भर्खरै :

वैचारिक धरातलको अभावले अर्को नयाँ शक्ति पतनको सँघारमा

वैचारिक धरातलको अभावले अर्को नयाँ शक्ति पतनको सँघारमा

नयाँ अनुहारको खोजी
विस २०५८ जेठ १९ को राजदरबार हत्या काण्डले राजा वीरेन्द्रको वंश नाश गर्यो । त्यसपछि राजा घोषणा भए भाइ ज्ञानेन्द्र । संसद् विघटन र राजाको प्रत्यक्ष शासनको विरुद्धमा पार्टीहरू बानेश्वरमा धर्नामा थिए । राजाले त्यो कदम उठाउनुको एउटा प्रमुख कारण सत्तामा घरिघरि जाने पार्टी र नेताहरूको अकर्मण्यताले जनतामा निराशा आउनु थियो । त्यतिबेला नै घरिघरि सत्तामा जाने गिरिजाप्रसाद कोइरालादेखि अन्य नेताहरूले अब हामी सुध्रिनु प¥यो भन्ने शपथ खाएका थिए । त्यो शपथ जनताले उनीहरूप्रति देखाएको वितृष्णाको रेस्पोन्स थियो । सात दलको आन्दोलनले संसद् पुनर्बहाली भयो । उनीहरू सत्तामा गए । सुध्रिने उनीहरूका बाचा कता हराए कता ¤ जनता फेरि निराश । ०६२ ÷६३ को दोस्रो जनआन्दोलन, संविधानसभाको निर्वाचन, माओेवादीको सत्तारोहन, पार्टीहरूले सुरु गरेका भागवन्दको घिनलाग्दो अभ्यास, फेरि संविधानसभाको चुनाव, सत्ता र निहित स्वार्थकै लागि पार्टी फुटाउने र फुट्ने क्रम, दलका कार्यालय र नेताहरूको दैलादेखि बालुवाटारसम्म विदेशी शक्तिको अनधिकृत पहुँचसमेतका क्रियाकलापले जनतामा निराशा छाएको थियो । यही पृष्ठभूमिमा जनताले नयाँ अनुहार र नयाँ शक्तिको खोजी गरे । विभिन्न क्षेत्रमा कार्यरत युवाहरू पनि केही गर्न सकिएला कि भनेर देखापरे । बाबुराम भट्टराई आफैँले ‘नयाँ शक्तिपार्टीको घोषण गरे । रवीन्द्र मिश्र, उज्ज्वल घिमिरे, रन्जु दर्शना र बालेन साहदेखि रास्वपा र त्यसका सभापति रवि लामिछानेसम्मको प्रकरण यही नयाँ अनुहारको खोजी र सत्तासीन पार्टीहरूले डेलिभरी दिन नसक्दाको उपज थियो । तिनीहरूमध्ये कति स्वयंस्फूर्तरूपमा आए वा कुनै शक्तिको आडभरोसा अगाडि बढे त्यो अझै स्पष्ट हुन बाँकी छ । तर, एउटा कुरा स्पष्ट छ – ती नयाँ युवाहरूमा जोश, जाँगर र केही गर्ने हुटहुटी भएता पनि उनीहरू कुनै वैचारिक, राजनैतिक सिद्धान्त र दर्शनको धरातलमा उभिएका थिएनन् । बाबुराम र रवीन्द्र मिश्रजस्ता पाका देखिएका नेतादेखि बालेन्द्र र रवि सम्मका अभिव्यक्ति र उनीहरूको अडानमा आउने विचलनले यही कुरा पुस्टि ग¥यो । रास्वपाले सरकार छोडेपछि पत्रकार सम्मेलनको नाममा देखाएको रमिताले फेरि पनि उनीहरूको अधकल्चो, अपरिपक्व, दिशाहीन र विचार शून्यको अवस्थाको उजागर भयो ।
बाह्रभाइ प्रसङ्ग र नेपाली पत्रकारिता
पत्रकार सम्मेलनको नाममा देखाइएको प्रहसनलाई पार्टीका समर्थक फ्यानहरूले नेपाली पत्रकारितालाई उदाङ्ग्याएकोमा सभापतिले साहसिक कार्य गरेको ठाने । नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिलले पत्रकारितामाथि गरेको विष बमन भन्दै उनको निन्दा गरे । कसैले यसलाई रमिताको संज्ञा दिए । रास्वपका सभापति आफँैले नेपाली पत्रकारिताका तमाम बदमासीहरू र बाह्रभाइको सबै कर्तुतलाई छताछुल्ल पारेकोमा आफूले पत्रकारिता जगतको प्यानडोरा बक्स नै खोलेको झैँ फूर्ति लगाए । फरक समूह, व्यक्ति संस्थाले उनको पत्रकार सम्मेलनलाई फरकफरक कोणबाट हेरे र संज्ञा दिए । सभापतिले पोखेका कुरालाई कसैले सत्ता छोड्नु परेको रिसको अभिव्यक्ति भने, कसैले कुण्ठा ।
सामान्य राजनैतिक दृष्टिकोणले हेर्दा त्यो पत्रकार सम्मेलनजस्तो थिएन । त्यसमा उनले आफ्नो पार्टीले सरकार छोड्नु पर्नुका कारण, पार्टीको आगामी योजना र रणनीति, सरकारलाई समर्थन गरिरहने या प्रतिपक्षमा बस्ने आदि कुराहरूलाई आवेगमा नआई शालीनपूर्वक प्रस्ट्याउनु पथ्र्यो । तर, उनी कहिले जङ्गिने, गालीगलौजमा उत्रने र धम्क्याउने तहसम्म पुगे । नेपालका ठूला सञ्चार सङ्ख्या (बिग मिडिया हाउस) का बारेमा उनले ओकलेका कुराहरू आम मानिसलाई नौलो लाग्ला । तर, गम्भीर भएर निरन्तर अध्ययन गरिरहने राजनीतिज्ञ, पत्रकार र सार्वजनिक बौद्धिक समाजका लागि यो कुनै नौलो कुरो थिएन । मङ्सिर ४ मा सम्पन्न निर्वाचनकै बेला ‘ठूला मिडिया हाउसहरू’ ले कसरी कसैलाई जिताउने र कसलाई पछार्ने प्रपञ्च गरेका हुन्छन् भन्नेबारे ‘मजदुर’ दैनिक मा विभिन्नमा आलेखहरू छापेका थिए ।

वेस्टमिनिस्टर पद्धतिको बारेमा नेपाल मजदुर किसान पार्टी र पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँेले निरन्तर सचेत गराउँदै आउनुभएको थियो । तर, व्यक्तिगत स्वार्थमा लिप्त र विदेशीको इसारामा काम गर्ने दलालहरूको बिगबिगी पार्टीहरूमा बढेपश्चात् उनीहरूले विधि र पद्धतिको हुर्मत लिँदै गए र राजनीति दुर्गन्धित हुन गयो । देश र जनताले दुःख पाउन थाले ।

पुँजीवादी बन्दोबस्तमा ठूला व्यापारी वा पुँजीपतिले राज्य शक्तिलाई आफ्नो अधीनमा राख्न पार्टी र मिडियामा आफ्नो लगानी गरेका हुन्छन् । प्रचारयन्त्र लोकमत (मिडिया पब्लिक ओपिनियन) निर्माण गर्न प्रयोग गरिने सबभन्दा बलियो औजार हो । अमुक व्यक्ति, समुदाय वा पार्टीलाई कुन तहसम्म पु¥याउने र निवार्चनमा कसलाई उजिल्याउने र जिताउने या कसलाई छायामा पार्ने र हराउनुपर्ने हो सोहीअनुसार मिडियाको आफ्नै रणनीति हुन्छ । स्वार्थ समुहको निहित स्वार्थलाई लुकाउन वा उपयोग गर्न, नभएका घटना देखाउने र भएकालाई लुकाउन पैसाको लेनदेन गर्ने कुरा त पुँजीवादी मिडियाको बजारमा हुने सामान्य घटना नै भयो । जनतालाई सुसूचित गर्ने, सूचनाको हक दिलाउने, राज्यको चौथो अङ्गको भूमिका निर्वाह गर्नेजस्ता कुरा देखाउने दाँतमात्र हुन् । रास्वपाका सभापति स्वयं मिडियामार्फत प्रचार प्रसारको बलमा राजनीतिमा आएको जगजाहेर छ ।
विग मिडिया हाउसको राजनीति र व्यापारिक स्वार्थ र त्यहाँ विदेशी साठगाँठको भेउ पाइसकेपश्चात् वरिष्ठ पत्रकारले जब त्यसमा विमति जनाउँछ र प्रचारमाध्यम सञ्चालकको स्वार्थसँग बाझिन्छ र उनीहरू त्यहाँ टिक्दैनन् वा त्यहाँ नैतिकरुपले उनीहरू बस्ने सक्ने अवस्था हुँदैन । युवराज घिमिरे, विजयकुमार, भूषण दाहाल केही यसका उदाहरण हुन् । उनीहरूले बेलामौकामा दिने अभिव्यक्तिहरू मिडिया हाउसमा हुने यस्ता राजनैतिक स्वार्थ र अनियमित लेनदेनका बारेमा अनुमान लगाउन गाह्रो छैन ।
वेस्टमिनिस्टर सिस्टमको हुर्मत
२०४६ सालको जनआन्दोलनपश्चात् पुनःस्थापना भएको बहुदलीय राजनैतिक व्यवस्था र पद्धति ‘वेस्टमिनिस्टर सिस्टम’ मा आधारित भएको भनिन्छ । यसअनुसार धेरै राजनैतिक दलहरू अस्तित्वमा छन् । आवधिक निर्वाचनमार्फत आफ्नो घोषणापत्र लिएर जनतामा पुग्छन् र जनताकहाँ अत्यधिक मत पाएको वा सबभन्दा ठूलो पार्टी सरकारमा बस्छ र आफ्नो घोषणापत्र सरकारको कार्यक्रममार्फत लागु गर्छ । दोस्रो ठूलो दल प्रतिपक्षमा बस्छ र सरकारको कामको एक एक अवलोकन र अनुगमन गर्छ र कानुनविपरीत गएमा सचेत र खबरदारी गर्छ । अझ प्रतिपक्ष दलले छाया सरकारकै बन्दोबस्त गर्छ र कथंकदाचित बहुमत पाएको सबभन्दा ठूलो दलको सरकार विभिन्न कारणले ढलेमा प्रतिपक्षले नै सराकार चलाउने अवसर पाउँछ । त्यसैले, प्रतिपक्षलाई यस पद्धतिमा प्रतिक्षामा बसेको सरकार पनि भनिन्छ ।
देशमा बहुदल पुनःस्थापना भई नयाँ सरकारहरू गठन र विघटन हुने क्रम दोहरिएपछि र राजनैतिक दलहरूले विचार र सिद्धान्तको आधारमा भन्दा निहित स्वार्थका लागि सरकार चलाउने, सरकारकै लागि पार्टी फुटाउने जस्ता विकृतिहरूको लक्षण देखिएपश्चात् यस वेस्टमिनिस्टर पद्धतिको बारेमा नेपाल मजदुर किसान पार्टी र पार्टीका अध्यक्ष नारायणमान बिजुक्छँेले निरन्तर सचेत गराउँदै आउनुभएको थियो । तर, व्यक्तिगत स्वार्थमा लिप्त र विदेशीको इसारामा काम गर्ने दलालहरूको बिगबिगी पार्टीहरूमा बढेपश्चात् उनीहरूले विधि र पद्धतिको हुर्मत लिँदै गए र राजनीति दुर्गन्धित हुन गयो । देश र जनताले दुःख पाउन थाले । आज यिनीहरूकै नराम्रा गतिविधिललाई नयाँ पिँढीले विचार र सिद्धान्तको राजनीतिलाई महत्वहीन ठान्न पुग्यौँ । परिणाम स्वरुप आज जोश र जाँगर लिएर आएका नयाँ युवाहरूसमेत सत्तालोलुप नेताहरूकै सिको गर्दै सत्ता प्राप्तिलाई नै राजनीतिको अभिष्ट ठान्न पुग्यो र देश र जनताको आवाजलाई गौण सम्झँदा उनीहरू भिरको डीलमा पुगे ।
२४ माघ, २०७९

Leave a Reply

Your email address will not be published. Required fields are marked *