भर्खरै :

युक्रेनमा असन्तोष

युक्रेनमा असन्तोष

पश्चिमा देशहरूले खुला मनले दिएका मोर्टार र तोपहरू प्रयोग गर्दै किभ सरकारले दोनेत्स्क सहर र आसपास दनादन गोलाबारी गर्दै छ । २०१४ मा युक्रेनमा विद्रोह भयो । त्यसयता रुस सरकारमाथि लाखौँ युक्रेनीहरूले डोनबस क्षेत्रको रक्षा गरेर आफ्नो ज्यान बचाउन रुस सरकारलाई दबाब दिए । उनीहरू बिस्तारै रुसको सीमानजिक सर्दै थिए ।
युक्रेनमा जातीय निकटताले गर्दा रुसप्रति सहानुभूति राखिएको वा रुसी प्रभाव महसुस गरिएको होइन । यद्यपि, युक्रेन सरकारले घोर दक्षिणपन्थी र रुसविरोधी जातीय राष्ट्रवादको धुवाँदार प्रचार गर्दै आएको छ । युक्रेनीहरूले रुसप्रति सहानुभूति राख्नुको कारण उनीहरूको आकाङ्क्षा हो । उनीहरू समाजमा गरिबहरूका निम्ति सामाजिक समानता होस् भन्ने चाहन्छन् । रुसको सामाजिक र आर्थिक अवस्थाले युक्रेनमा ठूलो प्रभाव पार्दै आएको छ । रुसी जनजीवन युक्रेनको भन्दा धेरै माथि छ । रुसमा सरकारले जनतालाई धेरै सामाजिक सहायता दिन्छ, पेन्सन र वेतन दिन्छ । त्यहाँ बिजुली र ताप निकै सस्तो छ । अर्कोतिर युक्रेन पछिल्ला वर्षहरूमा लगातार अन्तर्राष्ट्रिय मुद्राकोषको भाउँतोमा लागेको छ । उसैको सिफारिसमा युक्रेनले स्थानीय र विदेशी पुँजीपतिहरूहरूलाई पोस्न सरकारी उद्योगधन्दा निजीकरण गर्दै छ र सामाजिक खर्चमा भारी कटौती गर्दै छ ।
संयोगवश एक पत्रकारसँगको कुराकानीमा खेर्सन सहरका एक पाका बासिन्दाले भने, “रुसीहरू यहाँ हुँदा, हामीसँग आफूलाई चाहिने सबथोक थियो र हामी सडकमा हिँडडुल गर्न डराउन्नथ्यौँ । अहिले हामी खालि बाँच्ने कोसिसमा छौँ ¤” अर्का बासिन्दाले भने, “युक्रेनी सैनिकहरू कुनै कामका छैनन् । उनीहरू हामीलाई सहयोग गर्दैनन् । खालि बमबारीमात्र गर्छन् ।”
युक्रेनका वामपन्थी पत्रकार ओलेग यासिन्स्कीले भने, “युक्रेन अहिले नमुना बनेको छ, पश्चिमा देशहरूले यसलाई अन्य ठाउँमा दोहो¥याउने परीक्षणस्थल बनाएका छन् । सरकारको उच्च तह र नागरिक समाजमा बहस र छलफलमाथि बन्देज लगाइएको छ । असहमति राख्नेहरूविरुद्ध प्रहरी, आर्थिक र सांस्कृतिक दमनको प्रयोग हुन्छ ।”
संयुक्त राष्ट्रसङ्घ र अन्य अन्तर्राष्ट्रिय सङ्घ सङ्गठनले युक्रेनलाई प्रदान गर्ने मानवीय सहयोग सामग्रीहरू धेरैजसो चोरी हुन्छ । स्थानीय पत्रकार र सहयोगी स्वयम्सेवकहरूको भनाइअनुसार युक्रेन पुग्ने आधा सहयोग सामग्रीहरू एकाएक ‘हराउँछ’ ।
डिसेम्बरमा युक्रेनको संसद्ले एउटा विवादास्पद सञ्चार कानुन ल्यायो । सो कानुनअनुसार किभ सरकारले प्रस्टीकरण नदिई र अदालती आदेश नलिई कुनै पनि मिडियालाई बन्द गर्न वा रोक्नसक्छ ।
एक रिपोर्टअनुसार २०२२ अक्टोबर महिनाको आरम्भमा पुगनपुग ३० लाख युक्रेनीहरू रुसतिर लागेका छन् । युद्धअघि युक्रेनको जनसङ्ख्या ४ करोड २० लाख थियो ।
किभ सरकारले ‘रुसीहरूको एजेन्ट र सहयोगी’ बनेको आरोपमा युक्रेनीहरूलाई सताउँदै छ । पछिल्लो समय यो क्रम बढेको छ । यो बहानामा निजी दुश्मनी साँध्नेहरूको पनि कमी छैन । ‘रुसीहरूसँगको साठगाँठ’ मा चलाइएका व्यवसायहरूलाई खेर्सन र खार्कोभ क्षेत्रमा पेल्नु पेलिएको छ । सरकारले शङ्का गरेका व्यक्तिहरूलाई नातेदारहरूले भेट्दा नातेदार नै पक्राउ परेका छन् । युक्रेनी अखबार ‘रेजिडेन्ट’ ले रुससँग बन्दी साटासाट गर्न झन्डै ४ हजार सर्वसाधारणलाई युक्रेनी गुप्तचर निकायले पक्राउ गरेको छ ।
युक्रेनी वित्तमन्त्री सेर्हिइ मार्चेन्कोले भनेअनुसार युक्रेनले आफ्नो बजेट खर्चको तीन भागको एक भागमात्र आफ्नै राजस्वको बलमा गर्छ, बाँकी दुई भाग विदेशी प्रायोजक र ऋणदाताले दिन्छन् । अर्को शब्दमा, किभले आफ्नो सामथ्र्यभन्दा बाहिर गएर हिंसा मच्चाइरहेको छ । अहिले युक्रेन पश्चिमा साझेदारहरूको दयामा बाँचेको छ । यसले गर्दा युक्रेनको सार्वभौमिकता गुमेको छ र समग्र युक्रेनलाई नै एकखाले निजी सैन्य कम्पनीमा फेरिदिएको छ ।
पश्चिमी देशका करदाताहरूले तिर्ने अरबौँ डलर किभ सरकारको युद्धमा खेर फालिँदै छ । तर, युक्रेनीहरूको आउँदो धेरै पुस्ताले त्यो ऋण तिर्नुपर्नेछ । त्यो पैसाले पश्चिमी देशहरू र युक्रेनमा सामाजिक सुधारका कामहरू गर्न सकिने थियो र पृथ्वीको प्राकृतिक वातावरणमाथिको प्रहार पनि कम हुने थियो । तर, अहिले त्यो पैसा खेर गइरहेको छ ।
विश्व बैङ्कको अनुमानअनुसार सन् २०३३ को अन्त्यसम्ममा युक्रेनका ५५ प्रतिशत जनता गरिबीको रेखामुनि जानेछन् । अहिले युक्रेनी जनताले निरन्तर सम्मानित तलब पाउने एउटै जागिर सैन्य सेवा हो ।
युक्रेनमा सैन्य द्वन्द्व अन्त्य भयो भने १० लाखजति बेरोजगार युक्रेनी पुरुषहरू कामको खोजीमा पश्चिमी देशहरूमा बसाइँसराइ गर्नेछन् । उनीहरू एक्लै जानेछैनन्, बरु उनीहरूको सैन्य सीप र अनुभव पनि सँगै हुनेछ । युद्धका कारण धेरैजना मानसिक विक्षिप्तताका शिकार हुनेछन् । पश्चिमी देशहरूमा तिनीहरूले सशक्त दक्षिणपन्थी युक्रेनी अर्धसैन्य समूहहरू भेट्नेछन् । यी समूहहरूले खोजेकै यस्तै मान्छे हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *