदेशमन्त्री दङ्ग थिए । केलीलाई ट्रम्पले कुन हदसम्म चढाएका रहेछन् भन्ने यो प्रकरणबाट स्पष्ट भयो । यद्यपि ट्रम्प, तन्का र कुश्नरसँगको निजी ठाकठुकपछि अन्ततः हेलीले अक्टोबर ९ मा राजीनामा दिइन् । सो राजीनामा डिसेम्बर ३१ मा कार्यान्वयनमा आयो । हेलीको स्थानमा क्यानडाका लागि अमेरिकाका पूर्वराजदूत केली क्राफ्ट आए । उनी नियुक्त हुनुअघि सो पदका लागि अमेरिकी कर्मचारीतन्त्रमा झन्डै ५ महिना घिनलाग्दो दौडधुप भयो ।
रक्षामन्त्री बाहिरिने निश्चित भएपछि केलीले राजीनामा दिने निश्चित थियो । ट्रम्पका ज्वाइँ क्रुश्नरसँग केलीको खटपट बढ्दै थियो । अर्थमन्त्री मनुचिनसँग पनि उसको सम्बन्ध राम्रो थिएन । २०१८ जुलाईमा मनुचिनले उत्तर कोरियाको अन्तर्राष्ट्रिय वित्तीय लेनदेनमा सहयोग गरेको आरोपमा रुसी बैङ्कमाथि प्रतिबन्ध लगाउने भए । तर यसको खबर उनी प्रेसमा ल्याउन चाहन्नथे । त्यसो गरे रुस र उत्तर कोरियाले प्रतिवाद गर्न सक्थे । खबर बाहिर नल्याए संसदले पनि उनलाई सताउने सम्भावना थियो । केही दिनपछि ट्रम्पले भने खबर बाहिर ल्याउन चाहे । यो देखेर केलीले अर्थमन्त्री मनुचिनलाई जोखिम मोल्न नसक्ने व्यक्ति भने । केलीले मनुचिन खालि देशविदेश घुम्न चाहने, कार्यालयका सबै कर्मचारी नचिन्ने र कुर्सीमा टाँसिरहन चाहने व्यक्ति भने ।

२०१८ नोभेम्बर ११ मा प्रथम विश्वयुद्धको १०० औँ वार्षिकीको अवसरमा पेरिसमा कार्यक्रम थियो । ट्रम्पलगायत संसारका अधिकांश देशका राष्ट्रप्रमुखहरू त्यहाँ पुगेका थिए । ट्रम्प विश्वयुद्धमा मारिएका सैनिकहरूको समाधिमा घुम्ने कार्यक्रम पनि तय भएको थियो । त्यसको तयारीमा गएका बोल्टनलगायत अधिकारीहरूले सो समाधि सुरक्षित नरहेको ठहर गरे । त्यसैले अन्तिम क्षणमा गएर ट्रम्पले समाधि भ्रमण स्थगित गरे । सञ्चारमाध्यमहरूले ट्रम्प त्यो दिन परेको झरीसँग डराएको लेखे । जब कि अन्य देशका राष्ट्रप्रमुखहरू समाधिसम्म पुगेका थिए । तर बोल्टनले अमेरिकी राष्ट्रपति अन्य देशका राष्ट्रप्रमुखभन्दा विशेष भएको तर्क गर्छन् । ट्रम्प आफै भने भ्रमण स्थगित भएकोमा बेखुसी थिए । आफ्नो बदनामी भएपछि उनले केलीलाई दोष दिए ।
कार्यक्रमको अवसरमा फ्रान्सेली राष्ट्रपतिले ट्रम्पसँग असन्तुष्टि पोखे । दुईपक्षीय वार्तामा म्याक्रोँले ‘युरोपेली सेना’ बनाउने जानकारी गराए । अमेरिकालाई सो सेनाबाट बाहिर राखेकोमा बोल्टन युरोपेलीहरूलाई ‘बैगुनी’ भन्छन् । नोभेम्बर ११ को आफ्नो मन्तव्यमा म्याक्रोँले ट्रम्पमाथि लक्षित गरेर कटाक्ष गरे, “देशभक्ति राष्ट्रवादभन्दा धेरै फरक कुरा हो । राष्ट्रवाद देशभक्तिप्रतिको धोका हो । त्यसले ‘हाम्रो स्वार्थ पहिला, अर्काको हामीलाई के चासो ?’ भन्छ ।” पछि सुन्ने मेसिन बिग्रेर आफूले म्याक्रोँको कुरा नसुनेको ट्रम्पले बताए ।
पेरिस घटनामा केलीले ट्रम्पको वचन सुन्नुप¥यो । उनी आफैले पेरिस घटनालाई दुर्घटना भने । उनको विकल्प खोजिन थाल्यो । चुनाव नजिकिँदै गर्दा ट्रम्पले निक आयर्सलाई चिफ अफ स्टाफको रूपमा छनोट गर्ने सम्भावना थियो । जस्तो ठूला बुशका चुनाव व्यवस्थापक जिम बेकरलाई राष्ट्रपति रेगनले चिफ अफ स्टाफ नियुक्त गरेका थिए । चुनावी व्यवस्थापनका लागि पनि निक आयर्सलाई छनोट गर्ने सम्भावना बढी थियो । तर, आयर्स प्रशासनमा आरामले काम गर्न नपाइने आयर्सलाई थाहा थियो । डिसेम्बर १४ मा ट्रम्पले मिक मुलभानीलाई कार्यवाहक चिफ अफ स्टाफ नियुक्त गर्ने ट्वीट गरे । मुलभानी कुश्नर र तन्काको कठपुतली बन्ने निश्चित थियो । यो देखेर बोल्टन र पोम्पेओ दुःखी भए । २०१९ जनवरी २ मा मुलभानीले काम थाले ।
ट्रम्पलाई केलीले यस्तो भनेका थिए रे, “जे गर्नुस्, मेरो पदमा ‘हवस् बहादुर’ लाई नियुक्त नगर्नुहोला । त्यस्तो व्यक्तिले सत्य बोल्नेछैन । त्यसो नगर्नुहोला । त्यसो गरे तपाइँमाथि महाअभियोग लाग्न सक्छ ?” बोल्टनले आफूलाई केलीले यसो भनेको भनेर ट्रम्पलाई बताए । ट्रम्पले भने, “त्यसो भनेको भए, मैले उसलाई ह्वाइट हाउसबाट धपाइहाल्नेथिएँ ।” मुलभानी आएपछि राष्ट्रपति कार्यालयको काम लथालिंग भयो । घरेलु नीति र राजनीतिक रणनीति गञ्जागोल भयो । त्यसपछि युक्रेन सङ्कट सुरु भयो । केलीको अनुमान सही थियो भनी बोल्टन लेख्छन् ।
भेनेजुयलामा एक ‘अवसर’
बोल्टन भेनेजुयलाको माडुरो सरकारलाई अवैधानिक र स्वेच्छाचारी भन्छन् । संरा अमेरिकाले भेनेजुयलामाथि निरन्तर दबाब दिँदै आएको, तर ट्रम्पको कार्यकालमा दबाब अपुग भएको बोल्टनको गुनासो छ । ह्युगो चाभेजका उत्तराधिकारी माडुरोलाई हटाएर विपक्षीहरूलाई सत्तामा ल्याउने अमेरिकी गतिविधिहरूबारे पहिले धेरै कुरा बाहिर जाँदैनथ्यो, तर ट्रम्प प्रशासनले यस्ता सबै सूचना सार्वजनिक गरेको बोल्टनको अर्को गुनासो छ । २०१९ जनवरीमा भेनेजुयलामा माडुरोका विपक्षीहरूलाई अमेरिकाले सहयोग गरेको भए भेनेजुयला ‘स्वतन्त्र’ हुनसक्ने थियो तर ट्रम्पले त्यसमा चासो नदिएको बोल्टनको आरोप छ ।
बोल्टन राष्ट्रिय सुरक्षा परिषद्मा आउँदा उनले भेनेजुयलालाई धेरै महत्व दिएका थिएनन् रे । लगत्तै भेनेजुयलाको घटनाक्रमले उनको ध्यान त्यता गयो । २०१८ अगस्ट ४ मा एक खुला कार्यक्रममा माडुरोमाथि ड्रोन हमला भयो । यसलाई बोल्टन राम्रो सङ्केत मान्छन् र यसरी अथ्र्याउँछन्, “भेनेजुयलाको सेना पूर्णतः माडुरोप्रति बफादार छैन ।” उनी लेख्छन्, “माडुरोको सत्ता स्वेच्छाचारी छ । क्युबा, रुस, चीन र इरानसँग सम्बन्ध राखेकोले अमेरिकाको लागि भेनेजुयला खतरा हो । मस्कोले उसको तेलमा दबदबा कायम गरेको छ र तेलको मूल्य बढाएर अमेरिकालाई सताउँछ । चीन पनि त्यो भन्दा फरक छैन ।”
सन् २०१९ को पहिलो दिन ट्रम्पले भने, “म भेनेजुयलालाई टुलुटुलु हेर्न चाहन्न ।” बोल्टन थप लेख्छन्, “भेनेजुयला भवितव्य हो । अमेरिकी गोलार्धमा बाह्य हस्तक्षेप भएको छ । मुनरो नीतिको समयदेखि हामीले बाह्य हस्तक्षेप अस्वीकार गर्दै आएका छौँ । ओबामाको शासनकालमा मुनरो नीतिलाई जमिनमा गाडिएको थियो । अब हामीले त्यसलाई ब्यूँताउनुपर्छ ।”
अगस्ट १५ मा ट्रम्पले बोल्टनसँग भेनेजुयलामा सेना परिचालन गर्नुपर्ने बताए । यस्तै कुरा उनले एक वर्षअघि २०१७ अगस्ट ११ गते पनि बताएका थिए । उनले भनेका थिए, “भेनेजुयलामा हामीसित धेरै विकल्प छन् । सेना परिचालन पनि हुनसक्छ । हामी संसारभरि छौँ । हाम्रो सेना संसारभरि छ । टाढाटाढा छ । भेनेजुयला त यही नजिकै छ । त्यहाँका जनताले दुःख पाएका छन्, तिनीहरू मर्दै छन् । भेनेजुयलामा हामीसित धेरै विकल्प छन् । आवश्यक परे सेना प्रयोग हुनसक्छ ।”
२०१८ नोभेम्बर १ मा मायामीमा बोल्टनले एउटा भाषण दिए । त्यसमा उनले ल्याटिन अमेरिकाका तीन देश भेनेजुयला, क्युबा र निकारागुआलाई ‘तानाशाहीका तीन अवतार’ भने । उनले ती तीनवटै देशमा एकैचोटि नाकाबन्दी थप्नुपर्ने/लगाउनुपर्ने कुरा राखे । ट्रम्प बेलाबखत भेनेजुयला समस्या समाधान गर्न माडुरोसँग भेट्ने कुरा गरिरहन्थे । तैपनि ट्रम्पलाई त्यो भाषणमा उल्लेख ‘तानाशाहीका तीन अवतार’ शब्दावलीले छोएछ । भाषण ट्रम्पकै भाषण लेख्ने व्यक्तिले लेखेका थिए ।
२०१९ जनवरी ११ मा भेनेजुयलामा रडाको मच्चियो । राजधानी काराकसमा आयोजित कार्यक्रममा ह्वाँ ग्वाइडोले २०१८ को निर्वाचनमा धाँधली भएको आरोप लगाए । उनले निर्वाचित माडुरोलाई अवैधानिक भने र पुनः निर्वाचनको माग गरे । उनले जनवरी २३ मा आफू अन्तरिम राष्ट्रपति बन्ने बताए । विपक्षीहरूले यो घटनालाई भेनेजुयला ‘मुक्त’ गर्ने अन्तिम मौकाको रूपमा लिएको तर अमेरिका सरकारले कुनै सहयोग नगरेको बोल्टनले महसुस गरे । त्यसैले उनले ह्वाँ ग्वाइडोको समर्थनमा वक्तव्य निकाल्ने तयारी गरे । वक्तव्य आफ्नो नाममा निकाल्न ट्रम्पले बोल्टनलाई आदेश दिए ।

बोल्टनले भेनेजुयलाबारे पहिलो ट्वीट गरे । ट्वीटमा उनले माडुरोको ‘तानाशाही’ ले ग्वाइडोलाई पक्राउ गरेकोमा निन्दा गरेका थिए । भेनेजुयलाले बोल्टनलाई सत्ताविद्रोह भड्काउन खोजेको भनी विरोध जनायो । बोल्टनले भेनेजुयला र क्युबालाई एकैचोटि ‘दण्ड’ दिने प्रस्ताव राखे किनभने उनी क्युबालाई निकारागुआको ‘संरक्षक र सम्भवतः नियन्त्रक’ भने । उनले भेनेजुयलालाई ‘राज्यप्रायोजित आतङ्कवाद’ भएको देश घोषणा गर्नुपर्ने र त्यो सूचीमा क्युबालाई पुनः समावेश गर्नुपर्ने प्रस्ताव राखे । राष्ट्रपति ओबामाले क्युबालाई सो सूचीबाट हटाएको थियो ।
राष्ट्रपति माडुरोको कार्यकालमा भेनेजुयलाको तेल उत्पादन (चाभेजको पालामा) ३३ लाख ब्यारेलबाट झरेर ११ लाख ब्यारेल भयो । तेल उत्पादन घटाएर माडुरोले देशलाई गरिबीमा धकेलेको बोल्टन दाबी गरे । यसले माडुरो अलोकप्रिय भएको उनले अनुमान गरे । त्यस्तै भेनेजुयलाले कोलम्बियाबाट भागेका लागूऔषध तस्करहरूलाई लुक्न सघाएको र तिनले कमाएको कालो धन जोगाएको बोल्टन आरोप लगाउँछन् ।
जनवरी १४ मा बोल्टनले आफ्नो विभागको बैठक बोलाए । त्यहाँ उनले भेनेजुयलाविरुद्ध नाकाबन्दी लगाउने प्रस्ताव राखे । तर अर्थमन्त्री मनुचिनले मानेनन् । भेनेजुयलामा क्रियाशील केही अमेरिकी कम्पनीहरू घाटामा जाने तर्क मनुचिनको थियो । त्यसो गरे विश्वमा तेलको मूल्य बढ्ने उनको अर्को तर्क थियो । यो सुनेर बोल्टन रिसाए । उनले मनुचिनले चीनविरुद्ध कडा कदम चाल्ने बेला पनि आनाकानी गरेको सम्झे । मनुचिन केही गर्दा अमेरिकी कम्पनीहरूलाई हानि नपुगोस् भन्ने सोच्थे । उनले विदेशनीतिमा भन्दा अर्थनीतिमा ध्यान दिएकोमा उच्च अधिकारीहरूबीच चर्चा हुने गथ्र्यो ।
यस्तैमा उपराष्ट्रपति पेन्सले ग्वाइडोलाई फोन गरेर अमेरिकाको समर्थन जनाउने प्रस्ताव राखे । फोनवार्ता भयो । प्रशासनमाथि “केही गर्नुपर्ने” दबाब प¥यो । त्यसैले विदेशमन्त्री पोम्पेओले किस्ता–किस्तामा नाकाबन्दी लगाउने कुरामा अर्थमन्त्री मनुचिनलाई मनाए । धेरै पछि भेनेजुयलामा खेल्ने ‘राम्रो मौका’ आएको बोल्टनको बुझाइ थियो, त्यसैले उनी अधकल्चो कदम चाल्न राजी थिएनन् । सन् २००९ मा इरानमा ‘प्रजातान्त्रिक परिवर्तन’ को माग राखेर आन्दोलन भएको तर ओबामा सरकारले त्यसमा सहयोग नगरेर ‘मौका छोप्न चुकेको’ घटना बोल्टनले सम्झे ।
Leave a Reply