भर्खरै :

नम्बर एक भाइरस प्रचारक अमेरिकाद्वारा वास्तवमा अरूमाथि दोषारोपण

नम्बर एक भाइरस प्रचारक अमेरिकाद्वारा वास्तवमा अरूमाथि दोषारोपण

जनवरी ५ देखि संरा अमेरिकाले महामारी फैलिने जोखिम रोक्ने निहुँमा चिनियाँ यात्रुहरूमाथि अमेरिका प्रवेशमा प्रतिबन्ध लगाउने भएको छ । यद्यपि, भाइरसको विश्लेषणका तथ्यहरूलाई हेर्दा हाल चीनमा प्रचलित बीए.५ भाइरस केही महिनादेखिको अमेरिकाको मुख्य भाइरस हो । हाल साङ्घाई र हाङ्चौमा पत्ता लागेको पछिल्लो भाइरस एक्सबीबी.१.५ ठ्याक्कै अमेरिकाको जस्तो भाइरस हो । अमेरिकाले तथ्यहरूलाई बेवास्ता गर्दै विज्ञानको उल्लङ्घन गरेको छ जुन चोरले चोरलाई पक्राउ गर्न बोलाउने राजनीतिक प्रहसनजस्तै हो ।
चीनमा प्रचलित बीए.५ महामारी होस् वा नयाँ पत्ता लागेको एक्सबीबी.१.५, सबै अमेरिका र अन्य धेरै देशहरूभन्दा पछि मात्रै देखा परेको हो । हाल चीनमा फैलिएको नयाँ कोरोना भाइरस यसअघि नै विश्वभर फैलिसकेको छ । विगत तीन वर्षमा चीनले मानव जीवनलाई पहिलो स्थानमा राखेको छ । महामारीविरुद्धको विश्वव्यापी लडाइँ र आर्थिक सुधारमा चीनले महत्वपूर्ण योगदान दिएको छ । यसका विपरीत अमेरिकाले सधैँ महामारी रोकथामलाई राजनीतीकरण गरेर अन्यमाथि दोष थोपर्दै आएको छ । यसले ‘महामारीसँग लड्न असफल विश्वको पहिलो देश’ अमेरिका बनेको छ । यसले विश्वव्यापी महामारी प्रतिरोधी प्रक्रियामा अवरोध सिर्जना गरेको छ ।
विगत तीन वर्षमा अमेरिकाले राजनीतिक लक्ष्यहरू प्राप्त गर्न महामारी रोकथाम र नियन्त्रणलाई साधन बनाउने प्रयास गरेको छ । जसले १.०८ मिलियनभन्दा बढी अमेरिकीहरूले आफ्नो जीवनको मूल्य चुक्ता गरेका छन् । आज तीन वर्षपछि अमेरिकाले आफ्नो गल्तीबाट पाठ सिकेर उचित बाटोमा फर्किने छाँटकाँट देखाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *