जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, २१ माघ । भक्तपुर क्यान्सर अस्पतालको आयोजनामा शनिबार अस्पताल प्राङ्गणमा विश्व क्यान्सर दिवस २०२३ कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले क्यान्सर रोगको उपचार निकै खर्चिलो र यसबाट धनजनको क्षति गराउने हुँदा समयमै रोगको पहिचान गर्नु आवश्यक भएको बताउँदै भक्तपुर क्यान्सर अस्पताल कामदार वर्गको सेवामा लक्षित हुनुपर्नेमा जोड दिनुभयो ।
नेपाल सरकारले कडा रोग लागेका बिरामीको निःशुल्क उपचार गर्नुपर्ने बताउँदै उहाँले सामुदायिक अस्पतालको सेवा राम्रो भए गरिब जनतालाई उपचार गर्न सहज हुने बताउनुभयो ।
गैरसरकारी संस्थाले सञ्चालन गर्दै आएको भक्तपुर क्यान्सर अस्पताल आज सरकारी अस्पतालको रूपमा सञ्चालन भएपछि सरकारी शुल्कमा क्यान्सरका बिरामीले सुलभरूपमा सेवा पाइरहेको चर्चा गर्दै उहाँले रिफर सेन्टरको रूपमा रहेको भक्तपुर अस्पताल आज बाग्मती प्रदेशकै नमुना अस्पतालको रूपमा विकास हुनु र भक्तपुर क्यान्सर अस्पताल जनताको अस्पताल बन्नु गौरव गर्नलायक भएको बताउनुभयो ।
भक्तपुर क्यान्सर अस्पतालका प्रा. डा. विष्णुदत्त पौडेलले क्यान्सर रोगबारे उपलब्ध सेवाहरूबारे अवगत गराउँदै भक्तपुर क्यान्सर अस्पताललाई उपचारको केन्द्रको रूपमा विकास गर्न यहाँका समर्पित टीम प्रतिबद्ध भई लागिपरेको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर अस्पतालका मेडिकल सुपरिटेन्डेट डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पताल विकास समितिका सदस्य गणेश दंगाल, जिल्ला जनस्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत कृष्णबहादुर मिजार र बीसीएचका कन्सल्टेन्ट डा. रोशन प्रजापति र नर्स मनिसा साखकर्मीले क्यान्सर रोग र यसबाट बच्ने उपायहरूबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रजापतिले जनचेतनामूलक क्यान्सरसम्बन्धी भएको टीकटक तथा मोबाइल फोटो प्रतियोगिताका विजयीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो । उक्त कार्यक्रममा जनचेतनामूलक नृत्य र गीतिनाटक प्रस्तुत गरिएको थियो ।
Leave a Reply