भारतका विपक्षी दलद्वारा प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै विशाल प्रदर्शन
- कार्तिक १६, २०८३
शरद्को किसान विद्रोह
८ सेप्टेम्बरको दिन थियो, आनयान, तुङकु, लियुयाङ र पिङक्याङमा विद्रोह सुरु भयो । लिलिङमा क्रान्तिकारी र शत्रुको बिचमा गोली हानाहान भयो । च्याङ काई शेकको प्रतिकृयावादी केन्द्रहरू र खराब खानदानीहरूको घरघरमा आक्रमण गरियो । सशस्त्र किसान रक्षा दलहरूले स्थानीय अत्याचारीहरूमाथि धावा बोले र जग्गालाई किसानहरूले आफ्नो कब्जामा लिए । पूर्वी हुनानमा सारा किसानहरू उठे ।
मजदुर–किसान क्रान्तिकारी सेनाको तेस्रो रेजिमेन्ट माओकै मातहतमा थियो । उहाँकै देखरेख र अगुवाइमा क्रान्तिकारी सेनाले तुङकुलाई कब्जा ग¥यो । तेस्रो रेजिमेन्टले ल्युयान अञ्चलको तुङमिनसिन पनि कब्जा गर्यो । त्यहाँ सिपाहीहरूले तीनवटा ठूलठूला जनसभाहरू राखी जनतालाई कृषि क्रान्तिबारे सम्झाए । तुङमिनसिनका जनताले क्रान्तिलाई समर्थन गरे । मजदुर किसानको क्रान्तिकारी पल्टनसँग एक भएर जनताले त्यहाँको जेलमा धावा बोले, स्थानीय निरङ्कुश अत्याचारीहरूलाई उचित सजाय दिएर भ्रष्टाचारी अधिकारीहरूको जागिर खोसे । हजारौँ हजार भूदास उठेर क्रान्तिमा सम्मिलित भए ।
९ सेप्टेम्बरको दिन रेल बाटाका मजदुर र किसानहरूले योहयाङ र वाङशा चिहको बिचको र चाङशा र चुन्कोको बिचको रेलको बाटोको एक भागलाई ध्वस्त पारेर शत्रुको सञ्चार र आवतजावतलाई काटिदिए ।
८–९ सेप्टेम्बरको बाली काट्ने विद्रोहले प्रतिकृयावादीहरू आत्तिए र कोमिनताङको बलियो सेना हुनानमा ओइरियो । हातहतियार, सङ्ख्या र तालिमको हिसाबले शत्रु सेना बलियो थियो । सङ्घर्षमा क्रान्तिकारी सेनाको हार भयो र कब्जा गरेको ठाउँबाट एक एक पाइला गर्दै पछाडि हट्यो ।
शत्रुको शक्तिको तुलनामा आफ्नो शक्ति सानो भएको र लडाइँको अनुभवको कमीले क्रान्तिकारी सेनाले पछि हट्नुपर्यो । तर, त्यस वर्गसङ्घर्षले हजारौँ हजार मजदुर किसानहरूलाई उठाइदियो ।

वेनचिया शिहमा बैठक
हारलाई विजयमा फेर्न भएको शक्तिलाई सुरक्षित गर्नु आवश्यक थियो । यसकारण, माओले क्रान्तिकारी सेनालाई हुनान प्रान्तको दक्षिणपूर्वको ल्युयाङ अञ्चलको वेनचिया शिहमा जाने निर्देशन दिनुभयो । १० वर्षअगाडि माओ सामाजिक जाँचबुझ गर्न त्यहाँ जानुभएको थियो । त्यसैबेला उहाँले स्थानीय किसानहरूसँग जमिन जोत्नेलाई दिने विषयमा छलफल गर्नुभएको थियो ।
१९ सेप्टेम्बरको दिन क्रान्तिकारी पल्टन वेनचियान शिहमा पुग्यो । क्रान्तिकारी पल्टनसँग त्यहाँका जनता उठे, स्थानीय जेल फोरेर सबै निरपराध किसान र राजनैतिक बन्दीहरूलाई मुक्त गरे । जनतासँग चुसेर थुपारेको ‘धर्म भकारी’ लाई निरङ्कुश खानदानी र अत्याचारीहरूको हातबाट खोसेर जनताले आपसमा बाँड्न थाले । पेङ पो–ताङ भन्ने व्यक्ति त्यस ठाउँको ठूलो अत्याचारी चुसाहा थियो । जनतालाई चुसी थुपारेको सुन–चाँदी र धन सम्पत्तिका सन्दुकहरू क्रान्तिकारीहरूले फोरेर जनतालाई बाँडिदिए ।
फोरिएको जेल र आगोले खरानी भएको जमिनदारको दरबार हेरेर जनता सा¥है खुसी भए । त्यसबेला माओ त्यस सहरको लि चेन भन्ने स्कूलमा बस्नुभएको थियो । मध्यरातसम्म स्कूलमा बत्ती बलिरहेको थियो । जनता बडो उत्साह र खुसीले माओलाई हेर्न उज्यालोतिर हेरिरहे । सेनालाई अब कता लाने भन्नेबारे छलफल गर्न १३ सेप्टेम्बरको राति उहाँले डिभिजन कमान्डरहरू भएको युद्ध समितिको एक बैठक बोलाउनुभयो ।
स्थितिलाई प्रस्ट पार्दै उहाँले भन्नुभयो, “शत्रु ठूलो र बलियो छ, जब कि हामी साना र निर्बलिया छौँ । क्रान्ति झर्दो अवस्थामा छ । शत्रुले आफ्ना मुख्य–मुख्य सेनालाई ठूल्ठूला सहरहरूमा राखेका छन् । यसबेला हामीले सहर कब्जा गर्न सम्भव हुँदैन । यसकारण, हामीले हाम्रो क्रान्तिकारी कामको केन्द्रलाई सहरबाट गाउँतिर लैजानुपर्छ, जहाँ शत्रु निर्बलियो छ, त्यहाँ हामीले गम्भीररूपमा कृषि क्रान्तिलाई अगाडि बढाउनुपर्छ, चलाउनुपर्छ, किसान जनतामाझ काम गर्नुपर्छ, सशस्त्र सङ्घर्ष चालू राख्नुपर्छ, क्रान्तिकारी सेनाहरूलाई सुरक्षित र विकास गर्नुपर्छ र आधार इलाका स्थापना गर्नुपर्छ ।”
स्कूलको खेल्ने चौरमा क्रान्तिकारी सिपाहीहरू र वेनचिया शिह सहरका जनता खचाखच भरिएका थिए । त्यस जनसभामा सारा सहभागीहरू सा¥है उत्साहित भएर पर्खिरहेका थिए । त्यसैबेला माओ मुसुमुसु हाँसेर ठूलठूलो पाइला हाल्दै मञ्चतिर जानुभयो । सारा जनता उठेर हर्ष प्रकट गरे । जनता आपसमा कानेखुसी गर्न लागे– ‘ऊ, आउनुभयो, समितिका सदस्यमात्र आउनुभयो ।’ माओले एक साधारण भोटो, नीली रङ्गको लुगा र सुरुवाल लगाउनुभएको थियो† नाङ्गो गोडामा फित्ता भएको चप्पल लगाउनुभएको थियो ।
माओ सेनातिर अगाडि बढ्नुभयो र बस्ने इसारा गर्नुभयो । अनि प्रस्ट शब्दमा बोल्न थाल्नुभयो, “हामीहरू मजदुर र किसानहरूका क्रान्तिकारी पल्टन हौँ । हामीहरू मजदुर–किसानहरूको सशस्त्र शक्ति हौँ र हामीहरू मजदुर र किसानहरूको निम्ति लड्छौँ …. । यदि प्रतिकृयावादीसँग लड्नु छ भने हामीसँग पनि बन्दुक हुनुपर्छ । बितेका दिनहरूमा हामीहरू हा¥यौँ किनभने त्यसबेला हामीहरूको हातमा बन्दुक थिएन । हामीसँग क्रान्तिकारी पल्टनको शक्ति भएसम्म हामीले हरेक कुरा गर्न सक्छौँ ।”
हामीहरू एक्ला छैनौँ, हाम्रो क्रान्तिकारी उद्देश्यलाई हुनान, हुपेह, कियाङसी, स्क्वाङतुङका लाखाँै लाख जनताले समर्थन गरेका छन् । यसकारण, हामीसँग ठूलो शक्ति छ । हामीहरू साना ढुङ्गाजस्तै हौँ । तैपनि, यो सानो ढुङ्गाले एक दिन च्याङ काई शेकको ‘पानीको ठूलो घैँटो’ लाई फुटाल्नेछ, अन्तिम विजय हाम्रो पक्षमा छ ।’
सा¥है बुझ्ने भाषामा उहाँले बोल्नुभएको थियो । उहाँको भाषणले सारा सहभागीहरूको हृदयमा एक नयाँ जोश र विश्वास थपिदियो । सभाको अन्तमा माओले घोषणा गर्नुभयो – ‘गाउँले क्रान्तिकारी आधार इलाका निर्माण गर्न, गाउँहरूले सहरहरूलाई घेरा दिन र अन्तमा राष्ट्रव्यापी जीत हासिल गर्न क्रान्तिकारी सेना चिङकाङ पहाडमा जानेछ । अहिले चाङशाजस्तो ठूलो सहरमा हामी धेरै दिन बस्न सक्दैनौँ । बलियो पाइला हाल, हामी शक्ति निर्माण गर्न र शत्रुसँग लडाइँ सुरु गर्न हामीले यस्तो ठाउँ हेर्नुपर्छ, जहाँ शत्रु कमजोर छ ।’ अनि उहाँले चिङकाङ पहाडको जग्गा, राजनैतिक, आर्थिक सैनिक आदि स्थितिको बयान गर्नुभयो र चौतर्फी दृष्टिकोणबाट त्यहाँ एउटा आधार इलाका स्थापना गर्न अनुकूल छ भन्ने कुरो बताउनुभयो ।
क्रान्तिकारी पल्टन चिङकाङ पहाडतिर
बिगुल बज्यो, २२ सेप्टेम्बरको दिन क्रान्तिकारी सेनाले वेनचिया शिह छोड्यो र चिङकाङ पहाडतिर प्रस्थान ग¥यो । क्रान्तिकारी सेनाले बाटोमा एक जिल्लाको सदरमुकाम कब्जा गर्यो र जेलको ढोकालाई फोरेर थुनिएका कम्युनिस्ट पार्टीका सबै सदस्यहरू र अरू क्रान्तिकारीहरूलाई मुक्त ग¥यो । सेनाले जिल्ला सरकारको अन्नको गोदाम फो¥यो र सारा जनतालाई अन्न बाँड्यो ।
ल्यू यान अञ्चलको शाङपिङका जनता मजदुर किसानहरूको क्रान्तिकारी पल्टन आइरहेको खबर सुनेर खुसी भए । आफू भोकै बसेर पनि क्रान्तिकारी पल्टनको निम्ति भात पकाउँदै जम्मा गर्न थाले । भातका कचौराहरू हातहातमा लिएर जनता बाटो बाटोमा पर्खेर बसे । भोक र प्यास सहेर पल्टन आइपुग्नासाथै जनताले तिनीहरूको हातहातमा खाना दिन थाले । पल्टनले शाङपिङमा बास बस्न पाल कस्यो । स्थानीय किसान रक्षा दलका सदस्यहरू भाला लिएर ठाउँठाउँमा पहरा दिन र रमण घुम्न पहाडहरूमा गए ।
Leave a Reply