भर्खरै :

चोङा गणेश स्थान विकास संस्थाको सातौँ साधारणसभा सम्पन्न

चोङा गणेश स्थान विकास संस्थाको सातौँ साधारणसभा सम्पन्न

भक्तपुर, १५ पुस । भक्तपुर नगरपालिका वडा. नं. १ चोङा गणेश स्थान विकास संस्थाको सातौँँ साधारणसभाको उद्घाटन शुक्रबार भनपा १ वडाका वडाध्यक्ष श्यामकृष्ण खत्रीले गर्नुभयो ।
प्रमुख अतिथि खत्रीले समय अनुकूल वातावरणमा परिणत हुनुमा स्थानीयवासीहरूको ठूलो योगदान रहेको चर्चा गर्दै स्थानीयवासीहरूलाई चोङा गणेश स्थानको बारेमा थाहा दिन हाजिरीजवाफ प्रतियोगिता, नेतृत्व विकास तालिम, खेलकुद प्रतियोगिता र स्वास्थ्य शिविरहरू सञ्चालन गर्नुपर्ने सुझावहरू राख्दै वडा कार्यालयबाट सक्दो सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
विकास सस्थाका उपाध्यक्ष फ् कृष्ण श्रेष्ठले स्वागत मन्तव्य र सचिव शारदाभक्त वैद्यले वार्षिक प्रतिवेदन तथा भावी कार्यक्रमहरूको प्रतिवेदन र कोषाध्यक्ष गणेशभक्त कोजुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रम चोङा गणेश स्थान विकास संस्थाका अध्यक्ष लक्ष्मीनारायण राजलवटको सभापतित्वमा भएको थियो । उहाँले स्थानीयवासी तथा विभिन्न सङ्घ, संस्था सरकारी निकायहरूको सहयोगबाट आजको अवस्थासम्म पुगेको र त्यस्तै सहयोग सधैँ भइरहने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा संस्थाका सहसचिव कृष्णगोविन्द मुलगुथिले कार्यक्रमको आवश्यकताबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *