नेपाली समाज किन फासीवादउन्मुख भयो ?
- असार ९, २०८३
केही दिनअघि नेपालमा एक व्यक्तिले आफू ऋणमा डुबेको र आफ्नो परिवारलाई सहयोग गर्न अनुरोध गर्दै आत्महत्या गरेका थिए । भावुक हुँदै केही मानुभावहरूले सहयोग पनि गरे । तर, सहयोग पाउने यो तरिका उचित थिएन र समस्याबाट मुक्त हुने यो दीर्घकालीन तरिका पनि होइन । यो घटनालाई युक्रेनले विदेशीसँग मागेर रुससँग युद्ध गरिरहेको सन्दर्भलाई जोड्न सकिन्छ । युक्रेनले पनि आफ्नो दुखेसो पोख्दै अरूलाई भावुक बनाएर हतियार मागिरहेको छ । तर, यसरी मागेर लडेको युद्धले दीर्घकालीन समस्या समाधान गर्दैन ।
रुस र युक्रेनबिच युद्ध सुरु भएदेखि युक्रेनका राष्ट्रपतिले अमेरिकालगायत पश्चिमी मुलुकसँग हतियार मागे । युद्ध सुरु हुने बित्तिकै उनले मिसाइलको माग गरे । जसअनुसार अमेरिकाले छोटो दूरीको मिसाइल युक्रेनमा पठायो । केही समयपछि फेरि युक्रेनले हवाई सुरक्षा ९ब्ष्च म्भाभलकभ० को माग ग¥यो । अमेरिकालगायत बेलायत, जर्मनीले उक्त माग पूरा गर्दै हवाई सुरक्षा उपकरण युक्रेन पठायो । त्यसपछि जेलेन्स्कीले आधुनिक टैङ्कको माग गर्न थाले । त्यसको केही समयपछि नै युक्रेनी सेनालाई अमेरिकामै बोलाएर अमेरिकन टैङ्क चलाउने प्रशिक्षण दिन थाले जुन आज पर्यन्त जारी छ । जेलेन्स्कीको आँट यति बढ्न थाल्यो कि उनले अब त लडाकु जहाज पनि माग गरिसके । यस्तो लाग्छ, अन्ततः युक्रेनले अमेरिकी सेना युक्रेनमै आएर रुससँग युद्ध गर्न माग गर्नेछ । उता अमेरिका र पश्मिेली देशहरू पनि युक्रेनलाई हतियारमात्र सहयोग गरेजस्तै गरे पनि वास्तवमा युक्रेनका सेनालाई भाडाका सेनाजस्तै प्रयोग गरेर अमेरिका र पश्चिमेली देश रुससँग युद्ध लडिरेका छन् । अहिले यो युद्ध अमेरिकाको लागि दुवै हातमा लड्डुजस्तै भइरहेको छ । एकातिर रुसलाई आर्थिक र सामरिकरूपमा कमजोर पार्न सफल भइरहेको छ भने अर्कोतिर आफ्नो हतियारको दक्षता मापन गर्न साँच्चैको युद्धमा प्रयोग गर्न पाइरहेको छ । अहिले यतिसम्म भइसकेको छ, अर्को तेस्रो मुलुकले अमेरिकासँग हतियार किन्नुअघि युक्रेनमा परीक्षण गर्न मागसमेत गरेको कुरा बाहिर आएको छ । यसको पछिल्लो उदाहरण अष्ट्रेलिया र पोल्यान्ड रहेका छन् ।
सामान्य परिभाषामा अरूको भूमिमा गएर लडाइँ गर्नेलाई भाडाको सैनिक भनिन्छ । उदाहरणको लागि नेपालीहरू पनि भारत, बेलायत र अफगानिस्तानको भूमिमा भाडाको सेना भएर लडेका थिए र अहिले पनि भाडाका सेना बनिरहेका छन् । तर, अचम्म आफ्नै भूमिमा पनि भाडाको सेना भएर लड्नुपर्ने अवस्था पनि रहेछ । सन्दर्भ हो, रुस–युक्रेन युद्ध । झट्ट हेर्दा युक्रेन आफ्नो देशको निम्ति लडिरहेको जस्तो लाग्छ । तर, तिनीहरू अमेरिकाको लागि लडिरहेको घटनाक्रमले पुष्टि गरेको छ । अमेरिकाले आफ्नो सेनालाई प्रयोगै नगरी भाडाको सेनाको भरमा रुससँग लडाइँ लडिरहेको छ भने आफ्नै देशभित्रै भाडाका सेनाजस्तै लडाइँ लडिरहनुपरेका छन्, युक्रेनी सेना । रुस र युक्रेनबिच भनिएको युद्ध वास्तवमा युक्रेन र रसियाबिच भएकै होइन रहेछ । रसियाको सामरिक शक्तिको परीक्षण गर्न लडाकुको रूपमा नेटोले युक्रेनलाई अघि सारेको हो । नाटोको बुइँ चढेर युक्रेनलाई ध्वस्त बनाउने जेलेन्स्कीको अपरिपक्वताको सिकार युक्रेन र युक्रेनी जनता बन्नु दुर्भाग्यको विषय बन्यो ।
अहिले भइरहेको युद्धको पृष्ठभूमि हेर्दा युक्रेनले यो पागलपन डोनबासबाट सुरु गरेको थियो । युक्रेनले जे बीउ रोपे त्यसैको फल काटिरहेको छ । युक्रेनले डोनबासमा ८ वर्षअघि गरेको नरसंहार अक्षम्य छ । रुसी भाषी जनतालाई रुसी भाषा बोल्नसमेत प्रतिबन्ध लगाउन प्रयास गरेको थियो, युक्रेनी सरकारले । जेलेन्स्कीले नाटोको शक्ति र तामझामको सपना देखेपछि उनलाई युक्रेनी जनता र आफ्नो देशको लागि डरलाग्दो मूल्य चुकाउनु पर्ने कुरा बिर्से । यो युद्धले युक्रेनलाई टुक्रा टुक्रामात्र पारेन आफ्ना जनतालाई कैयौँ वर्षपछाडि धकेलेको छ ।
अहिले रुसले युक्रेनको पूर्वाधारमाथि हमला गरेको भनेर अमेरिकी मिडियाले खुब बढाइ चढाइ गर्दै समाचार दिइरहेको छ । लडाइँको सुरुआतमा रूसले आक्रमण रणनैतिक निशाना सैनिक स्थलमात्र थियो, युक्रेनी पूर्वाधारमा आक्रमण गरेको थिएन । तर, पश्चिमी समर्थनबाट अत्यधिक हौसला पाएर युक्रेनले क्रिमियन पुलमा बम विस्फोट गरेपछि रुसले सुरु गरेको पूर्वाधारमाथि हमला अब युक्रेनको लागि अभिशाप भएको छ । युक्रेनसँग डार्विनको विकल्प थियो । युद्धको प्रारम्भिक चरणमा युक्रेनसँग शान्ति वार्ता थियो । बेलायती तत्कालीन प्रधानमन्त्री बोरिसले जेलेन्स्कीसँग पैसा र हतियार दिने सर्तमा शान्ति सन्धि त्याग्न लगाए । जेलेन्स्कीलाई अमेरिका र पश्चिमले हतियार र अर्बौँ डलर दिएर किनेका थिए । पश्चिम र अमेरिकाले जति धेरै हतियार पठायो त्यति नै युक्रेन ध्वस्त हुन्छ । यो विध्वंश पोल्यान्ड, बेलायत, जर्मनी र अमेरिकालाई होइन युक्रेनको लागि भएको छ ।
‘नजिकको देवता हेला’ भनेजस्तै युक्रेनलाई दशकौँसम्म सस्तो ग्यास उपलब्ध गराउने र पश्चिमी मुलुकमा ग्यास आपूर्ति गर्न पाइप बिछ्याएबापत अरबौँ डलर दिने छिमेकी रुसलाई शत्रु बनाएर टाढाको अमेरिकालाई नजिक बनाउन खोज्ने युवा हास्य कलाकार युक्रेनी राजनीतिज्ञ काँचा राजनीतिक खेलाडीजस्तै देखिएका छन् । अरूको गोटी भएर मूर्ख बनिरहेको समेत चाल पाएको छैन । अरूको खल्तीको पैसा सिट्टैमा पाएको भान जेलेन्स्कीलाई लागिरहेको होला तर उनले आफ्नो लाखौँ जनताको मृत्यु याद गरेनन् । यो युद्ध अन्य जनताको पैसा र हतियारको बलमा लडिरहेको छ । अमेरिकी पैसाले धेरै युक्रेनी नेताहरूलाई भ्रष्ट बनाइरहेको छ भने अर्कोतिर सर्वसाधारणले अनाहकमा आफ्नो ज्यान गुमाइरहनु परेको छ । शिथिल हुन लाग्दा समय समयमा तेल झर्किन विभिन्न पश्चिमेली नेताहरू युक्रेन भ्रमण गर्ने क्रममा केही दिनअगाडि अमेरिकी राष्ट्रपति बाइडेन आए । तिनीहरूले युक्रेनी सेनाको मनोबल बढाउने नाममा हरेक दिन हजारौँ रुसी सेना मरिरहेको रिपोर्ट गरिरहेका हुन्छन् । तर, युक्रेनी सेना मरिरहेको कुरा लुकाउँदै युक्रेनीहरूलाई झूटको मलम लगाइरहेको छ । जुन युक्रेनको लागि पीडादायी भएको स्पष्ट हुँदै गइरहेको छ । तर, दुर्भाग्यवश अमेरिकी मिडियाद्वारा दोहो¥याइएको झूटमा युक्रेनी जनता मग्न छन् ।
अमेरिका र युरोपेली सङ्घले युक्रेनलाई नउक्साउँदासम्म रुस र युक्रेनबिच कुनै समस्याबिना नै एक अर्काको सिमाना पार गरेर व्यापार भइरहेको थियो । युद्ध युक्रेनी नागरिकहरूको निर्णय होइन । यो युक्रेनी भ्रष्ट सरकारको हो । युक्रेनको विनाश भइरहेको छ । आफ्नो सम्पूर्ण देशको विनाशबाट बच्न युक्रेनी जनताले सरकारलाई दबाब दिनुपर्छ ।
Leave a Reply