नेपाल–भारत सम्बन्धमा देखापरेका गलत समझदारी र सही समाधानका उपायहरू – ५
- कार्तिक १६, २०८३
साइबेरियाका खानीमा मान र धैर्यको खाँचो छ अपार
व्यर्थ जाने छैन दुःखद सङ्घर्ष र तिम्रो उदात्त विचार
यी पङ्क्तिहरू कवि पुश्किनले साइबेरियाको नेरचिन्स्कमा निर्वासित गरिएका र खानीमा काम गर्न बाध्य पारिएका डिसेम्बरवादीहरूलाई लक्षित गरी लेखेका थिए । यसको उत्तरमा डिसेम्बरवादी कवि ओदोएम्स्कीले लेखे–
व्यर्थ हुने छैन अथक सङ्घर्ष हाम्रो
फिलिङ्गोबाट दनदनी दन्किनेछ आगो
भ्लादीमिर इल्यीचले पत्रिकाको नाम ‘इस्क्रा’ (फिलिङ्गो) नै राख्ने निर्णय गरे ।
शुशेन्स्कोयमा छँदै उनले यसको सम्पूर्ण योजना तयार पारेका थिए । अब त्यसलाई कार्यरूप दिनु थियो । साइबेरियाबाट फर्केपछि भ्लादीमिर इल्यीच पिस्कोभमा बस्न थाले एक्लै । क्रुप्स्कायाको निर्वासन अवधि अझै सकिएको थिएन । त्यसैले बाँकी समय उनलाई उफामै रोकिनुप¥यो । भ्लादीमिर इल्यीचलाई पिस्कोममा बस्ने अनुमति दिइयो । त्यहाँ उनले ‘इस्क्रा’ निकाल्ने तयारी सुरू गरे । उनी विभिन्न सहरको यात्रा गर्थे । ‘इस्क्रा’ मा काम गर्न साथीहरू खोज्थे । पत्रिकामा लेख लेख्ने लेखकहरू खोज्नु थियो । फेरि पत्रिकालाई गुप्तरूपमा वितरण गर्ने मानिसहरू पनि खोज्नुपथ्र्याे । इस्क्रालाई अरूलाई जस्तो पसल वा स्टलमा बेच्न सकिन्नथ्यो । कसैले यस्तो गरेमा ऊ तुरून्तै जेलमा पर्न सक्थ्यो । पत्रिका निकाल्न पैसाको खाँचो पनि पर्छ । निकै दौडधुप गरेर भ्लादीमिर इल्यीचले इस्क्राको तयारी पूरा गरेरै छाडे, तर एउटा प्रश्न बाँकी थियो । पत्रिका कहाँ छाप्ने ? रूसमा बसेर कोही किन जारको विरोधमा, जमिनदार र उद्योगपतिको विरोधमा, पुलिस अफिसरहरूको विरोधमा पत्रिका छाप्न तयार हुन्थ्यो र ? भ्लादीमिर इल्यीचले यस विषयमा पनि खुब सोच्नुप¥यो । उनले साथीहरूसँग पनि परामर्श गरे । अन्तमा, त्यसलाई विदेशमा छाप्ने तय भयो । विदेशमा पनि यस्तो पत्रिका गुप्तरूपले मात्र निकाल्न सकिन्थ्यो । तर, त्यहाँ रूसी पुलिसका सुराकीहरू त्यतिविधि हुँदैनथे ।
भ्लादीमिर इल्यीचले जसोतसो डाक्टरी प्रमाणपत्रको बन्दोबस्त गरे अनि उपचारको बहाना पारी विदेशतिर हानिए । जानुभन्दा पहिले उनले क्रुप्सकायासँग भेट गरे । क्रुप्सकायाको निर्वासन नौ महिनापछि सकिंदै थियो । अब उनी देशबाट टाढा जाँदै थिए । लामो समयका लागि ? हामीलाई थाहा छ, त्यो विदेशगमन लामै समयको लागि हुन गयो ।
साँघुरा सडक, चुच्चे छतसितका घर । प्रोटेस्टेन्ट गिर्जाघरहरूको जर्मन सहर लाइप्जिगमा थुप्रै कलकारखाना, धेरै छापाखाना र हरेक किसिमका किताब पसलहरू थिए । त्यहाँ झन्डै पैँतीस वर्षका गेर्मन राउ नाउँका एक जर्मन बस्थे । सहर बाहिरको सानो गाउँमा उनको छापाखाना थियो । त्यहाँ मेसिनको नाममा एउटा अलि ठूलो र धेरै पुरानो छपाइ मेसिन थियो । त्यसमा मजदुरहरूको खेलकुद पत्रिका, किसिम–किसिमका पोस्टर र पम्प्लेटहरू छापिन्थे । गेर्मन राउ एक सामाजिक जनवादी थिए । एक दिन लाइप्जिगका सामाजिक–जनवादीहरूले उनलाई रुसबाट एकजना माक्र्सवादी आएका छन् भनी बताए । साथै के पनि बताए भने ती रूसी माक्र्सवादी आफ्नो पत्रिका निकाल्न चाहन्छन् र त्यसको पहिलो अङ्क लाइप्जिग छाप्ने निधो भएको छ ।
“रुसी साथीहरूलाई मद्दत गर्नुपर्छ,” लाइप्जिगका जनवादीहरूले गेर्मन राजसित भने ।
लाइप्जिग आएका रूसी माक्र्सवादी भ्लादीमिर इल्यीच नै थिए । उनले सहरको एक छेउमा एउटा कोठा भाडामा लिए । उनी सबेरै उठ्थे, जताततै चकमन्न हुन्थ्यो । कारखानाका घण्टीसमेत बजेका हुन्नथे । कोठा निकै चिसो थियो । डिसेम्बरको महिना थियो । भ्लादीमिर इल्यीचले स्पिरिटको चुलोमा पानी उमाले, टिनको मगमा चिया बनाएर तात्तातै पिए र सदा घरबाट निस्किए । टाढा जानु थियो । गेर्मन राउको छापाखानासम्म । त्यस्तै पाँच/छ किलोमिटरको बाटो हुँदो हो । घोडागाडी त्यहाँ जाँदैनथ्यो । त्यसैले हिँडेरै जानुपथ्र्यो । बाटोमा पैदल या साइकलमा चढेका मजदुर र बजार जाने किसानका ठेला भेटिन्थे । सहरको सिमाना आयो । अगाडि हिउँले ढाकेका खेत थिए । पर, क्षितिजनजिकै जङ्गलको कालो छाया देखिन्थ्यो । सहरको छेउमा बसेको बस्तीमा बत्ती बल्दै थियो । गेर्मन राउको छापाखानाको झ्यालबाट लालटिनको उज्यालो देखिन्थ्यो । समग्र छापाखाना एउटा ठूलो कोठामा अटाएको थियो । कोठाको आधा हिस्सामा पुरानो छपाइ मेसिन थियो । कोठामा दुइटा कम्पोजिड बक्स पनि थिए । फलामको मकलमा दाउरा सल्कँदै, पड्कँदै थियो । आगोका लप्काहरू काम्दै थिए । सँगैको भित्तामा तिनका छाया पनि काम्दै थिए ।
“आज महत्वपूर्ण दिन हो,” गेर्मन राउले जर्मन भाषामा इल्यीचसँग भने । इल्यीचले पनि टाउको हल्लाएर सहमति प्रकट गरे । साँच्चै आज महत्वपूर्ण दिन थियो । अहिलेसम्म तयारी मात्र भइरहेको थियो । तर आज….
कम्पोजिटरले गह्रुँगो ब्लक उठाएर मेसिनमा चढाए । गेर्मन राउले हत्ता घुमाए । मेसिन गड्गायो । सिलिन्डर पुग्न थाल्यो र पत्रिकाको पाना मेसिनबाहिर निस्कियो । यसरी इस्क्राको पहिलो अङ्क छापियो ।
इल्यीचले एक प्रति उठाए । अहो, यो समयको उनले कहिलेदेखि र कति उत्कण्ठापूर्वक प्रतीक्षा गरेका थिए ।
“अब हामीसँग आफ्नै पत्रिका छ, मजदुरहरूको क्रान्तिकारी पत्रिका छ ! लौ, उड हाम्रो पत्रिका, देशतिर जाऊ ! जगाऊ जनता, उमार तिनलाई क्रान्ति गर्न !”
भ्लादीमिर इल्यीचले सबैलाई सुनाउँदै पत्रिकाको नाम पढे– ‘इस्क्रा ।’ पत्रिकाको दायाँतिर माथिल्लो कुनामा छापिएको थियो– “ज्वाला बन्ने फिलिङ्गो ।”
लेनिनको जीवनमा आधारित ‘लेनिन कथा’ बाट साभार
Leave a Reply