“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, ११ पुस । विश्व सर्वहारा वर्गका महान् नेताहरू जेभी स्तालिन र माओ त्सेतुङको जन्म दिवस कार्यक्रम नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा सोमबार भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले स्तालिन साम्राज्यवादविरोधी सङ्घर्षको विश्व नेता हुनुहन्थ्यो भन्नुभयो । स्तालिनकै नेतृत्वमा दोस्रो विश्व युद्धमा साम्राज्यवादीमाथि विजय प्राप्त भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अध्यक्ष माओले साम्राज्यवादीहरूले बाँडीचुँडी खान लागेको चीनलाई मुक्त गर्नुभयो । माओकै देनकै कारण अहिले चीन संसारमा कृषि, विज्ञान, चिकित्सा, उद्योग, अनुसन्धानमा अघि बढेको देशको रूपमा रहेको छ ।”
नेपालका कम्युनिस्ट दाबी गरेका एमाले र माओवादी पुँजीवादी सरकारमा गएर भाइकाङ्ग्रेस भएको सचिव सुवालले बताउनुभयो ।
“बहुदलीय व्यवस्था पुनःस्थापनायता ३३ वर्षमा भारतको संलग्नतामा सरकार गठन–विघटन भइरहेको छ । भारतले शासक दलहरूलाई पालैपालो सरकारमा पठाएर गोटी बनाएको छ । अमेरिकी स्वार्थको लगानी, वर्तमान र भविष्यको अमेरिकी कानुन पालना गर्नुपर्ने, नेपाललाई भारत र अमेरिकाको नवउपनिवेश बनाउने देशघाती एमसीसी सम्झौता शासक दलहरूको बहुमतबाट पारित गरिएको हो”, उहाँले भन्नुभयो ।
“जन्मको आधारमा भारतीयले समेत नेपाली नागरिकता लिएका थिए । जन्मका आधारमा भारतीय नागरिकता पाएकाका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने नागरिकता विधेयकमा उल्लेख भएको हुँदा उक्त विधेयक खारेज गर्नैपर्ने जरूरी छ ।” सचिव सुवालले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले नै जेलेन्सकीलाई राष्ट्रपति बनाई युक्रेनमा रूसविरूद्ध आक्रमण गरेको हो । नेपालमा पनि त्यस्ता पात्रहरू संसद्मा निर्वाचित हुनु र मन्त्री बन्नु खतराको सङ्केत हो ।”
नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा नेक्राकिसङ्घका केन्द्रीय अध्यक्ष डिल्लीप्रसाद काफ्ले, नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष सुरेन्द्रराज गोसाई, नेमकिपा मध्यपुर नगर समितिका अध्यक्ष रमेश वैद्यलगायतले स्तालिन र माओले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।
Leave a Reply