भर्खरै :

महामारी प्रतिरोधको लागि चीनको नीतिमा सुधार

महामारी प्रतिरोधको लागि चीनको नीतिमा सुधार

चीन सरकारले डिसेम्बर २६ मा बेलुका विज्ञप्ति जारी गर्दै ‘नयाँ खालको कोरोना भाइरस निमोनिया’ नामलाई ‘नयाँ खालको कोरोना भाइरस सङ्क्रमण’मा परिणत गरेको छ । चीनले सन् २०२३ को जनवरी ८ देखि ‘जन गणतन्त्र चीनको सरुवा रोगको प्रतिरोधसम्बन्धी ऐन’ बमोजिम नयाँ खालको कोरोना भाइरस सङ्क्रमणको व्यवस्थापनलाई ‘ख’ वर्गमा राख्दै ‘ख’ खालकै व्यवस्थापन’ मा मिलाएको छ ।
यो महामारीको प्रतिरोधको लागि चीनको नीतिमा भएको सुधार हो । चीनले भाइरसको परिवर्तन, महामारीको स्थिति तथा महामारीको प्रतिरोधसम्बन्धी अनुभवको मूल्याङ्कन गर्ने आधारमा वास्तविकताबमोजिम गरेको गतिविधि हो ।
कोरोना महामारी देखा परेको प्रारम्भिक अवधिमा चीनले सम्बन्धित ऐनबमोजिम यसलाई ‘ख’ खालको सरुवा रोगको परिधिमा राखेर ‘क’ खालको सरुवा रोगको प्रतिरोध र नियन्त्रण गर्ने कदम चालेको थियो । त्यसको उद्देश्य कडा कदममार्फत सबैभन्दा ठूलो हदमा महामारीको फैलावटको नियन्त्रण गर्न सकिने थियो । विगत तीन वर्षयता चीनमा महामारीको फैलावट र मृत्यु भएको सङ्ख्या विश्वको न्यूनतम स्तरमा कायम छ ।
हाल विश्वको चिकित्सा क्षेत्रले ओमिक्रोन भाइरस कमजोर भएको ठहर गर्छ । चीनले चालेको नयाँ कदम वर्तमान स्थितिसँग अनुकूल रहेको छ, जसले सबै कुरा वास्तविकताबमोजिम वैज्ञानिक तरिकाको उपयोग गर्ने विशेषता अभिव्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *