भर्खरै :

अमेरिकी विदेशमन्त्रीको गलत टिप्पणीको चीनद्वारा खण्डन

अमेरिकी विदेशमन्त्रीको गलत टिप्पणीको चीनद्वारा खण्डन

बेइजिङ, ४ फेब्रुअरी (सिन्ह्वा) । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले शुक्रबार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चीनको धार्मिक नीतिबारे गलत टिप्पणी गरेको भन्दै त्यसको खण्डन गरेकी छन् । उनले संयुक्त राज्य अमेरिकाले तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दाहरू उचालेर चीनको विकासलाई रोक्नले प्रयास नगर्न आग्रह गरेकी छन् ।
सञ्चारमाध्यममा जनाइएअनुसार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता शिखर सम्मेलनमा आफ्नो टिप्पणीमा गत नोभेम्बरमा अमेरिकाले चीनलगायत थुप्रै देशलाई धार्मिक स्वतन्त्रताको गम्भीर उल्लङ्घन गरेको भन्दै ‘विशेष चिन्ताका देश’ भनेर उल्लेख गरेका थिए । उनले सो टिप्पणीमा मुख्यरूपमा मुस्लिम उइघुर समुदायविरुद्ध नरसंहार चलाइएको भनेर चीनको धार्मिक नीतिको व्यापक आलोचना गरेका थिए ।
प्रवक्ता माओले ती टिप्पणी आधारभूत तथ्यको विपरीत र वैचारिक पूर्वाग्रहका आधारमा गरिएको बताएकी छन् ।
तिनीहरूले जानाजानी चीनको धार्मिक नीतिलाई नकारात्मकरूपमा चित्रण गर्छन् र चीनको आन्तरिक मामिलामा गम्भीर हस्तक्षेप गर्ने प्रयास गर्छन्, चिनियाँ पक्ष यसको कडा विरोध गर्दछ, प्रवक्ता माओले भनिन् ।
प्रवक्ता माओले चिनियाँ सरकारले कानुन बमोजिम नागरिकको धार्मिक आस्थाको स्वतन्त्रताको रक्षा गर्ने पनि बताएकी छन् । चीनमा झन्डै २० करोड जनसङ्ख्या धर्ममा आस्था राख्ने छन् । त्यसैगरी, तीन लाख ८० हजारभन्दा बढी धर्मगुरु र करिब पाँच हजार ५०० धार्मिक समूह सक्रिय छन् ।
त्यसैगरी, एक लाख ४० लाखभन्दा बढी पूजास्थल धार्मिक गतिविधिका लागि दर्ता भएका छन् । जसमा सिनजियाङमा मात्र २४ हजार मस्जिद छन् । तर, संयुक्त राज्य अमेरिकाको यस विषयलाई हेर्ने दृष्टिकोण एकदम फरक, पूर्वाग्रही र नकारात्मक छ, माओले भनिन् । यसैबिच प्रवक्ता माओले ७५ प्रतिशत अमेरिकी मुस्लिमले अमेरिकी समाजमा मुस्लिममाथि गम्भीर भेदभाव रहेको विश्वास गर्छन् त्यसैले अमेरिका यस मुद्दामा चीनलाई औँला उठाउने अवस्थामा रहेको टिप्पणी गरेकी छन् ।
त्यस्तै अर्को प्रसङ्गमा माओले भनिन्, “चीनले ‘नरसंहार गरेको’ आरोप अमेरिकी पक्षले प्रचार गरेको घोर झूटबाहेक केही होइन यसमा कुनै सत्यता छैन ।”
यहाँको उइघुर जनसङ्ख्या २२ लाखबाट हाल लगभग एक करोड २० लाख पुगेको छ । उनीहरूको औसत आयु ३० बाट बढेर ७४ वर्ष पुगेको छ । यी तथ्यका अतिरिक्त, संयुक्त राज्य अमेरिकाले सिन्जियाङको बारेमा चीनलाई नियन्त्रण गर्न र चीनलाई तल पार्नका लागि केवल बहाना खोजेको मात्र हो । यद्यपि, अन्तरराष्ट्रिय समुदायले यो स्पष्टरूपमा देख्न सक्छ, माओले भनिन् ।
“हामी अमेरिकालाई वास्तविक तथ्यको सम्मान गर्न र तथाकथित मानवअधिकार, धार्मिक र जातीय मुद्दा प्रयोग गरेर चीनका विरुद्ध हस्तक्षेप गर्न बन्द गर्न आग्रह गर्दछौँ”, प्रवक्ताले भनिन् ।
ताइवान मामिलामा हस्तक्षेप नगर्न चीनको आग्रह
त्यस्तै संयुक्त राज्य अमेरिकाले ताइवानका विषयमा हस्तक्षेप नगर्न र ताइवान जलडमरूमा क्षेत्रमा तनाव निम्त्याउने कुनै प्रकारका गतिविधि नग्न विदेश मन्त्रालयका प्रवक्ताले शुक्रबार उल्लेख गरेका छन् ।
अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुख विलियम बर्न्सको हालैको प्रतिक्रियाका चिषयमा सोध्दा प्रवक्ता माओ निङले उक्त टिप्पणी गरेकी हुन् । जसले ताइवानप्रति चिनियाँ नेताको महत्वाकाङ्क्षालाई कम आँकलन गर्न नहुने बताए तापनि रुसको कार्यसम्पादनबाट उनी सङ्कुचित छन् ।
“ताइवान चीनको एक अविभाज्य भाग हो । ताइवानको विषय पूर्णतया चीनको आन्तरिक मामिला हो”, प्रवक्ता माओले भनिन् ।
प्रवक्ता माओले ताइवानको विषय र र युक्रेन मुद्दा भिन्न प्रकृतिका छन् र तुलना गर्नै नमिल्ने प्रतिक्रिया दिएकी छन् ।
उनले ताइवान प्रश्नको समाधान चिनियाँहरूको विषय भएको र त्यसको निर्णय चिनियाँहरूले नै गर्नुपर्ने बताउँदै अमेरिकाले यस विषयमा अनावश्यक चासो लिन उपयुक्त नहुने धारणा राखेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *