भर्खरै :

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–४

विश्व सर्वहारा वर्गका महान् नेता माओ त्सेतुङको जीवनी–४

उत्तरी धावा वा महान् क्रान्ति
पेचिङको सरकार साम्राज्यवादीहरूको हातको औँलामा नाच्ने पुतली थियो । यसकारण, उत्तरी युद्ध सरदारहरूको गद्दी नपल्टाएसम्म देश स्वतन्त्र हुन सक्दैनथ्यो र जनताले प्रजातन्त्र पाउने कुरै थिएन । यसकारण, कोमिनताङलाई सहयोग गर्ने र त्यसलाई पुनः सङ्गठन गर्न कम्युनिस्ट पार्टीले राजनैतिक प्रस्ताव पास ग¥यो र चिनियाँ कम्युनिस्ट पार्टी र सोभियत सङ्घको मद्दतबाट सन् १९२४ को गर्मीमा राष्ट्रिय क्रान्तिकारी सेनाको तालिमको निम्ति क्यान्टनको नजिकै ह्वाम्पो भन्ने ठाउँमा ‘ह्वाम्पो सैनिक संस्थान’ स्थापना गरियो । राष्ट्रिय क्रान्तिकारी सेनाले क्वाङतुङ प्रान्तको युद्ध सरदार चेन चुङ्ग–मिङबाट नेतृत्व गरिएको क्रान्तिविरोधी गुटको विरोधमा क्यान्टनबाट दुईचोटि धावा बोल्यो । क्यान्टनबाट पूर्वी इलाकामा गरिएको दुवै धावामा हैफङ र लुफङका किसानहरूको ठूलो योगदान थियो । सेना र संस्थान (राजनैतिक) दुवैको सबै गा¥हो गा¥हो काम गर्नमा कम्युनिस्टहरू नै अगाडि थिए । कम्युनिस्टहरूले कोमिनताङसँग मिलेर क्वाङतुङ प्रान्तलाई राष्ट्रिय क्रान्तिको आधार बनाए ।
कम्युनिस्टहरू र कोमिनताङको क्रान्तिकारी सेनाले सन् १९२६ को जुलाई महिनामा उत्तरमा धावा बोल्न सुरू गरे । क्रान्तिकारी सेना एकपछि अर्को सफलता प्राप्त गर्दै अगाडि बढ्यो । जुलाई, सेप्टेम्बर र अक्टोबरमा क्रमशः चाङशा, हाङकाउ र उहान कब्जा ग¥यो । उहानमा एक संयुक्त क्रान्तिकारी सरकार कायम गरियो । नोभेम्बर १९२६ मा नानचाङ कब्जा गरियो । तर, च्याङ काई शेकले हतरपतर नानचाङ आफ्नो केन्द्र बनायो । प्रतिकृयावादी र साम्राज्यवादीहरूसँग मिलेर उसले क्रान्तिको केन्द्र उहानको विरोधमा जालझेल रच्न थाल्यो । सबै सामन्ती शक्तिहरू धुजाधुजा हुन थाल्यो । चीनमा देशव्यापीरूपले साम्राज्यवादी र सामन्तवादविरोधी क्रान्तिकारी लहर फैलियो ।
प्रचार, सङ्गठन, जनशक्ति, रसद, गुप्त खबरहरूको आदान–प्रदान र समस्याहरू सुल्झाउने उपायहरू सबै कम्युनिस्टहरूले नै गरे, मुख्य मुख्य र गा¥हो गा¥हो ठाउँमा लड्न कम्युनिस्टहरू नै अगाडि बढे । कम्युनिस्टहरूकै मिहिनेतले दक्षिणको मोती (पर्ल) नदीदेखि उत्तरको याङसी नदीसम्मका शत्रुहरूलाई हराउन सम्भव भयो र ६ महिनाभित्रै उत्तरको हुनान प्रान्तमा क्रान्तिकारी सेना भित्रिन सम्भव बनायो । युगौँदेखि दलित, पीडित चिनियाँ जनता जुरमुरिएर उठे ।
हुनान किसान आन्दोलन
सन् १९२६ जनवरीदेखि सेप्टेम्बरसम्ममा उत्तरी अभियानको सेनालाई किसानहरूले बाटो देखाउने, दूतको काम गर्ने र सामान ओसारिदिने गरेका थिए । अभियानका अफिसर र सिपाहीहरू किसानहरू र किसान सङ्गठनदेखि साहै खुसी भएका थिए । क्यान्टनको ‘किसान कार्यकर्ताहरूको तालिम केन्द्र’ बाट तालिम पाएका किसान कार्यकर्ताहरूले जनवरी १९२६ देखि हुनानमा गुप्तरूपले सङ्गठनहरू गर्न थाले र जुलाईदेखि सेप्टेम्बरसम्म खुला गतिविधि गर्न थाले । जनवरीदेखि जूनसम्म किसान सङ्गठनको सदस्य सङ्ख्या ३–४ लाख पुग्यो र जुलाईदेखि सेप्टेम्बरसम्ममा त्यो सङ्ख्या १० लाख पुग्यो जसले १ करोड जनतालाई नेतृत्व दिन सक्थ्यो । अक्टोबर महिनादेखि किसानहरूले क्रान्तिकारी सङ्घर्षलाई सुरू गरिदिए । सङ्गठित किसानहरूले स्थानीय अत्याचारीहरू, खराब खान्दानी (काजी र बाबुसाहेबहरू) र ऐन–कानुन मिचेर जनतालाई थिचोमिचो गर्ने जमिनदारहरूमाथि धावा बोल्न थाले । पुरानो सामन्ती वा पितृप्रधान पुराना विचार र संस्थाहरूलाई तिनीहरूले खण्डन र प्रहारहरू गरे, सहरका भ्रष्टाचारी हाकिमहरूलाई हान्न थाले र गाउँका पुराना नराम्रो रीति–रिवाज र खराब चालचलनलाई मिति पु¥याइदिए । किसानहरूको त्यो शक्ति र प्रहार यस्तो चर्को थियो कि हजारौँ वर्षदेखि गाउँमा चलाइआएको सामन्ती जमिनदारहरूको हैकम धुजाधुजा भयो । किसानहरूले स्थानीय अन्यायी, अत्याचारी, शोषक र जालीफटाहाहरूलाई समातेर बाँध्थे, लामा–लामा कागजको टोपी लगाएर गाउँ र सहर घुमाउँथे, जुलुस गर्थे, अत्याचारी र शोषकहरूको घरघरमा गएर पालेका वस्तु काटेर भोज गर्थे । अति अत्याचारीहरूलाई त फाँसी दिने र गोली हान्ने सजायसमेत गर्थे । कुत कम गर्ने, ब्याजको दर कम गर्ने र मोहियानी हक खोस्न नपाइने नियम बनाइदिए । ‘साम्राज्यवाद मुर्दावाद ¤’ किसानहरूको प्रिय नारा बन्यो ।
लाखौँ जवान किसानहरूले भालादल तयार गरे, भ्रष्टाचार निर्मूल गरे । ठूलठूला शोषक र अत्याचारीहरू घर छोडेर भागे । त्यस किसान आन्दोलनले पुराना हुकुमलाई चकनाचुर पारेको मात्रै होइन, जुवा खेल्ने, अफिम खाने, चोरी, डकैतीजस्ता सामाजिक रोगहरूलाई पनि निर्मूल पा¥यो । सडक, बाटोघाटो, पुल पुलेसा, तलाउ, बाँध आदि सार्वजनिक सम्पत्तिको मर्मत र निर्माण पनि ग¥यो । आइमाईहरूले पनि सामन्ती बन्धनबाट मुक्ति पाउन थाले । लोग्ने र स्वास्नीको झगडासमेत किसान सङ्गठनमा पुग्यो । किसान सङ्गठन नै गाउँको अधिकारी बन्यो ।
कोमिनताङको किसान विभागमा सुरूदेखि नै कम्युनिस्टहरूको बहुमत थियो । मई र अक्टोबरतिर बनेको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको किसान विभागमा माओ पहिलो प्रमुख हुनुहुन्थ्यो । यसकारण, हुनानका किसान र मजदुर सङ्घहरूको सम्मेलनले आन्दोलनलाई आवश्यक निर्देशन पाउन माओलाई निमन्त्रणा ग¥यो ।
१ डिसेम्बर १९२६ को दिन क्रान्तिको अनुभवलाई लेखाजोखा गर्न र क्रान्तिलाई अझ अगाडि लैजान हुनानका किसान सङ्गठन र मजदुर सङ्घहरूले पहिलो अञ्चल सम्मेलन गर्यो । सम्मेलनको निमन्त्रणा पाएर माओ चाङशा पुग्नुभयो । त्यस सम्मेलनको भाषणमा उहाँले चिनियाँ क्रान्तिको मुख्य समस्या किसान समस्या हो भन्दै मजदुर किसानको क्रान्तिकारी एकतामा जोड दिनुभयो । सम्मेलनले भ्रष्टाचारी अधिकारी र खराब खान्दानीहरूको हुकुमलाई उल्टाएर प्रजातान्त्रिक राजनैतिक हुकुम कायम गर्ने घोषणा ग¥यो ।
हुनानको किसान आन्दोलनले कोमिनताङ त¥यो ठूलठूला अफिसर र कमान्डरहरूले आन्दोलनलाई दबाउन माग गरे । किसान सङ्गठनलाई ‘आवारा’ वा ‘हुल्याहाहरूको सङ्गठन’ र आन्दोलनलाई ‘उपद्रव’ वा ‘गोलमाल’ भनेर विरोध गरे । पार्टीका दक्षिणपन्थी र प्रतिकृयावादीहरूले पनि ‘सत्यानाश भयो’, ‘अति ग¥यो’, ‘हुल्याहाहरूको उपद्रव’ समेत भनेर विरोध गरे । यसकारण, माओ त्सेतुङ अनसन्धानको लागि हुनान खटिनुभयो । ४ जनवरी १९२७ देखि ५ फेब्रुअरीसम्म जम्मा ३२ दिन उहाँ गाउँ गाउँमा जानुभयो, सबैसँग छलफल र सोधपुछ गर्नुभयो । त्यहाँबाट फर्केर उहाँले त्यसको रिपोर्ट पार्टीमा पेश गर्नुभयो ।

किसान आन्दोलनको जाँचबुझको रिपोर्ट
त्यस रिपोर्टमा माओले किसान आन्दोलनलाई पूरा समर्थन गर्नुभयो र आलोचना गर्नेहरूलाई विरोध र चेतावनी दिनुभयो । उहाँले रिपोर्टमा भन्नुभयो कि किसान आन्दोलन भएदेखि संसार एकदमै फेरिएको छ, त्यसले गाउँमा एक ठूलो क्रान्ति ल्याएको छ । ‘अति भयो’ भन्ने कुराको उत्तरमा माओले भन्नुभयो कि “गाउँको क्रान्ति यस्तो क्रान्ति हो जसबाट किसान वर्गले सामन्ती जमिनदार वर्गको हुकुमलाई पल्टायो । यदि किसानले यसमा आफ्नो भएभरको बल लगाउँदैन भने हजारौँ वर्षदेखि जमिनदारहरूले चलाइआएको हुकुमलाई पल्टाउन सक्दैनन् । त्यो एकदम राम्रो छ, त्यो ‘डरलाग्दो’ छैन भलादमी भनाउँदाहरूको सारा हुकुम पल्टाइदेऊन्, तिनीहरूलाई लात्तीले हिर्काएर पछारिदेऊन् र खुट्टाले कुल्चिदेऊन् । केही दिन गाउँमा यस्तो कारबाही मच्चाइएन भने गाउँमा क्रान्ति विरोधीहरूको गतिविधि रोक्न सकिँदैन र भलादमी भनाउँदाहरूको हुकुमलाई पल्टाउन सकिँदैन ।”
‘हुल्याहाहरूको गडबडी’ भनिएको विषयमा माओले रिपोर्टमा भन्नुभयो कि तिनीहरू क्रान्तिको मोहडामा बस्ने पल्टन हो । गरिब किसानहरूको नेतृत्व एकदम आवश्यक छ । गरिब किसानहरूविना क्रान्ति हुन सक्दैन । त्यसको महत्वलाई नमान्नुको मतलब क्रान्तिलाई नमान्नु हो । त्यसैले तिनीहरूलाई हमला गर्नु क्रान्तिलाई हमला गर्नु हो ।
किसान आन्दोलनलाई आलोचना गर्ने पार्टीका दक्षिणपन्थीहरूलाई बताउनुभयो कि केही दिनभित्र दसौँ करोड किसानहरू एक आँधीबेहरीजस्तै उठ्नेछन् । यो चर्को र बलियो हुनेछ कि जतिसुकै ठूलो शक्तिले पनि यसलाई दबाउन सक्नेछैन । किसानहरूले आफूलाई बाँधिराखेका सबै सिक्रीहरूलाई चुँडाल्नेछन् र मुक्तिको बाटोमा छिट्टै अगाडि बढ्नेछन् । यसको शक्ति र वेग आँधीबेहरीको जस्तै हुनेछ, जो यसको अगाडि झुक्नेछन्, तिनीहरू बच्नेछन् र जसले विरोध गर्नेछन् तिनीहरू ढल्नेछन् ।
माओले त्यस किसान आन्दोलनलाई भएभरको शक्तिले समर्थन गर्नुभयो । यहाँसम्म भन्नुभयो कि “डा. सन यात सेनले ४० वर्ष राष्ट्रिय क्रान्तिको सेवा गरेर पूरा गर्न नसकेको काम किसानहरूले केही महिनाभित्रै गरिदिएका छन् ।” चार महिनाभित्र तिनीहरूले गाउँको इलाकामा कहिल्यै नभएको जस्तो एक महान् क्रान्ति गरिदिएका छन् ।

क्रान्तिको विरोध
सन् १९२७ वसन्तको सुरूमा उहानमा किसानहरूको प्रान्तीय समितिहरूको बैठक बस्यो । बैठकमा माओले जग्गालाई पुनः वितरण (खेत किसानहरूलाई बाँडिदिने) प्रस्ताव राख्नुभयो । पेङ्ग पाई र फाङ चि मिन्हले त्यस प्रस्तावलाई समर्थन गरे । बैठकले त्यसलाई पार्टी महाधिवेशनमा पेश गर्ने सिफारिस गर्यो । बैठकमा एडल्फ जोल्फ र भालेन दुई रूसी कम्युनिस्टहरू पनि थिए
चिनियाँ जनता उठ्न लागेको देखेर साम्राज्यवादीहरू थरथर काँप्न थाले र तिनीहरू च्याङ काई शेक र अरू प्रतिक्रियावादी गुटसँग भित्रभित्रै नयाँ–नयाँ जनविरोधी सम्झौताहरू गर्दै थिए । सन् १९२७, ११ फेब्रुअरीको दिन च्याङ काई शेकले एक गुप्त सभामा कम्युनिस्टहरूलाई आलोचना ग¥यो । ११ मार्चको दिन सभामा क्रान्तिकारीहरूको कब्जामा रहेको नानचाङको नगरपालिकाको क्रान्तिकारी सङ्गठनलाई भङ्ग गर्ने आदेश दियो । त्यसबेला चाउ एन–लाइ साङ्घाईमा आन्दोलन गर्न खटिनुभएको थियो । उहाँले त्यहाँ ५ हजार मजदुरहरूको ६ बटालियन सेना सङ्गठन गर्नुभयो । २१ मार्चको दिन साङ्घाईमा ‘जनताको सरकार’ कायम गर्नुभयो तथा २४ मार्चको दिन नानकिङ कब्जा गर्नुभयो ।
२७ मार्चको दिन च्याङ काई शेकले गुण्डा दलहरू पठाएर नानचाङको नगरपालिकाको क्रान्तिकारी सङ्गठनमाथि हुलदङ्गा गर्न दियो ।
६ अप्रिल १९२७ दिन च्याङ काई शेक र वाङ चिङ वईले कम्युनिस्ट पार्टीमाथि हमला गर्न एक सम्झौता गरे । बेलायत, जापान र संरा अमेरिकी साम्राज्यवादले चीनको क्रान्तिमा हस्तक्षेप गर्न आ–आफ्ना पल्टनहरू पठाउन थाले । बेलायतको दोस्रो जहाजी बेडा (पानी पल्टन) को २७ वटा तोपे डुङ्गाहरू र पानीभित्र हिँड्ने (पनडुब्बी) र जहाजलाई हान्ने जहाज र डुङ्गाहरू साङ्घाईलाई नाघेर पश्चिमतिर हिँड्न थाल्यो र नानकिङमा गोलाबारी ग¥यो । बेलायती साम्राज्यवादको त्यस आक्रमणको विरोधमा चुङकिङका मजदुर, किसान, साहु महाजन, विद्यार्थी, सिपाहीहरू मिलेर बेलायत विरोधी एक मोर्चा बनाए र त्यहाँ एक ठूलो विरोध प्रदर्शन ग¥यो । च्याङ काई शेकले ती प्रदर्शनकारीहरूलाई गोली हान्न चुङकिङको युद्ध सरदारलाई गुप्तरूपले आदेश दियो । युद्ध सरदारले प्रदर्शनमाथि गोली हानेर प्रदर्शनकारी जनताको हत्या ग¥यो ।
१२ अप्रिलको दिन च्याङ काई शेकले साङ्घाईमा अचानक हमला गरेर ५ हजार मजदुर र विद्यार्थीको हत्या ग¥यो । च्याङ काई शेकको त्यो हत्याकाण्डले चिनियाँ क्रान्तिमा एक गम्भीर परिस्थिति सिर्जना ग¥यो । त्यस हत्याकाण्डको विरोधमा कम्युनिस्टहरूले देशका विभिन्न ठाउँहरूमा विद्रोहहरू गरेर क्रान्तिकारी सरकारहरू गठन गर्न थाले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *