भर्खरै :

चीनको विकासबाट नेपाललाई नयाँ अवसर प्रदान

चीनको विकासबाट नेपाललाई नयाँ अवसर प्रदान

फेब्रुअरी ३ मा चीनको सहयोग परियोजना रत्न माध्यमिक स्कूलको नयाँ भवन सञ्चालन कार्यक्रम एवम् स्कुल स्थापनाको ५९ औँ वार्षिकोत्सव समारोह चीन–नेपाल सीमाबाट ४० किलोमिटर मात्र टाढा पर्ने जुगल हिमालमुनि आयोजना भएको छ । चीन र नेपालका कर्मचारीबिच साढे दुई वर्षसम्मको संयुक्त प्रयासमा सम्पन्न भएको उक्त परियोजना चीन–नेपालबिच आपसी सहयोग भएर विकास भएको अर्को प्रतीक बनेको छ ।
सन् २०१५ मा नेपालमा ८.१ स्केलको भूकम्प गएको थियो भने दस हजारभन्दा बढी हताहत भएका थिए । भूकम्पको भोलिपल्टै ३ वटा चिनियाँ उद्धार टोली नेपालमा पुगेर उद्धार थालेका थिए, त्यसपछि चीनले नेपाललाई २५ वटा पुनःनिर्माण कार्यक्रममा सहयोग गरेको छ । हालसम्म चीनले नेपाललाई पुनःनिर्माणमा सबैभन्दा बढी निःशुल्क सहायता प्रदान गरेको छ भने सहायता रकम ७६ करोड अमेरिकी डलर नाघेको छ । रत्न माध्यमिक स्कूलको पुनःनिर्माण ती सहायता कार्यक्रममध्येको एक हो । हाल रत्न माध्यमिक स्कूल स्थानीय क्षेत्रको सबैभन्दा ठूलो, उत्तम वातावरण, सबैभन्दा उन्नत सुविधा भएको माध्यमिक स्कूल बनेको छ भने ७०० भन्दा बढी विद्यार्थीले पढ्न सक्छन् । एक स्थानीय विद्यार्थीका बुबा तामाङले नयाँ स्कुल भवन हेरेर निकै उत्साहित भएको बताए । उनले भने, हामी सानैदेखि सुदूर क्षेत्रमा बस्छौँ, काठमाडौँ गएका छैनौँ, चीन पनि । बच्चाले धेरै पढेपछि बाहिर निस्किन पाउनेछ र पहाडी क्षेत्रमा अरू नबस्ने मेरो इच्छा छ । अब हामीले भविष्यबारे बढी विश्वास लिएका छौँ र बच्चालाई अरू पढायौँ भने भविष्यमा जन्मथलोको अझ राम्रोसँग निर्माण गर्नेछौँ, मौका मिल्यो भने चीनमा पढ्न पनि पठाउनेछौँ ।
चीन र नेपाल असल छिमेकी, मित्र र साझेदार हुन् । सन् २०१९ मा राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको ऐतिहासिक भ्रमण गरेबाट दुई देश बीचको सम्बन्ध विकास र समृद्धि उन्मुख युगौँयुग मैत्रीपूर्ण रणनीतिक सहयोगी साझेदारी सम्बन्धमा उकासिएको छ । यसरी नै चीन–नेपाल मित्रताको नयाँ पृष्ठ खोलेको छ । हाल दुई देशबिचको आदान–प्रदान र सहयोग अझ घनिष्ठ भएको छ । राष्ट्राध्यक्ष सी चिनफिङको नेपाल भ्रमण उपलब्धिलाई व्यवहारमा उतारिएको छ । मानव भाग्य समुदाय विचारको सबैभन्दा उत्तम अभ्यास पनि हो ।
नेपालका लागि चीनका राजदूत छन सुङले भन्नुभएझैँ छिमेकीसँग दयालु र मित्रवत् हुने नीतिमा चीन अडिग रहेर चीनको नयाँ विकासबाट नेपाललाई नयाँ अवसर प्रदान गर्नेछ र भूपरिवेष्ठित मुलुकबाट भूजडित बन्न नेपाललाई सहयोग गर्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *