नेपालमा हिमतालको जोखिम हामी सिरानीमा बम राखेर सुतिरहेका छौँ
- भाद्र २७, २०८३
विश्वासघात गर्ने, अन्तर्घात गर्ने, आपराधिक काम गर्ने, जनतालाई बेवास्ता गर्ने, सिद्धान्त र विचारको राजनीति छोडेर सत्ता र शक्तिको लागि राजनीति गर्ने दलका नेताहरूको अनुहार कहिल्यै चहकिलो हुँदैन, उज्यालो हुँदैन । विचारमा खोट देखिएपछि, मन नै अशुद्ध भएपछि उनीहरूको अनुहार कसरी उज्यालो हुन्छ ? नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको चेहरा उज्यालो नदेखिएको धेरै वर्ष भयो । जहिल्यै उनको अनुहार किन कालो हुन्छ, किन निन्याउरो हुन्छ र वाक्कदिक्क लागेको व्यक्तिको जस्तो अनुहार हुन्छ ? राजनीतिक विश्लेषकहरूका अनुहार बोली र बचन ठेगान नभएका या छिनछिनमा विचार फेर्ने अवसरवादी र सत्तामुखी राजनीति गर्ने नेताहरूको अनुहार कहिल्यै चहकिलो हुँदैन । उनीहरूको मनमा अनेक कुरा खेलिरहेको हुन्छ । आफूले गरेका आपराधिक कार्य, आफूले अरुलाई दिएको धोकाको स्मरणले मन अस्थिर बनिरहेको हुन्छ । अतः प्रधानमन्त्री भएर पनि दाहालको अनुहार उज्यालो देखिएको छैन ।
देश हाँक्ने, दलको नेतृत्व गर्ने शासकहरूलाई मनको छटपटिले मानसिक रोग लाग्ला र देशलाई घाटा होला भन्ने चिन्ता पनि हुन्छ, सर्वसाधारण नागरिकलाई । मानसिक चिन्ता बढेर विचार बिग्रिएला भन्ने अर्को चिन्ता हुन्छ । आखिर सिद्धान्त र विचारको राजनीति नगरे पनि नेता नै हुन् । एउटा नेता तयार गर्न कति गाह्रो हुन्छ भन्ने कुरा कसलाई थाहा छैन र ! कुनै रोग लाग्दा औषधि खाएर निको पार्न सकिन्छ, कुनै दुर्घटना हुँदा उपचार गरेर निको पार्न सकिन्छ तर मानसिक सन्तुलन गुम्यो या चिन्तै चिन्ताले दिमागमा असर प¥यो भने त्यो रोग निको पार्न धेरै समय लाग्छ । मानसिक सन्तुलन ठीक भइसकेपछि पनि फेरि त्यो रोग फर्केर हातखुट्टा नचल्ने बाथ रोग पनि लाग्न सक्छ । कतै शासक नेताहरूको दिमाग चलेन या बाथ रोग लागेर हात खुट्टा चलेन भने के उनको पार्टी चल्छ ? के उनको नेतृत्वमा सरकार बन्छ ?
प्रम दाहालले केपी ओलीलाई ‘संसद्को हत्यारा’ को संज्ञा दिएको किन यति चाँडै भुले ? संसद्को ‘कु’ गर्ने लोकतन्त्रविरोधी ओली भनी लगाएको आरोप प्रम दाहालले किन भुले ? पानी बाराबारको स्थितिमा पुगेको एमालेसँगको सम्बन्ध यसरी कसरी नजिक पुग्यो र ओलीकै छत्रछायामा रहेर दाहाल प्रम बन्न पुगे ? यो सत्ताकाङ्क्षा र शक्ति सङ्घर्ष कहिलेसम्म ! सत्ताको मातमा उफ्रेर दलको सिद्धान्त र विचारमा लात मार्ने ? निर्वाचनमा एउटा दलसँग गठबन्धन गरेर सरकार गठनमा अर्को दलसँग गठबन्धन गर्नु के धोका होइन ? के यो अन्तर्घात होइन ? अन्तर्घात गरेपछि मन कसरी स्थिर हुन्छ ? अनि मन पोल्दैन ? मन पोलेपछि अनुहार कसरी चहकिलो हुन्छ ? यही पीडा प्रम दाहालको अनुहारमा देखिएको हो कि ! देशका राजनेताहरूले यतिसम्मको घात गर्नुहुँदैनथ्यो, आफ्नो इज्जत र प्रतिष्ठामा आँच पु¥याउने काम गर्नुहुँदैनथ्यो ।
Leave a Reply