नेपालकै पहिलो पहल – ख्वप आदर निकेतन
- कार्तिक २०, २०८३
“घुस खाने जनताको नजरबाट गिर्छ,
भ्रष्टाचारको कमाइले सात पुस्ता पिर्छ,
भ्रष्टाचार सामाजिक अपराध हो,
भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्धनमा सहभागी बनौँ ।”
आजकल नेपाल टेलिकमको रिङ टोनमा यस्तो बज्न थालेको छ । यति बजाउनलाई कति खर्च लागेको होला ! यो सुन्दा सचेत नेपाली जनता ‘जो चोर उसैको ठूलो स्वर’ भन्ने उखान सम्झिरहेका छन् ।
बोल्न जान्नेसँग कसैको केही लाग्दो रहेनछ !
यसै बेलामा प्रधानमन्त्री दाहाल पनि भन्दै छन्,
“कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाहीअगाडी बढाउने प्रतिबद्धता पुनः दोहो¥याउन चाहन्छु ।”
यस सन्दर्भमा उहाँलाई भन्न मन लाग्यो :
(१) केही वर्षअघि मात्र तपाईँसमेत भएर अख्तियारको अधिकार कटौती गरिदिनुभयो† अनुचित कर्म हेर्न नपाइने गरेर ।
(२) सेनाले गरेका भ्रष्टाचार र न्यायाधीशले गरेका भ्रष्टाचार अख्तियारले हेर्न पाउँदैन पनि भन्नुभयो ।
(३) भ्रष्टाचार गर्न लायकका योजना स्वीकृत गर्दा, यदि मन्त्रीकै अधिकारक्षेत्र भित्रकै भए पनि, सुरक्षित तवरले ढुक्क भएर भ्रष्टाचार गर्ने प्रयोजनका लागि मन्त्रीपरिषदबाट स्वीकृत गराउने परम्परा बसालिनुको उद्देश्य नबुझ्ने को होला ?
(४) क्यान्टोन्मेन्टका लडाकुको नाममा निकासा भएको ८–९ अरब बिचैमा हजम गर्ने तपार्इँ नै हो भन्ने कुरा सहकर्मी बाबुराम भट्टराईले उहिल्यै भन्नुभएकै हो ।
(५) वाइड–बडी जहाज खरिद गर्दा हजम गरेका ४ अर्ब ३५ करोड रकम कसरी भन्नेबारेमा सोच्नुभएको छ ?
(६) न्यारो–बडी जहाज खरिद गर्दा हजम गरेका १ अर्ब २६ करोड रकम नि !
(७) आयल निगमको लागि जग्गा खरिद गर्दा ठाडै हसुरेको ९३ करोड रकम पनि बिर्सनुभयो ?
(८) बालुवाटार जग्गामा काइते, किर्ते, जाली काम भएका तथ्यहरू भेटिएकाले साढेतीन वर्षअघि सीआईबीलाई अनुसन्धान गर्न सुम्पिएको थियो । सीआईबीले दुई वर्ष लगाएर अनुसन्धान गर्यो । पोहोर सरकारी वकिलमार्फत मुद्दा अदालतमा पेश हुँदैथियो; झ्याप्पै ब्रेक लगाइयो । अदालतमा पुगिसकेको मुद्दा किन फर्काइयो ?
यस्ता अरू पनि कति छन् कति ! यीमध्ये कुनै एउटाको मात्र कारवाही गराउन सक्नुहुन्छ ? सक्नुहुन्न । नसक्ने र नगर्नेले मेसिनझैँ बोलेर र मेसिनलाई नै बोल्न लगाएर मात्र हुन्छ ?
Leave a Reply