भर्खरै :

पदको निम्ति राजनीति गर्ने होइन

  • माघ २६, २०७९
  • मेरिना शाक्य
  • विचार
पदको निम्ति राजनीति गर्ने होइन

कुनै दलले पक्राउ परेका आफ्ना नेतालाई रिहाइको माग गर्न पाउँछ, माग गर्नु आफ्नो कर्तव्य पनि हो । तर, पक्राउमा परेका या थुनामा रहेका नेतालाई रिहाइ गरे सरकारको समर्थन गर्ने र नगरे नगर्ने कुरा सही होइन । सरकारको समर्थन गर्ने या नगर्ने कुरा कुनै व्यक्तिको रिहाइसित सम्बन्धित होइन । सरकारले ल्याएको नीति सही छ, देश र जनताको पक्षमा छ भने समर्थन गर्नसक्छ, छैन भने समर्थन गर्दैन । सरकारले ल्याएको नीति र कार्यक्रमको आधारमा दलले समर्थन र विरोध गर्ने हो । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी थुनामुक्त नभएसम्म सरकारलाई नाउपाले समर्थन नगर्ने जनाएको छ । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीलाई अझै सम्बोधन हुने छाँट छैन भन्दै सो दलका अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई विश्वासको मत नदिने बताइन् ।
प्रतिपक्षी दल नेकाले राष्ट्रपति पद पाउने नाउँमा एमाले सम्मिलित माओवादी पार्टीको नेतृत्वमा गरेको समर्थन पनि पदकै निम्ति भएको पुष्टि हुन्छ । नेकाले राष्ट्रपति पद पाउने भएपछि वर्तमान सरकार ठीक नपाउने भएपछि कसरी बेठीक हुन्छ । राजनीति पदको निम्ति गर्ने होइन, दल कुनै व्यक्तिको निम्ति गर्ने राजनीति होइन । यो कुरा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई पनि लागु हुन्छ । प्रधानमन्त्री हुन नेकालगायतका दललाई विश्वासघात गरेर अध्यक्ष दाहाल एमालेसँग मिल्न गएका हुन् । नेकाको गठबन्धन छोडेर केपी ओलीले प्रस्ताव गरे पनि प्रम बन्ने छैन भनी बारम्बार फुकेका अध्यक्ष दाहाल वचन फेरेर सतीगएर प्रम भए । यी सबै घटनाहरू पदसित सम्बन्धित छन् । पदमा जानकै निम्ति, पदमा पुग्नकै निम्ति राजनीति गर्ने दलले देश र जनताको सेवा कसरी गर्ला ? देश विकास गर्ने बाटो कसरी कोर्ला ? वास्तवमा देश अहिलेसम्म निरक्षर हुनु पनि भागबन्डाको राजनीतिले गर्दा हो । देशले काँचुली फेर्न नसक्नुको कारण पनि सत्तामुखी राजनीति हो । देश र जनताप्रति जिम्मेवार नहुनु सत्तासीन दलका नेताहरू किंकर्तव्यविमूढ हुनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *