साम्राज्यवादका प्रमुख हतियारहरू
- कार्तिक १६, २०८३
मकवानपुर, १४ पुस (रासस) । बाग्मती प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले प्रदेशसभाका नवनिर्वाचित एक सय नौ प्रदेशसभा सदस्यलाई आज पद तथा गोपनीयताको शपथ गराउनुभएको छ ।
हेटौँडास्थित बाग्मती प्रदेशसभामा १२ जना सदस्यले नेवारी र तीन जना सदस्यले तामाङ भाषामा शपथग्रहण गर्नुभएको छ । ज्येष्ठ सदस्य रामप्रसाद ढुङ्गानाले बाग्मती प्रदेश प्रमुख यादचन्द्र शर्मासमक्ष हिजो शपथ लिनुभएको थियो ।
बाग्मती प्रदेशसभामा नेपाली काङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, नेकपा (एकीकृत समाजवादी), नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी एक सय १० जना सदस्य हुनुहुन्छ ।
Leave a Reply